सनराइज बैंकका सीईओकाे राजीनामा !

<p>काठमाडौं । सनराइज बैंकमा सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालबीच विवाद भएकाे छ । विवाद पछि पाैडेल राजीनामा गर्ने मनस्थितिमा पुगेका छन् पौड्यालले सञ्चालक समितिसँगको अन्तरविरोधका कारण राजीनामा दिने निष्कर्षमा पुगेको बुझिएको छ । यसअघि ग्लोबल आइएमई बैंकको सिइओ रहेका शर्मा गत वर्ष सो बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । [&hellip;]</p>

काठमाडौं । सनराइज बैंकमा सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालबीच विवाद भएकाे छ । विवाद पछि पाैडेल राजीनामा गर्ने मनस्थितिमा पुगेका छन्

पौड्यालले सञ्चालक समितिसँगको अन्तरविरोधका कारण राजीनामा दिने निष्कर्षमा पुगेको बुझिएको छ । यसअघि ग्लोबल आइएमई बैंकको सिइओ रहेका शर्मा गत वर्ष सो बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।

उनी बैंकको सीईओ नियुक्त हुनुअघि बैंकको सञ्चालक समितिले नीरज श्रेष्ठलाई प्रमुख कार्यकारी बनाउने निर्णय गरेको थियो । आन्तरिक विवादका कारण उनलाई नबनाएर पौड्याललाई सिइओ नियुक्त गरिएको थियो ।

Share News