‘न्यानो नानी’ परियोजनालाई ज्योति विकास बैंककाे सहयोग, सेयर कारोबारको लागि शुरू गर्याे नयाँ सुविधा

<p>काठमाडौं । ज्योति विकास बैंकले राष्ट्रिय आविष्कार केन्द्रको “न्यानो नानी” परियोजनाको लागि ८ लाख सहयोग गर्ने भएके छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष”मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सो केन्द्रको “न्यानो नानी” परियोजनाको लागि सहयोग प्रदान गर्ने निर्णय गरेको हो। नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार [&hellip;]</p>

काठमाडौं । ज्योति विकास बैंकले राष्ट्रिय आविष्कार केन्द्रको “न्यानो नानी” परियोजनाको लागि ८ लाख सहयोग गर्ने भएके छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष”मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सो केन्द्रको “न्यानो नानी” परियोजनाको लागि सहयोग प्रदान गर्ने निर्णय गरेको हो।

नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको १० वटा “न्यानो नानी” बेबी वार्मर बनाउन बैंकले सहयोग गर्ने भएको हो । बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले राष्ट्रिय आविष्कार केन्द्रको “न्यानो नानी” परियोजनाको लागि ८ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैंकले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा उक्त निर्णय गरेको हो । विकास बैंकले श्रावण ९ गते शुक्रबारको दिन स्थापनाको १२औं वार्षिकोत्सव मनाएको छ। साे अवसरमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको  छ जसमा ३४ जना व्यक्तिले रक्तदान गरेका छन् ।

अध्य​क्ष हरि चन्द्र खड्काले मन्तव्य प्रस्तुत गर्दै बैंक अझ सफल रुपमा विस्तारित हुंदै ग्राहकवर्ग​, शेयरधनी र कर्मचारीको उज्ज्वल भविष्यको लागि निरन्तर प्रयास गरिने बताए । अध्यक्ष खड्काले ज्योति विकास बैंकले राष्ट्र बैंकले हालको कोभिड महामारिलाई मध्यनजर गरी ल्याएको कर्जाको व्याजमा २ प्रतिशत छुटको व्यवस्थालाई बिना कुनै शर्त सम्पूर्ण कर्जाग्राही ग्राहकहरुलाई दिईसकेको जानकारी पनि गराए ।

१२औं वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल प्रविधिमार्फत ४ वटा नयाँ शाखाको पनि औपचारिक उद्घाटन गरेको छ​। कार्यक्रमका विशिष्ट अतिथि हरि प्रसादले बैंकको केन्द्रीय कार्यालयबाटै डिजिटल प्रविधिमार्फत सामरी, बेनी, बागलुङ, फुटुङ शाखा र घोराहि शाखास्थित बैंकको ६१औं एटीएमको पनि डिजिटल उद्घाटन गरेका थिए ।

वार्षिकोत्सवकै अवसरमा ग्राहकलाई सेयर कारोबारको लागि थप सुविधा प्रदान गर्न बैंकले “डि पि सेवा” सुचारु गरेको छ​। सो सेवा ज्योति विकास बैंकको देशभरिको १०५ वटै शाखाबाट उपलब्ध हुने छ​।

सोहि अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ​। सञ्चालक समितिका अध्य​क्ष हरि चन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट​ले संयुक्त रुपमा कर्मचारीहरुलाई पदक तथा कदरपत्र​ प्रदान गरेका थिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट​ले बैंकले आफ्नो मूल उद्देश्य, दूर दृष्टि, ध्येय​ र मुल्य मान्यताहरुको अधीनमा रहि अझ सफलताउन्मुख हुने र समाजको वृहत्तर हितको लागि योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे। समारोहमा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनले ज्योति विकास बैंकले केन्द्रको परियोजनामा गरेको सहयोग उदाहरणीय रहेको र यस सहयोगले राष्ट्रिय आविष्कार केन्द्रको लागि संस्थागत साझेदारीको बाटो खोलिदिएको बताए ।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।  हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ३७ अर्ब रूपैयाँ निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब ३१  अर्ब रूपैयाँ लगानी गर्न सफल भएको छ ।

Share News