काठमाडौं । गरिमा विकास बैंकले अनलाइन माध्यमबाट खाता खोल्न सक्ने गरी नयाँ व्यवस्था शुरु गरेको छ । यससँगै अब संसारको जुनसुकै स्थानबाट पनि अनलाइन माध्यमद्धारा गरिमा विकास बैंकमा खाता खोल्न सकिनेछ ।
अब विदेशमा रहने सेवाग्राहीले आफै खाता खोली आफ्नै खातामा जम्मा हूने गरी रकम पठाउन समेत सक्नेछन् ।
कसरी खोल्ने ?
गरिमा विकास बैंकको वेवसाइटमा जाने र अनलाइन अकाउन्ट ओपनिङलाई क्लिक गर्ने । उपयुक्त खाताको प्रकार छनोट गर्न(एप्लाई नाउ)मा क्लिक गर्ने । अनुरोध बमोजिम आफ्नो बिवरण भरी कागजात अपलोड गर्ने त्यसपछि इमेलमा आउने जानकारीको आधारमा सुविधा उपयोग गर्न सकिन्छ ।
गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९१ शाखा ५१ एटीएम र गरिमा रेमिटका १० हजारभन्दा बढि एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकको प्रधान कार्यालय काठमाडौंको लाजिम्पाटमा रहेको छ ।