विकासन्युज

काठमाडौँमा थप १० जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौँ उपत्यकामा शुक्रबार थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु तथा त्रिवि शिषण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका ५–५ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा २४ घण्टामा १ सय ३३ जनामा काेराेना देखियाे

काठमाडाैं । नेपालमा २४ घण्टामा १ सय ३३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालययका अनुसार १ सय ३३ जनामा कोरोना देखिएको हो । ३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयले जानकारी दिएको छ । त्यस्तै कोरोना संक्रमण निको भई १ सय ७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ ।

‘सङ्क्रमणको जोखिम कायमै छ, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु’

काठमाडाैं । कोभिड-१९ को सङ्क्रमणको जोखिम कायमै रहेकाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञले सुझाएका छन् । छिमेकीमूलुक भारतमा समुदायस्तरमा सङ्क्रमण फैलिएको र नेपालमा पनि बन्दाबन्दी खुलेकाले सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै विज्ञले सर्वसाधरणलाई घर बाहिर ननिस्कन आग्रह गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बन्दाबन्दी खुलेसँगै सङ्क्रमणको जोखिम बढ्काले सतर्कता अपनाउन आग्रह गरे। ‘सङ्क्रमणको जोखिम कायमै रहेकाले अत्यावश्यक काम नभइकन अझै पनि कोही पनि बाहिर हुदैन’, उनले भने, ‘निस्कन परे कोभिड-१९ का लागि तयार पारिएका स्वास्थ्यका मापदण्ड अपनाएर मात्र निस्कनुपर्दछ ।’ उनले घर बाहिर निस्कदा मास्क, स्यानिटाइजर र सामजिक दूरी कामय राख्नुपर्ने बताए । सरकारले कोभिड-१९ को कारणले गरेको बन्दाबन्दी यही साउन ७ गतेदेखि अन्त्य गरेको हो । बन्दाबन्दीको अन्त्यसँगै उपत्यकामा सवारी साधन सञ्चालन हुन थालेर मानिसको भीडभाड हुन थालेको छ । यसैगरी बाहिर निस्कँदा हातले केही वस्तु छोए पनि स्यानीटाइजर लगाउनुपर्ने, कोही व्यक्तिसँग कम्तीमा दुई मिटर टाढा रहनुपर्ने, भरसक बसमा यात्रा नगर्ने, गर्नेपरे स्वास्थ्यमा न्यूनतम मापदण्ड अपनाउन समेत विज्ञले सुझाव दिएका छन् । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले भारतसँग सिमाना जोडिएका क्षेत्रमा सङ्क्रमित बढ्नु, भारतबाट अझै मानिसहरु नेपाल भित्रने जस्ता गतिविधि भइरहेकाले जोखिममा नै रहेको देखाउने बताए । ‘बन्दाबन्दी खुल्यो अब त सङ्क्रमण हुँदैन भनेर ढुक्क हुनुहुँदैन, साथीभाईलाई पनि सङ्क्रमण हुनसक्दछ, त्यसैले सँधै टाढा रहने गर्नुपर्दछ’, मन्त्रालयका प्रवक्ता डा अधिकारीले भने, ‘बाहिरबाट आएका मानिसलाई निको भयो आफूलाई पनि सङ्क्रमण लागेर निको भइहाल्छ भनेर पनि ढुक्क हुनुहुँदैन, आफूलाई सङ्क्रमण लागे घरपरिवारका वृद्ध, बालबालिकालाई सङ्क्रमण लाग्न सक्दछ ।’ मन्त्रालयले कोभिड-१९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्यका मापदण्ड-२०७७ मा सबै किसिमका जमघट र भेलामा कम्तीमा दुई मिटरको दूरी कायम गर्नुपर्ने, घर बाहिर जाँदा मास्कको प्रयोग र सार्वजनिकस्थल तथा कार्यालयले आफ्नो परिसरमा हात धुने साबुन र पानी वा स्यानीटाइजरको अनिवार्य व्यवस्था मिलाउनुपर्ने र भवन प्रवेश गर्दा अनिवार्य रुपले साबुन पानीले हात धोको वा स्यानीटाइजर प्रयोग गरेको सुनिश्चित गर्ने जस्ता सावधानी अपनाउने कुरा उल्लेख छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा सागरराज भण्डारीले उपत्यकामा भीडभाड बढेकाले सङ्क्रमणको जोखिम रहेको बताए । उनले उपत्यकामा विदेशबाट आउने र बन्दाबन्दीमा बाहिर गएका मानिस पनि भित्र्ने क्रम बढेकोले सङ्क्रमण बढ्ने खतरा रहेको औँल्याए । केही दिनअघि मात्र उपत्यकामा समुदायस्तरमा कोभिड-१९ को सङ्क्रमण छ वा छैन भनेर अग्रपङ्क्तिमा काम गर्ने बैंक, सरकारी कार्यालयका कर्मचारी गरी करिब पाँच हजार ५०० मा गर्ने परीक्षण गर्दा तीन जनामा मात्र सङ्क्रमण देखिएको थियो । अस्पतालका कार्यकारी निर्देशक डा राजभण्डारी आफू बच्न र अरुलाई बचाउन पनि भीडभाड, जमघट भएको स्थानमा जान नहुने बताउँछन् । उनका अनुसार बाहिर निस्केका मानिसका घरपरिवारमा वृद्ध, दीर्घ रोगी, गर्भवती महिला, बालबालिका पनि रहने हुनाले उनीहरुमा सङ्क्रमणको बढी जोखिम हुने गर्दछ । सार्वजनिक यातायातमा यात्रा गर्दा एक पङ्क्तिको सिटमा एक जना क्रस गरेर बस्ने व्यवस्था मिलाएर, स्यानिटाइजरको व्यवस्था गर्ने र सबैले मास्कको प्रयोग गर्नुपर्ने छ । नेपालमा १८ हजार २४१ जनामा सङ्क्रमण देखिएको छ । यस्तै ४३ जनाको निधन भएको छ भने १२ हजार ८४० जना निको भई घर फर्किएका छन् । विश्वमा एक करोड ४० लाख ४३ हजार १७६ जनामा सङ्क्रमण देखिएको छ भने पाँच लाख ९७ हजार ५८३ जनाको मृत्यु भएको छ । रासस

केपी ओलीलाई बिदा गरौं भन्दै बाबुराम भट्टराईले दिए यस्ता ५ सुझाव

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा‍. बाबुराम भट्टराईले देश गम्भीर संकटतिर धकेलिएको बताएका छन् ।  भट्टराईले लोकतान्त्रिक ढंगले संकटमोचन गर्न ५ बुंदे सुझाव पनि दिएका छन् । उनले अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन प्रस्ताव गरेका छन् । त्यस्तै उनले संसद अधिवेशन बोलाएर प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई बिदा गरी नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री छनाेट गर्ने र अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउने प्रस्ताव गरेका हुन् । यसका साथै उनले भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जान पनि प्रस्ताव उनले गरेका छन्। श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले साढे ११ वर्ष कैद छुट दिएपछि चर्को उनले साे ट्वीट गरेका छन् ।

त्रिविको परिक्षा भदौ दोश्रो हप्तादेखि हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले आगामी भदौ दोश्रो हप्तादेखि व्यवस्थापन सङ्कायकाे परिक्षा सञ्चालन गर्ने भएको छ । लकडाउनका कारण स्थिगित गरिएका त्रिविका परिक्षा लकडाउन खुलेसँगै अब धमाधम सञ्चालन हुने भएको हो । यससँगै त्रिविले स्नातकोत्तरको तहको परिक्षा आगामी भदौ दोश्रो सातादेखि सञ्चालन गर्ने भएको छ । त्यस्तै, स्नातक तहका प्रथम, तेश्रो, पाँचौं तथा सातौं तहका परीक्षाहरु भदौ तेश्रो हप्तादेखि सञ्चालन गर्ने निर्णय गरेको हो । त्रिविले शुक्रबार(साउन ९ गते) एक सूचना जारी गरी उक्त जानकारी गराएकाे हाे ।

उपत्यकामा बढ्यो खानेपानीको उत्पादन र वितरण

काठमाडाैं । वर्षासँगै काठमाडौं उपत्यकामा पानीको उत्पादन बढेको छ । अहिले दैनिक १७ करोड लिटरसम्म पानी उत्पादन भइरहेको छ । पानीको उत्पादन बढेसँगै वितरण पनि बढाइएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । सुख्खा मौसममा उपत्यकामा दैनिक नौ करोड लिटर पानी उत्पादन हुन्छ । त्यतिबेला नौ दिनकोे अन्तरालमा पानी वितरण हुने गरेकामा अहिले तीनदेखि चार दिनको अन्तरालमा पानी वितरण भइरहेको छ । केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले भने, ‘असोजपछि पानीको उत्पादन कम हुँदा हामी वितरण पनि कम गर्छौं ।’ केयुकेएलले उपत्यकाका विभिन्न स्रोतका पानी सङ्कलन गरेर वितरण गर्दै आएको छ । उपत्यकाका स्रोतबाट मात्रै पानी पर्याप्त नहुँदा उपत्यकामा सँधै पानीको हाहाकार भइरहेको छ । दुई दशकभन्दा लामो समयदेखि निर्माणाधीन मेलम्ची खानेपानी आयोजनालाई काठमाडौं उपत्यकाको खानेपानीको समस्या समाधानका उपायका रुपमा हेरिएको थियो । खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजनाको सुरुङ परीक्षण गर्दा भएको दुर्घटनापछि मेलम्चीको पानी आउन अझै ढिलाइ हुने देखिएको छ । लिमिटेडले विभिन्न स्थानमा डिप बोरिङ गर्ने र उपत्यका नजिकै स्रोतको समेत पहिचान गरिरहेको छ । उपत्यकामा दैनिक पानीको माग ४० करोड रहेको छ । उपभोक्ताले लिमिटेडले पूर्ति गर्न नसकेको पानी आकाशे पानी सङ्कलन गरेर र ट्याङ्करमार्फत खरिद गरेर प्रयोग गर्दै आएका छन् । रासस

महासंघको नेतृत्व म्याद सकिएको औषधि जस्ताे, विधिविधान उल्लंघन भयाे-चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ नेतृत्व विहिन बनेको र विधिविधानको परिपालना हुने छोडेको बताएका छन् । कार्यसमितिले गरेको निर्णयलाई उल्ट्याउदै विहीबार पदाधिकारीको बैठकले बहुमतका आधारमा निर्वाचन अनिश्चित कालका लागि स्थगित गरेपछि शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै ढकालले असन्तुष्टि व्यक्त गरेका हुन् । संकटको वर्तमान घडीमा अध्यक्ष भवानी राणाले पद छोड्न नचाहेको र बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जिम्मेवारी लिन नचाहेको समेत उनले बताए । ‘चैतमा हुनुपर्ने साधारणसभा लकडाउनका कारण गर्न सकिएन । त्यसपछि पुरानो नेतृत्व आफ्नो जिम्मेवारीबाट पन्छिने र नयाँ नेतृत्वले जिम्मेवारी लिन नचाहने स्थिति रह्यो’ उनले भने–‘यसले गर्दा एकातर्फ यो संस्था बेवारिसे हुन सक्ने अवस्था देखियो भने अर्कोतर्फ यसमा आवद्ध लाखौं उद्योगी, व्यापारी तथा व्यावसायीले अफ्ठ्यारो परिस्थितिमा अभिभावक विहिनको अवस्था महशुस गर्नुपर्यो ।’ सरकारी लकडाउन जारी हुँदा महासंघको कार्यसमितिले साउन २६ र २७ साधारणसभा र निर्वाचनको मिति सार्वजनिक गरेको थियो । तर गत मङ्गलबारबाट लकडाउन हटाइएको छ । सरकारले लकडाउन हटाएको दुई दिनपछि पदाधिकारीको बैठकले निर्वाचन स्थगत गरेको हो । ‘महासंघ म्याद सकिएको औषधी जस्तो हुन गयो । आवश्यकता पर्दा केही नहुने संस्थाको औचित्य के भन्ने अहिले पीडामा रहेका सबै व्यवसायीको गुनासो पनि छ’ वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले भने । Chandra Dhakal Gepostet von Bikashnews.com am Freitag, 24. Juli 2020 ‘साधारणसभा भएको भए त्यसले नयाँ नेतृत्व दिन्थ्यो, त्यो नेतृत्वले कोरोनाबाट प्रभावित हाम्रो उद्यम, व्यापारलाई जोगाउन सरकार, नियामक निकायहरुसँग एउटा युनाइटेड भ्वाइस लगेर जान सक्थ्यो ।’ यस्तो जटिल परिस्थितिमा हामीलाई सबल, सक्षम र डाइनामिक नेतृत्वको आवश्यकता छ भनेर आफू आवाज उठाउँदा उल्टै पदमा पुग्न हतार गरेको आरोप लगाइएकाे उनको गुनासो छ । आफू अहिले पनि उपाध्यक्ष रहेकोले चैतमा निर्वाचन भए पनि आफूले निभाउने भूमिकामा धेरै फरक नपर्ने उनले बताए । महासंघमा विधि विधानको पालना हुन छोडेको  समेत उनले बताए । ‘५५ वर्ष अघि स्थापना भएको हाम्रो गौरवशाली संस्थाको जुन गरिमा छ, साख छ र मर्यादा छ त्यो गरिमा, साख र मर्यादालाई जोगाउनका लागि हामीले बनाएका जुन विधिविधान छन्, ती विधिविधानको पूर्ण परिपालना गरिनुपर्छ’ उनले भने । ‘लकडाउनकै बीचमा निर्णय गरेर हामीले साधारणसभा साउन २६ र २७ गतेका लागि तोकेका थियौं । हिजो महासंघका पदाधिकारीको आकस्मिक बैठक राखेर साधारणसभालाई अनिश्चित समयसम्मका लागि धकेल्ने काम भयो । त्यसमा मलाई केही विषय आपत्तीजनक लागेका छन्’ उनले भने । ‘हामीले साधारणसभाको मिति कार्यसमितिको बैठकबाट निर्धारण गरेका थियौं । जबकी हामीसँग फेरी कार्यसमिति बैठक बोलाउनका लागि प्रशस्त समय थियो । कार्यसमितिको अधिकारलाई हामीले कुल्चिने काम गर्यौं । यो अत्यन्तै दुखःद कुरा हो’ उनले भने–‘यसले महासंघमा गलत प्रवृत्तिको विकास भएको छ । र मलाई स्यालले कुखुरा लग्यो भन्नेभन्दा पनि स्याल पल्कियो भन्ने कुराले बढी पिरोलेको छ ।’ ‘लडकाउन सकिएसँगै जसरी उद्योगहरु, कार्यालयहरु, कर्पोरेट अफिसहरु स्वास्थ्यसम्वन्धी मापदण्डहरु लागू गरेर खोलेका छौं । मैले त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघको साधरणसभा पनि पूर्णरुपमा स्वास्थ्य सम्वन्धी मापदण्डहरु लागू गरेर सञ्चालन गरौं भन्ने राय राखेको थिएँ’ ढकालले भने–यस्तो राय राख्दा महासंघकै पदाधिकारी साथीहरुले स्वास्थ्यभन्दा महासंघ ठूलो हुन सक्दैन भनेर मलाई हतोत्साही बनाउने प्रयास गर्नुभयो ।’ ‘आफ्नो सार्वजनिक जीवनमा मैले पनि स्वास्थ्यभन्दा महासंघ ठूलो हो भनेर कहिल्यै पनि धारणा राखेको छैन् । त्यस्तो म सोच्न पनि सक्दिन’ ढकालले भने–’मैले कोभिडको महामारीमा साधारणसभाको कुरा उठाउँदा स्वास्थ्यसम्बन्धी कुनै पनि कुरामा सम्झौता गर्ने कुरा गरेको छैन् ।’  

मेगा बैंकले ल्यायो किसान कार्डसहितको ‘मेगा स्मार्ट कृषि’ सेवा

काठमाडौं । मेगा बैंक नेपालले व्यावसायिक किसानहरुलाई प्राथमिकता दिँदै ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा बजारमा ल्याएको छ । स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’लाई मुल मन्त्र बनाएको मेगा बैंकले व्यावसायिक किसानहरुको सम्मान स्वरुप ‘मेगा किसान कार्ड’ सुविधा ल्याएको हो । किसानहरुलाई सहज रुपमा बैंकिङ सुविधा प्रदान गर्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउने सरकारी नीतिलाई सहयोग गर्ने उद्देश्यले ‘मेगा किसान कार्ड’ ल्याएको बैंकले जनाएको छ । यो नेपालकै नवीनतम् बैंकिङ अफर हो । मेगा किसान कार्डमार्फत किसानहरुले आफूलाई आवश्यक पर्ने मलखाद, बिउ विजन, लगायत सम्पूर्ण कृषि उत्पादन संग सम्बन्धित विभिन्न सामानहरु तोकिएका सेवा केन्द्रवाट खरिद गर्न सक्नेछन् । यस कार्डको माध्यमबाट वास्तविक किसानको पहिचान गर्न पनि मद्दत मिल्ने बैंकले विश्वास लिएको छ । व्यावसायिक कृषि तथा पशु पालन र महिला उद्यमीलाई यसअघि देखि नै प्राथमिकता दिएको मेगा बैंकले कृषि क्षेत्रको वित्तीय आवश्यकतालाई सम्बोधन गर्दै व्यापक कृषि उत्पादनमा जोड दिने उद्देश्य लिएको छ । जसअनुसार, मेगा बैंक र आर एण्ड डी ईनोभेटिभ सोलुसनसँग सम्झौता समेत भइसकेको छ । किसानहरुको प्रबर्धन गर्दै प्राविधिक सेवा समेत उपलब्ध गराँउदै आएको आर एण्ड डीसँगको सम्झौतापछि व्यावसायिक किसानहरुलाई अनुदान ऋण लिन थप सहज मिल्ने मेगा बैंकको विश्वास छ ।