भूकम्पले काठमाडाैं हल्लायाे
काठमाडौं । काठमाडौंमा बुधबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ । दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटीलाई केन्द्रविन्दु बनाएर २.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पले कुनै पनि क्षति नभएकाे जानकारी दिएकाे छ ।
विदेश जाने विद्यार्थीकाे लागि बाटाे खुल्ला: ‘नो अब्जेक्सन लेटर’ पुन: वितरण गरिने
काठमाठाैं । काेभिड-१९ काे कारण सरकारले गत चैतदखि बन्द गरेकाे नाे अबजेकस्न लेटर फेरी खुला गर्ने निर्णय गरेकाे छ । उच्च शिक्षाकाे लागि विदेश पढ्न जाने विद्यार्थीकाे लागि महत्वपुर्ण रहेकाे नाे अब्जेकस्न लेटर मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले खुला गर्ने निर्णय गरेकाे शिक्षा मन्त्रालय अन्तर्गतकाे उच्च शिक्षा महाशाखाका एक कर्मचारीले बताए । शिक्षा मन्त्रालयले क्याबिनेटमा नाे अब्जेकस्न लेटर खुला गर्ने प्रस्ताव लगेकाे उनले बताए । भदाै १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुला गर्ने तयारीसँगै सरकारले विद्यार्थीलाई उक्त लेटर वितरणको बाटो खुला गरेको हो। याेसँगै विदेश पढ्न जानलाई राेकिएकाे प्रकृया फेरी सुरु हुनेभएकाे छ ।
स्वास्थ्य मन्त्रालयले शुरु गर्यो कोभिड डाटा पोर्टल, यस्ता छन् नयाँ विशेषता
काठमाडाैं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ लक्षित डाटा पोर्टल संचालनमा ल्याएको छ । मन्त्रालयले कोभिड-१९ को संक्रमणको आधिकारिक विवरण प्रदान गर्न संचालनमा रहेको पोर्टल ww.covid19.mohp.gov.np मा तथ्यांकहरुलाई सर्वसाधारणको पहूचमा सजिलै लैजान सकियोस् भन्ने उदेश्यले यो पोर्टल संचालनमा ल्याएको हो । पहिलो चरणको बन्दाबन्दीसँगै सुरु भएको कोभिड-१९ पोर्टल अहिले थप विवरण तथा तथ्यांकसहित अद्यावधिक गरिएको छ । अहिले मन्त्रालयले कोभिड-१९ सूचना तथा गतिबिधिको सम्प्रेषण गर्न भाइबर ग्रुप, फेसबुक, ट्वीटर, कोभिड-१९ प्रेस ब्रिफिङ, मोबाइल एप्स “हाम्रो स्वास्थ्य”, कोभिड-१९ पोर्टल लगायतका डिजिटल माध्याम संचालन गर्दै आएको छ । मन्त्रालयले जारी गरेको मोबाइल एप्स हाम्रो स्वास्थ्य एन्ड्रोइड र आइओएस गरि दुई लाखपटक भन्दा धेरैपटक डाउनलोड भईसकेको छ । कोभिड सूचना प्रदान गर्ने भाइबर ग्रुप एमओएचपी नेपाल कोभिड १९ मा साढे चार लाखभन्दा बढी प्रयोगकर्ता सक्रिय छन्, आधिकारिक फेसबुक पेजमा साढे छ लाख फलोअर रहेका छन् । मन्त्रालयले आफ्नो डिजिटल उपस्थिति संक्रमणको जोखिम बढेसंगै थप सक्रिय गर्दै लगेको छ । के के छन् नयाँ विशेषता ? नयाँ डाटा पोर्टलमा पुरानो पोर्टल मा रहेका कोभिड-१९ बारे जानकारी, स्व-मुल्यांकन, आइईसी सामग्री, धेरै सोधिने प्रश्न, सूचना तथा समाचार र सिचुएसन रिपोर्ट यथावत रहेका छन् । यसका अलावा यस डाटा पोर्टलले प्रयोगकर्ता अनुकुल संक्रमणको विभिन्न तथ्यांकहरुलाई नक्शामा हेर्न सक्नेछन् । संक्रमणको प्रादेशिक विवरण, जिल्लागत महिला पुरुषको विवरण, उमेर समूहअनुरुपको बिस्तृत विवरण, लिङ्गका आधारमा संक्रमण हेर्न सकिने छ । प्रयोगकर्ताले हालसम्मका संक्रमण विवरण नक्शामा छनोट गरि हेर्न सक्ने छन् । नयाँ पोर्टलमा प्रयोगकर्ताले पछिल्लो २४ घण्टामा भएका संक्रमणको अवस्था हेर्न सक्ने छन् साथै एक प्रदेशको संक्रमण अर्को प्रदेश संग तुलना गर्न पनि सक्ने छन्। प्रयोगकर्ताले आफुले चाहे बमोजिम पछिल्ला हप्ता, महिना वा आफ्नो रोजाई अनुरुप मिति छनोट गरि संक्रमणको अवस्था हेर्न सक्ने छन् । नयाँ पोर्टलमा संक्रमणको अवस्था पुरा नेपाल, प्रदेश, जिल्लाको आधारमा नक्शामा र संगै रहेको टेबुलमा हेर्न सकिने छ । प्रदेशहरुको संक्रमणको अवस्था र एक अर्काको तुलना रेखाचित्रमा देखाईएको छ, यसमा नेपालको सम्पूर्ण संक्रमणको अवस्थापनि बार चार्टमा देखाईएको छ । लिङ्गको आधारमा संक्रमणको अवस्था पाई चार्टमा देख्न सकिन्छ। प्रादेशिक संक्रमणको अवस्था बार चार्टमा छ । देशका ७७ वटै जिल्लाको विवरण बार चार्टमा उपलब्ध छ । उमेर समूह अनुसारको संक्रमणको अवस्था । कुनै निश्चित दिनको संक्रमणको अवस्था यसमा उपलब्ध छ । पोर्टलको अन्त्यमा संक्रमित, डिस्चार्ज र मृत्यूको तुलना भएको पाईचार्ट उपलब्ध छ । यो संगै पोर्टलमा मन्त्रालयको आधिकारिक फेसबुक र ट्वीटर र अत्यावस्यक सेवा वा जानकारी लिनपरे हटलाइन नम्बर पनि राखिएको छ । “हाम्रो स्वास्थ्य” मोबाइल एप केहि समय अघि मन्त्रालयले आफ्नो आधिकारिक मोबाइल एप्स हाम्रो स्वास्थ्य एन्ड्रोइड र आइओएसका प्रयोगकर्ताहरुको लागि अपडेट सार्वजनिक गरेको थियो । मोबाइल एप्समा प्रयोगकर्ताले दैनिक आफ्नो स्वास्थ्यको स्व-मुल्यांकन भर्न सक्नेछन् । भरिएका स्व-मुल्यांकन विवरणका आधारमा मन्त्रालय मातहतका विज्ञ स्वास्थ्यकर्मीले सम्भावित संक्रमणको लक्षण भएका प्रयोगकर्तालाई फोनमार्फत् थप सल्लाह सुझाव तथा आवश्यक परे नजिकैको स्वास्थ्य संस्थासम्म जान प्रवन्ध समेत गर्नेछन् । नयाँ अपडेटमा मन्त्रालयले कन्ट्रयाक्ट ट्रेसिंगमा सहयोग होस् भन्ने हेतुले ब्लुटुथ ट्रेसिंग सार्वजनिक गरेको थियो । ब्लुटुथ ट्रेसिंग प्रयोगकर्ताको गोपनियता मैत्री कोभिड-१९ बिरुद्धको सुरक्षात्मक अवधारणा हो। हाम्रो स्वास्थ्य मोबाइल एपमा हामीले प्रयोगकर्तामा कोभिड-१९ को संक्रमणको जोखिम कम गर्न ब्लुटुथ ट्रेसिंगको सुरुवात गरेका छौं । मोबाइल एप खोलेपछि प्रयोगकर्तालाई मोबाइलको ब्लुटुथ ट्रेसिंग खुल्ला गर्न एपले अनुरोध गर्दछ, प्रयोगकर्ताले अनुमति दिएमा मोबाइल एपले ब्लुटुथ ट्रेसिंग सुरु गर्दछ। यो एपले १० मिटर भित्रको दुरीमा रहेका ब्लुटुथ उपकरणहरुको हार्डवेयर परिचय नम्बर (म्याक आइडी) संकलन गर्दछ, संकलित म्याक आइडी ति उपकरणहरुको ब्लुटुथको मात्र हो यसले मोबाइल नम्बर वा मोबाइल उपकरणको आइडी संकलन गर्दैन, प्रयोगकर्ता कहाँ बाट कहाँ गयो, कसलाई भेट्यो, कति समय सो व्यक्तिको नजिक रह्यो जस्ता विवरण संकलन हुदैनन् । यसले प्रयोगकर्ता कतिवटा ब्लुटुथको उपकरणको नजिक कतिसमय रह्यो मात्र संकलित हुन्छ जसले उक्त उपकरणको परिचय आइडीको आधारमा को हो भन्ने खुल्दैन। यसो हुनाले ब्लुटुथ ट्रेसिंग जीपीएस वा मोबाइल फोनको सिग्नल ट्रयाकिंगको तुलनामा प्रयोगकर्ताको गोपनियतामैत्री छ । यसरि संकलित म्याक आइडी ‘हाम्रो स्वास्थ्य’ प्रयोगकर्ताको उपकरणमा मात्र संकलित हुन्छ र १४ दिनपछि स्वस्त मेटिएर जान्छ। यदि कुनै व्यक्तिलाई संक्रमण भएमा र उसले हाम्रो स्वास्थ्यमार्फत् ब्लुटुथ ट्रेसिंग प्रयोग गरेको भए वा एप प्रयोग नगरेको भए पनि ब्लुटुथ खुल्ला गरेको रहेछ र सो आइडी अन्य हाम्रो स्वास्थ्य प्रयोगकर्ताको ब्लुटुथ सम्पर्कमा आएको रहेछ भने स्वास्थ्य मन्त्रालयका प्राविधिकहरुले हाम्रो स्वास्थ्यको ड्यासबोर्ड मा गएर संक्रमितको ब्लुटुथ आइडी सर्भरमा सूचीकरण गर्न सक्ने छन् । ब्लुटुथको ट्रेसिंग बन्द गरेका उपकरणहरुमापनि समय समयमा अपडेट चेक आइरहन्छ, यसले सर्भरमा कुनै संक्रमित नयाँ ब्लुटुथको डिभाइस आइडी अद्यावधिक छ वा छैन भनेर चेक गर्छ। यदि सर्भरमा रहेको कुनै डिभाइस आइडी प्रयोगकर्ताको मोबाइल उपकरणमा संकलित डिभाइस आइडीसंग मेल खाएमा सर्वप्रथम त्यो डिभाइस आइडी आफ्नो हो कि हैन भनेर पहिचान गर्दछ र त्यसपछि आफ्नो उपकरणमा संकलित डिभाइस आइडीहरुसंग दाजिन्छ । त्यसपछि मोबाइल एपले सर्भरमा आफ्नो लगमा रहेका सम्पूर्ण आइडीहरुलाई पठाउँछ। यतिबेला मात्र प्रयोगकर्ताको मुख्य मोबाइलको परिचय नम्बर र फोन नम्बर सर्भरमा जान्छ । यसरी सर्भरमा सम्भावित संक्रमित वा उच्च जोखिममा रहेका डिभाइस आइडीहरुको एउटा टेबल बनेर रहन्छ जसबाट थप कन्ट्रयाक्ट ट्रेसिंग गर्न सहयोग पुग्छ । टेबलमा प्रयोगकर्ताको ब्लुटुथ आइडी, समय, मिति र संक्रमित र आफ्नो अनुमानित दूरीको रेकर्ड रहेको हुन्छ । हाम्रो स्वास्थ्य मोबाइल एपमा रहेको ब्लुटुथ ट्रेसिंग, आफुलाई संक्रमण भएको अवस्था वा संक्रमणको आशंका भएमा स्वास्थ्य संस्थाको सम्पर्कमा पुग्ने सबैभन्दा छरितो माध्यम हो ।
अब आफ्नो सेवा सम्बन्धी सबै जानकारी सुबिसुको पोर्टलबाटै पाइने
काठमाडौं । इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रा. लि.ले आफ्ना ग्राहकका लागि सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको छ । सुबिसु सेल्फ केयर पोर्टलको प्रयोगबाट ग्राहकले आफुले खरिद गरेको सेवाको बारेमा विविध जानकारी लिन सक्नेछन् । साथै अनलाइन भुक्तानीबाट सेवा नविकरण गर्न पनि सक्छन् भने आफ्नो हालको सेवालाई आफुले चाहे अनुरुप विभिन्न सेवा प्लानमा अपग्रेड गर्न सक्नेछन् । ग्राहकको सहजता एवम् सेवाको पारदर्शीताका लागि सेल्फ केयर पोर्टल सञ्चालन गरिएको विश्वास लिइएको छ । र आउने दिनहरुमा यस पोर्टलमा विभिन्न उपयोगी सेवाहरु पनि थपिदै लगिने छ । सुबिसु सेल्फ केयर पोर्टल selfcare.subisu.net.np बाट प्रयोग गर्न सकिने छ साथै www.subisu.net.np मा रहेको customer login द्वारा पनि प्रयोग गर्न सकिने छ ।
मन्त्रिपरिषद्को अर्को बदमासी, आसेपासे काखीच्याप्न निर्देशिका नै संशोधन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पछिल्लो समय विवादित बन्दै गएको छ । उनी विवादित बन्नुको मुख्य कारण हो आसेपासेको संरक्षण, मनोनयन तथा नियुक्ती । जेठ २९ गते मन्त्रिपरिषद्को बैठकले रेल्वे कम्पनीको महाप्रवन्धकमा इञ्जिनियर गुरु प्रसाद भट्टराईलाई गरेको नियुक्ती होस् वा हालसालै दुर्गा भण्डारीलाई प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा नियुक्त गरेको विषय किन नहोस् । यी दुई नियुक्तीको विषय मात्र होइन यी बीचमा भएका विभिन्न दर्जनौं व्यक्तिहरुको नियुक्ती तथा मनोनयनले प्रधानमन्त्रीलाई आफू निकट तथा आसेपासेलाई खुसी पार्नकै लागि नियुक्त गरेको आरोप उनले खुवै खेप्नु पर्यो । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरिएका सुशिल भट्टको नियुक्तिले देखि दुर्गा भण्डारीको नियुक्तिका विषय अदालतसम्म पुगे । भट्टले सफाइ पाए पनि भण्डारीकाे नियुक्ती सर्बाेच्चले बदर गरिदिएकाे छ । देशकै कार्यकारीका रुपमा रहेर काम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नै विवादास्पद व्यक्तिको संरक्षण तथा नियुक्त गर्नु र उनले नियुक्त गरेका व्यक्ति नागरिक तहबाट आलाेचित हुनु, अदालतमा मुद्दामामिला चल्नुले सरकारकाे निर्णय क्षमता र विश्वसनियता गिर्दै गएकाे संकेत गरेकाे छ । प्रधानमन्त्रीकै शैलीमा उनका क्याविनेट मन्त्रीहरूले पनि राम्रालाई नभई हाम्रालाई नियुक्ती दिइरहेकाे छन् । कानुनले राेकेकाे ठाउँमा कानून नै संशाेधन गरेर उनीहरू अाफ्नालाई काखी च्यापिरहेकाे छन् । कुरा गरौं, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको । लेखराज भट्टको छवि आम जनमानसमा राम्रै छ । उनले चैत ११ गतेदेखि देशव्यापी रुपमा भएको लकडाउनमा खाद्यान्नको अभाव हुन नदिई फिल्डमा खटिएको उनको कामलाई जनमानसले निकै रुचाए । त्यसैले पनि उनी अन्य मन्त्री जति आलोचित भएका पनि छैनन् । तर, पछिल्लो समय उनले पनि आफू निकट व्यक्तिहरुलाई आफू अन्तर्गतको निकायहरुमा नियुक्त गरेपछि उनको छवि पनि धमिलाे हुँदै गएको छ । लकडाउनको समयमा राम्रै काम गरेर वाहीवाही पाएका भट्टले आफू निकटका एक जनालाई एउटालाई औषधि लिमिटेडको सञ्चालक समिति सदस्य र अर्कोलाई नेपाल खाद्य तथा व्यापार व्यवस्था लिमिटेडको सञ्चालक समिति सदस्यमा नियुक्त गरेपछि उनको पनि सामाजिक सञ्जालमा आलोचना भयो । प्रधानमन्त्री केपी शर्मा ओली र उद्योगमन्त्री भट्टले अर्को पनि निकै चलाखी गरेका छन् । उनको त्यो चलाखीको नतिजा हेर्न बाँकी नै रहेपनि उनले आफ्नै आसेपासे तथा निकटका मानिसहरुलाई सरकारी ओहोदामा नियुक्त गर्नको लागि यतिसम्म गरेका हुन् भन्ने कुरा बुझ्न कसैलाई पनि कुनै समय लाग्दैन । किनकि सबैलाई सरकारी आहोदामा राम्रै पढे लेखेको र अनुभव हासिल गरेको दक्ष व्यक्ति आओस् भन्ने चाहना र इच्छा पनि हुन्छ । तर, प्रधानमन्त्री ओलीले भने त्यसको ठ्याक्कै उल्टो गरेका छन् । मन्त्रिपरिषद् बैठकले जेठ अन्तिम सातामा एउटा निर्णय गरेका थियो । त्यो निर्णयको प्रस्ताव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट भएको थियो । सो निर्णय थियो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ती र मनोनयन सम्बन्धि निर्देशिका २०७७ संशोधन गरी स्वीकृत गर्ने । सो निर्देशका संशोधन गर्नुको मुख्य कारण थियो पुरानो निर्देशिकामा उल्लेख भएको योग्यता र अनुभव । पूरानो निर्देशिकामा उद्योग मन्त्रालय सम्बद्ध सार्वजनिक निकायहरुको पदाधिकारी अर्थात कार्यकारी प्रमुखको योग्यता स्नातकोत्तर र अनुभव ७ वर्ष हुने । तर, संशोधित निर्देशिकामा भने स्नातकोत्तरको सट्टा स्नातक र ७ वर्ष अनुभवको ठाउँमा ५ वर्ष मात्र भए पुग्ने उल्लेख गरिएको छ । यसबारे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालसँग बुझ्दा उनले मन्त्रिपरिषद्लाई नै सोध्न भने । निर्देशिका संशोधनकोे प्रस्ताव मन्त्रालय मार्फत नै जाने होइन र भन्ने विकासन्युजको प्रश्नमा उनले निर्देशिका संशोधनको विषयमा आफूले प्रतिक्रिया नदिने बताए । नयाँ शंसोधित निर्देशिकामा निर्देशिकाको दफा ३ को उपदफा (२) को खण्ड (क) मा रहेको कम्तिमा स्नातकोत्तर भन्ने व्यहोराको सट्टा कम्तिमा स्नातक वा सो सरह भन्ने व्यहोरा राख्ने । निर्देशिकाको दफा ३ को उपदफा २ को खण्ड (ग) मा रहेको कम्तिमा ७ वर्ष भन्ने व्यहोराको सट्टा कम्तिमा ५ वष भन्ने व्यहोरा राख्ने उल्लेख गरिएको छ । यस्तै, कार्यकारी प्रमुखको लागि सम्बन्धित सार्वजनिक निकायको कार्य प्रगतिसँग सम्बन्धित विषय वा प्रशासन व्यवस्थापन अर्थशास्त्र वा कानुनमा मान्यता प्राप्त विश्व विद्यालयबाट कम्तिमा स्नातकोत्तर उतिर्ण गरेको र कुनै संस्था वा निकायमा व्यवस्थापनको हैसियतले कम्तिमा ७ वर्ष कार्य अनुभव हासिल गरेको हुनु पर्ने थियो । तर नयाँ निर्देशकिामा ती सबै व्यवधानहरु हटाइएका छन् । अहिले उद्योग मन्त्रालय अन्तर्गतका विभिन्न सार्वजनिक निकायहरुको प्रमुख नियुक्त गर्नको लागि विभिन्न प्रक्रियाहरु भइरहेका छन् । जेठमा भएको मन्त्रिपरिषद् निर्णयसँगै अब ती सार्वजनिक निकायमा आफ्नो योग्यता र अनुभव नपुगेका व्यक्तिहरुलाई ती ठाउँमा पुगाउन निर्देशिका नै संशोधन गर्न खाजेको अनुमान धेरैको छ । अहिले उद्योग मन्त्रालय अन्तर्गतको विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक छनोट गर्नको लागि भदौ ११ गते लिखित परीक्षा तोकिएको छ । यस्तै, उद्योग मन्त्रालय अन्गतर्गतको ईन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकको रिक्त पदपूर्ति गर्नको लागि हिजो मात्रै ९ जनाको अन्तर्वार्ता भइसकेको छ । त्यसमा कसले ठाउँ पाउँदैछन् त्यसको नतिजा भने हेर्न नै बाँकी छ । उद्योग मन्त्रालय अन्तर्गतकै नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीको महाप्रवन्धकको रिक्त पद पुर्तिका लागि पनि आज मन्त्रालयमै ९ जनाको अन्तर्वार्ता हुँदैछ । त्यसको पनि नतिजा हेर्न नै बाँकी छ । यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सीईओ छनोटका लागि पनि ८ गते नै १२ जनाको अन्तर्वाता भइसकेको छ । उदयपुर सिमेन्ट उद्योग कम्पनी लिमिटेडको महाप्रवन्धकका लागि पनि मन्त्रालयले सूचना जारी गरिसकेको छ । यी सबै सार्वजनिक संस्थान तथा कम्पनीको प्रमुखमा कसले ठाउँ पाउँदैछ नतिजा भने हेर्न बाँकी नै छ । तर पनि प्रधानमन्त्री केपी शर्मा ओली र उद्योगमन्त्री भट्टले आफ्ना निकटकाहरुलाई यी विभिन्न सार्वजनिक संस्थानमा राख्नको लागि नै निर्देशिका संशोधन गरी योग्यता र अनुभव कम गरेको हुन सक्ने अनुमान धेरैको छ । संशाेधित निर्देशिका हेर्न यहाँ क्लिक गर्नुस्
लघुकथाः डाकु भाइ र कोभित भाइ
हिजो एकैदिन डाकु भाइ जेल र कोभित भाइ कोरोना मुक्त भएछन् । अब दुबै समाजमा स्वतन्त्रतापूर्वक हिड्डुल गर्न पाउने भए ।आखिर दुबैले पाएको मुक्ति समान थियो । डाकु भाइ गाउँलेलाई जताउन चाहन्थ्यो कि ऊ थुनिने बित्तिकै कति चाँडो थुनामुक्त भयो । उस्को कत्रो पहुँच र पावर छ । ताकि आईन्दा गाउँलेहरु उस्को सानोतिनो कुकर्मलाई उजुरी गर्न हिम्मत नगरुन् । त्यसैले ऊ बिना माक्स पुरै अनुहार देखाउँदै ठूलो-ठूलो स्वरमा गाउँलेको हालचाल सोध्दै शानसँग हिड्यो । उसलाई हालचाल बताउन नहिच्किचाएका गाउँलेहरुले कोभित भाइकाे घरतिर संकेत गर्दै-“त्यो अपराधीको तिर चाहिँ नजानु है” -भन्न पनि भ्याए । उता कोभित भाइलाई पनि गाउँलेहरुलाई ‘कोभिड’, त्यसका लक्षण, बच्न अपनाउनुपर्ने सवधानी र ‘काेभिड’ भैहालेमा गर्नुपर्ने स्वास्थ्यको हेरचाहको बारेमा जानकारी गराउन मन थियो । त्यसैले ऊ मुखमा माक्स, हातमा पन्जा लगाएर आफैं सजग भई ‘सामजिक दूरी’ कायम गर्दै गाउँ निस्कियो । उस्ले भेटिएकाहरुलाई सानो स्वरमा सोध्यो, ” सन्चै हुनुहुन्छ हजुर ?” उ सचेत थियो, ठूलो स्वरमा बोल्दाभन्दा सानो स्वरमा बोल्दा आफूभित्र भएका जुनसुकै जीवाणुहरु अरुलाई सर्न पाउँदैन भनेर । त्यसैले सावधानी अपनाएको थियो उस्ले । तर ती भेटिने हजूरहरुले उसलाई अपराधी झै ठानेर तर्किए अनि झर्किदै भने- “अबको सन्चोको के ग्यारेन्टी ? तिमी गाउँ पस्यौं, कतिलाई विसन्चो पार्ने हौ !” कोभित भाइ अचम्मित भयो । उता ज्ञान विज्ञान र चिकित्साशास्त्रले खालो सार्न नसकेपछि कोभित भाइहरु जस्तैका प्लाज्माले सिकिस्त बिरामी फिराउन सफल भएकाे समाचार तिनै झर्कने हजुरहरुको मोबाइलमा बजिरहेको थियो । यस्तो बेला जतिबढी कोभित भाइहरु संक्रमण मुक्त भए त्यति नै अरु बढी संक्रमितको ज्यान बचाउन सक्ने एन्टिबडी देशमा उपलब्ध हुँदै थियो । मृत्युसँग लडेर, मृत्यु परास्त पार्न सक्ने क्षमता लिएर आएका उनीहरुलाई राज्यले सुरक्षा र समाजले सम्मान गर्नु पर्ने कि अपराधीलाई झैं दुर्व्यवहार ? आज उनीहरूलाई तिरष्कार गर्नेहरूलाई भोलि बाँच्न उनीहरूकै एन्टिबडीले बचाउने दिन नआउला भन्न सकिन्छ र ?
लकडाउनभन्दा निषेधाज्ञामा कडा सर्त, यी हुन गर्न हुने र नहुने काम
काठमाडाैं । काठमाडौं उपत्यकामा अब हुने निषेधाज्ञा लकडाउनभन्दा पनि कडा हुने भएको छ । बुधबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञाको समय एक साता बढाउने निर्णय गरेसँगै अब काठमाडौंमा झन बढी कडा गरिने भएको हो । अब भदौ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा हुने छ । मंगलबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसहित स्थानीय तह, उद्योग वाणिज्य, स्वास्थ्यकर्मीलगायतको सर्वपक्षीय बैठक बसेको थियो। निषेधाज्ञामा पहिलेको जस्तै अत्यावश्यक सेवा खाद्यान्न, तरकारी, दुग्धजन्य चिजहरूलाई सहज गरिने छ। खाद्यान्न, तरकारी, दुग्धजन्य पसलहरू सवा ९ बजेसम्म खुल्नेछन्। सरकारी गाडी, एम्बुलेन्स, कार्डबाहक सवारीसाधनहरूलाई रोकिने छैन। यी हुन् गर्न हुने र नहुने काम:
चिरायु भण्डारीको गुनासोः आफ्नो मान्छे नभएकोले पुनर्बीमा कम्पनीमा कार्यकाल थपिएन
काठमाडौ । प्राइम लाईफ इन्स्योरेन्स कम्पनीका डेपुटी सिइओ चिरायु भण्डारी २०३४ साल मंसिर १३ गते बीमा क्षेत्रमा प्रवेश गरेका हुन् । राष्ट्रिय बीमा संस्थानबाट बीमा क्षेत्रमा प्रवेश गरेका भण्डारी हाल प्राइम लाईफमा व्यवस्थापकीय टीमको सेकेन्ड म्यानको रुपमा छन् । भण्डारी हालसम्मको अवधिमा ४ वटा बीमा कम्पनीमा आवद्ध भएर अनुभव हासिल गरिसकेका छन् । राष्ट्रिय बीमा संस्थान, नेशनल लाईफ, नेपाल पुनर्बीमा कम्पनी तथा हाल प्राइम लाईफमा उनको आवद्धता रहेको छ । भण्डारीले एसएलसी दिदाँ बीमा क्षेत्रमा आफ्ना मान्छेले काम गरिरहेका थिए । आफ्नो केही मान्छेहरुको प्रेरणाले उनी बीमा क्षेत्रमा प्रवेश गरे । त्यतिबेला बीमा क्षेत्रमा प्रवेश गरेको सम्झदा उनलाई खुशी लाग्ने गर्छ । त्यति बेलाको चलनमा एसएलसी परीक्षा दिइसकेपछि सबैले केही न केही काम गर्ने गर्थे । उनले पनि आफ्नो जागिरको खोजी गर्न थाले । सोही समयमा आफ्ना केही निकटम आफन्तहरुले उनलाई बीमा क्षेत्रमा जागिर गर्न सुझाएका थिए । बीमा भनेको जागिरसँगै सेवा पनि हो भन्ने उनको बुझाइ छ । हाल भण्डारीको उमेर ६१ वर्ष पुगिसकेको छ । उनले बिचलित नभई बीमा सेवालाई निरन्तरता दिइरहेका छन् । बीमा क्षेत्रको लामो अनुभव हाँसिल गरिसकेका भण्डारीले बीमा क्षेत्रका धेरै सबल र राम्रा पक्षहरु देखेका छन् । उनले बीमा क्षेत्रमा फाइदै फाइदा रहेको बताएका छन् । उनले बिमितलाई निकै फाइदा रहने बताएका हुन् । भविष्य अनिश्चित भएपनि बीमाले दिने प्रतिफल निश्चित छ । आजैदेखि जम्मा गरेको चिजले भोलि सहयता दिन्छ । बीमाले भनेको परेको बेलामा सहायता दिन्छ भन्ने उनको बुझाइ छ । राम्रो बानी भण्डारी स्पष्ट वक्ता हुन् । देखेका कुरा व्यक्त गर्ने उनको स्वभाव छ । उनलाई आफ्नो बानी साह्रै मन पर्छ । उनले विकासन्यूजसँग आफू स्पष्ट रुपमा कुरा राख्ने मान्छे भएकाले काम गर्न निकै सहज हुने बताएका छन् । नराम्रो बानी भण्डारी अहिलेसम्म एक जनापनि आफन्त बनाउन नसकेकोमा दुःख व्यक्त गरेका छन् । साथै, उनलाई आफ्नो यो एउटा नराम्रो बानी रहेको महशुस भएको छ । तर उनले आफ्नो मान्छे कति बनाए भन्ने कुरा व्यवसायिक जीवनसँग तुलना गरेर भनेको बताएका छन् । प्राइम लाइफमा आउनु अघि उनी नेपाल पुनर्बीमा कम्पनीमा थिए । उनले सो समयमा एकजना पनि आफन्त बनाउन नसकेको खुलाएका छन् । ‘मैले नेपाल पुनर्बीमा कम्पनीमा एकजना पनि आफन्त बनाउन सकिनछु, नभए त मेरो पुनर्बहाली भइहाल्थ्यो होला नि,’ उनले त्यो बेलाको स्मरण गर्दै भने । भोज भतेरमा हल्का पिइन्छ भण्डारी आफूले कहिलेकाही मदिरा खाने गरेको बताउछन् । उनले बताए अनुसार उनलाई मदिरा दैनिक लिएको मन पर्दैन । उनी आफूले समेत कहिले काही पार्टी, समारोहका डिंं«क गर्ने गरेको बताए । ‘खुट्टै टेक्न नसक्ने गरी, उभिनै नसक्ने गरी खाने त म होइन, यसो भोज भतेर सभा समारोह कहिलेकाही हल्का खाने गरेको छु’, भण्डारीले भने । यस्तो भने बिमितलाई जीवन बीमा गर्नु पर्ने मुख्य कारण भनेको भविष्यको लागि बचत गर्नलाई हो । अर्को कुरा भनेको परिवारको सुरक्षाका लागि बीमा आवश्यक छ । यस्तो सुरक्षा भनेको आर्थिक सुरक्षा नै हो । यस्तै, अहिले त ट्याक्सको सुविधा पाउँन पनि बीमाले मद्दत गर्छ । सोही कारण जीवन बीमा गर्नु भनेको मुख्य कुरा नै हाम्रो जस्तो देशलाई भविष्यलाई सुरक्षित गर्नको लागि हो । हाम्रो देशमा सरकारले दिने भनेको अन्य विदेशी राष्ट्रहरुमा जस्तो ठूला सेवा सुविधा त छैन । सरकारले दिँदा पनि जेष्ठ नागरिकलाई केही हजार रकम दिने मात्रै व्यवस्था छ । यसरी ७० वर्ष पुगेपछि २/३ हजार रुपैयाँ मात्र थापेर त्यसले पुर्याउन मद्दत पुगे पनि कम नै हुन्छ । सबै सरकारी कर्मचारी पनि छैनन् । सबै जागिरे पनि छैनन् । यस्तो अवस्थामा बीमाको महत्व झन बढी हुने उनको भनाइ छ । अब कसैले जीवन बीमा किन गर्ने भन्यो भने आफ्नै सुरक्षा हुन्छ है भन्ने कुरा सोच्नु पर्यो भन्ने उनको भनाइ छ । यसको साथ–साथै केही ट्याक्स छुट लगायतका कुरा चाहि जीवन बीमा गर्दा थप सुविधाको रुपमा अपनाउन सकिन्छ । कोरोना महामारीको असर न्यून व्यवसायिक रुपमा हेर्दा कोरोना महामारीको असर प्राइम लाईफमा न्यून छ । अघिल्लो आर्थिक वर्षको तुलनामा व्यवसायिक प्रगति भएकै छ । ‘विश्व नै प्रभावित भएको महामारीबाट हामी मात्र अछुतो छौं भन्ने अवस्था त छैन तर हामीले महामारीको बेलामा पनि संयमित भएर आफ्नो सेवालाई अघि बढाउने प्रयास गरिरहेका छौं,’ उनले भने ।