ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर पर्वतको कुश्मामा
काठमाडाैं । ग्लोबल आइएमई बैंकले पर्वतको कुश्मामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४२औँ एक्सटेन्सन काउण्टरको उद्घाटन को. ले. नि. का. पर्वतका प्रमुख नवराज सापकोटाले गरेका हुन् । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ५ स्थित मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको जनाएकाे छ । बैंकले मालपोत कार्यालय अन्तर्गतका सेवाग्राही लगायत अन्य ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरेकाे बताएकाे छ ।
बजारका यी उपभोक्ता ठगः शक्तिको आडमा जरिवाना तिर्दैनन्, अनुगमन गर्नेलाई सरुवाको धम्की
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को बेला गरिएको लकडाउन र त्यसपछिको निषेधाज्ञाको समयमा कालोबजारी गर्ने उपभोक्ता ठगहरु निकै सक्रिय भएका छन् । विभिन्न सामग्रीहरुमा चर्को मूल्यवृद्धि गर्ने, व्यवसाय नै दर्ता नगरी सञ्चालन गर्ने तथा बिलविजक नै नराखी कारोबार गर्नेहरु पछिल्लो समयमा सक्रिय भएका हुन् । वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार यस्ता उपभोक्ता ठगहरु धेरै जसो राजनीतिक तहसम्म पहुँच भएकाहरु छन् । विभागले विभिन्न ठाउँहरुमा अनुगमन गर्दा यस्तो कालोबजारी तथा उपभोक्ता ठग्नेहरु शक्ति परिचालन गर्न सक्ने तथा माथिल्लो तहसम्म पहुँच भएकाहरु भएको बताएको छ । विभाग स्रोतका अनुसार बजार अनुगमन गर्दा जरिवाना गरिएकाहरु पनि जरिवाना तिर्न नमान्ने, उल्टै विभागका कर्मचारीलाई नै फोन गरेर सरुवा नै गरिदिने जस्ता धम्की दिने गरेका छन् । ‘हामीले जरिवाना गरेकाहरु विभिन्न समयमा फोन गरेर धम्की दिने तथा हामीलाई नै विभागबाट सरुवा गर्ने चेतावनी दिन्छन्, तर पनि हामी उनीहरुको फलो गरिहेका छौं, उनीहरुलाई पक्राउ गरेर ल्याउनको लागि प्रहरीको त्यति साथ छैन,’ विभाग स्रोतले भन्यो । लकडाउनमा कालोबजारी गरेर पनि कतिपय भने जरिवाना तिर्न नसक्ने बताइरहेको विभागले बताएको छ । विभागका प्रवक्ता रविन्द्र आचार्यले जरिवाना गरेकाहरुलाई फोन गरेर जरिवाना तिर्नुभन्दा उनीहरुले राजनीतिक व्यक्तिहरुबाट फोन गराएर जरिवाना तिर्न नलगाउन भनेर भन्ने गरेको बताए । ‘धेरै त साँच्चीकै तिर्न नसक्ने पनि छन्, तर तिर्न सक्नेहरु संसदीय समितिका सभापतिबाट नै फोन गर्न लगाउँछन्, तर पनि हामीले उनीहरुलाई जरिवाना गर्न छोडेका छैनौं,’ उनले भने । विभाग स्रोतका अनुसार प्रतिनिध सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता संरक्षण समितिका सभापतिबाट नै उनी निकटका उपभोक्ता ठगहरुलाई जरिवाना नगर्न विभागमा फोन गर्दै आएका छन् । यसरी विभिन्न समितिहरुबाट कारबाही तथा जरिवाना नगर्न भनेर फोन आउने गरेको विभाग बताउँछ । वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले लकडाउन तथा निषेधाज्ञाको समयमा धेरै व्यापारी तथा व्यवसायीहरुलाई कानरबाही गरेको छ । त्यसमा पनि धेरै माथिल्लो तहसम्म पहुँच भएकाहरु भएको विभाग बताउँछ । विभागले जरिवाना गरेकाहरुमध्ये ५० वटा फर्महरुले हालसम्म जरिवाना तिरेका छैनन् । ती ५० वटा फर्महरुमा पनि धेरै जरिवाना तिर्न नसक्ने तथा विभागलाई धम्कि नदिने भएको तर केही ५÷६ वटा फर्म भने विभागलाई नै धम्की दिने भएका विभागले जनाएको छ । को हुन् ती उपभोक्ता ठग ? १. सेल्सवेज डिपार्टमेण्ट पुल्चोक: सेल्सवेजमा विभागको टीमले गत वर्ष चैत ९ गते अनुगमन गरेकमो थियो । विभागले सो डिपार्टमेण्टमा अनुगमन गर्दा विभिन्न खाद्य वस्तुहरुमा चर्को मूल्य वृद्धि गरेर बिक्री गरिरहेको पाइएको थियो । कानुन अनुसार विभागले सेल्वेजलाई २ देखि ३लाखसम्म जरिवाना गर्न सक्ने छ । तर, विभागले उनलाई २ ला रुपैयाँ मात्र जरिवाना गरेको थियो । तर, पनि सो सेल्सवेज डिपार्टमेन्टले हालसम्म जरिवाना नतिरेको विभागले जनाएको छ । हामीले सो डिपार्टमेन्टलाई सम्पर्क गर्न खोज्दा फोन भने उठ्न सकेन । २. सोभा इलेक्ट्रिक सुन्धाराः सोभा इलेक्ट्रिकलाई विभागले गत वर्ष असोज ९ गते जरिवाना गरेको थियो । पसलमा मूल्यसूची नराखेको भन्दै विभागले सो पसललाई ५० हजार रुपैयाँ जरिवाना गरेको थियो । तर, विभागले उनले अहिलेसम्म जरिवाना नतिरेको बताउँछ चने उनले हामीसँग ५० हजार रुपैयाँ तिरिसकेको बताए । ३. बुद्ध बजार प्रा.लि, सितापाइलाः बुद्ध बजारले विभिन्न सामानहरु मूल्यवृद्धि गरेर बेच्दै आएको गुनासो आएपछि विभागको टीमले सो पसलमा बैशाख ३ गते अनुगमन गरेको थियो । अनुगमन गर्दा उनले पनि आफुखुसी मूल्यवृद्धि गरेर सामग्री बिक्री गरेको पाइएको थियो । सो पसललाई पनि विभागले २ लाख रुपैयाँ जरिवाना गरेको थियो । तर, सो पसले पनि अहिलेसम्म जरिवाना तिरेको छैन । ४. समिट हस्पिटल, ललितपुरः यो अस्पतालमा विभागको टोलीले बैशाख ५ गते अनुगमन गरेको थियो । विभिन्न स्वास्थ्य सामग्रीमा चर्को मूल्यवृद्धि गरेर बिक्री गरिरहेको यो हस्पिटलले पनि जरिवाना तिर्न नमानेको विभागले बताएको छ । सो हस्पिटललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । ५. खुस्रु पोलिक्लिनिक: यो पोलिक्लिनिकलेनसवकरण नै नगरी र विभिन्न स्वास्थय सामग्री पनि मूल्यवृद्धि गरेको भेटिएपछि विभागले जरिवाना गरेको थियो । विभागमा यसको उजुरी अख्तिायरबाट आएको हो । अख्तियारले कारबाही गर्न भनेर दवाव दिइरहेको भएपनि यो पोलिक्लिनिकको राजनितिक तहसम्म पहुँच राखी विभिन्न धम्की आउने गरेको विभाग बताउँछ । यसले पनि हालसम्म जरिवाना तिर्न मानेको छैन । ६. खिचापोखरीमा रहेको चौधरी इलेक्ट्रिकल्सः यसले पनि व्यवसाय नै दर्ता नगरी व्यवसाय सञ्चालन गर्दै आएको भेटिएपछि विभागले ५० हजार रुपैयाँ जरिवाना गरेको थियो । तर, यसले पनि जरिवाना तिदैन भन्ने गरेको छ । ७. मदरल्याण्ड हेल्थ केयर, थानकोटः यसले पनि व्यवसाय दर्ता नै नगरी सञ्चालन गरेको भेटिएपछि विभागले २ लाख रुपैयाँ जरिवाना गरेको थियो । तर, यसले पनि हालसम्म तिरेको छैन । यसका सञ्चालक रिमा धितालसँग हामीले सम्पर्क गर्दा अहिले पैसा नभउकाने विस्तारै तिर्ने प्रतिक्रिया दिइन् । यस्ता शक्ति र राजनितिक तहबाट संरक्षण पाएका उपभोक्ता ठगहरुले जरिवाना तिर्नुभन्दा पनि विभिन्न समयमा फोन नै गरेर विभागका कर्मचारी सरुवा गरिदिने लगायतका धम्की दिने गरेको विभाग बताउँछ । सम्बन्धित समाचार: उपभोक्ता ठगलाई भीआईपीको साथ, लाखौं जरिवाना उठ्न नसक्दा राज्यलाई क्षति अनलाइन ठगी प्रकरणमा काठमाडौं प्रहरी प्रमुख ज्ञवाली मुछिए
हिरोकाे परिस्कृत सुरक्षा विशेषतासहित सुपर स्प्लेन्डर बजारमा
काठमाण्डौं । मोटरसाइकल तथा स्कूटरको विश्वको सबैभन्दा ठूलो निर्माता हिरो मोटोकर्पले रोमाञ्चक र सुरक्षित श्रेणीका उत्पादनप्रतिको आफ्नो प्रतिबद्धता दोहो¥याउँदै बिहिबारबाट अत्याधिक लोकप्रिय सुपर स्प्लेन्डरको नयाँ अद्यावधिक संस्करण बजारमा ल्याएको छ । सुपर स्प्लेन्डर अब अझ सुरक्षित र एकीकृत ब्रेक प्रणाली (आईबीएस) सहित थप सुरक्षित भएको छ । आईबीएस एक परिस्कृत सुरक्षा विशेषता हो जसले पछाडिको ब्रेक लगाउँदा अगाडि र पछाडिको ब्रेकका बीचमा ब्रेक लाग्ने कार्यको वितरणलाई सक्षम बनाउँछ । यसले सवारी चालकका लागि सबै परिस्थितिहरूमा अतिरिक्त सुरक्षाकाे सुनिश्चितत दिन्छ । सुपर स्प्लेन्डर अब (आईबीएस) सहित देशभरिका हिरोे मोटरसाइकलको आधिकारिक शोरूममा १ लाख ९८ हजारमा (सेल्फ ड्रम एलोय व्हील) उपलब्ध हुनेछ । याे भारतको जयपुरस्थित हिरो मोटोकर्पकाे अत्याधुनिक अनुसन्धान तथा विकास केन्द्र (आरएन्डडी केन्द्र) इनोभेसन एन्ड टेक्नोलोजी केन्द्रमा डिजाइन र विकसित गरिएको हो । यसकाे टिप्पणी गर्दै हिरो मोटोकर्पको ग्लोबल बिजनेसका प्रमुख रजत भार्गवले भने, “नेपालमा हाम्रा ग्राहकहरूका लागि आईबीएसको साथ सुपर स्प्लेन्डर बजारमा ल्याउन पाउँदा हामीलाई खुसी लागेको छ । सुपर स्प्लेन्डर देशको सबैभन्दा लोकप्रिय मोटरसाइकलमध्ये एक हो र यो भावना र ब्रान्डप्रतिको विश्वास यस मोटरसाइकलको लागि मात्र बढ्नेमा हामी विश्वस्त छौं, जुन अब पहिलेभन्दा सुरक्षित छ ।” आईबीएसको साथ सुपर स्प्लेन्डर प्रदर्शन सुपर स्प्लेन्डर विश्वास, विश्वसनीयता र इन्धन दक्षताका अलावा आफ्नो प्रदर्शन र टिकाउपनका सबै बक्समा चिन्हित भएर सबै ब्रान्डमा भिन्न बनेको छ । यो मोटरसाइकल एउटा एयर कुल्ड, फोर–स्ट्रोक एकल सिलिन्डर, १२४.७ सीसी ईन्जिनको साथ आउँदछ, जसले ७०० आरपीएममा ६.७२ केडब्लू (९.० बीएचपी)को अधिकतम पावर आउटपुट उत्पादन गर्छ भने ४००० आरपीएममा १०.३५ एनएमको अधिकतम टर्क उत्पादन गर्दछ । सवारी र नियन्त्रण सुपर स्प्लेन्डर ९० किमी प्रति घण्टाको अधिकतम गतिसम्म कुद्छ । यसमा साइड स्ट्यान्ड इन्डिकेटर, १८ इन्च चौडा एलोय व्हील्स, आरामदायक सीट प्रोफाइल, ठूलो क्षमताको ईन्धन ट्यांकी (१३ लिटर) र अगाडि ट्यांकीमुनि अतिरिक्त भण्डारणका लागि युटिलिटी बक्स राखिएकाे छ । भाइब्रेन्ट लुक सुपर स्प्लेन्डर आधुनिक ग्राफिक्सको साथ पाँच प्रिमियम मेटालिक रंग–ब्लयाक विथ गे), क्यान्डी ब्लेजिङ रेड, ब्लयाक विथ रेड स्ट्राइप्स, ब्लयाक विथ भ्वाइलेट स्ट्राइप्स र एबोनी ग्रे मा उपल्ब्ध छ ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले १३.६८ प्रतिशत लाभांश दिने
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १३.६८ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस र ४.१८ प्रतिशत नगद गरी सो मत्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव भदौ १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेसँगै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल लघुवित्तको चुक्ता पुँजी ८० करोड ७ लाख ४० हजार ७ सय ४६ रुपैयाँ रहेको छ । ९.५० प्रतिशत बोनस वितरण पश्चात संस्थाको चुक्ता पुँजी ८७ करोड ६८ लाख रुपैयाँ नाघ्ने छ ।
कर्णालीका ३९ स्थानीय तहमा सरकारको अस्पताल बनाउने तयारी, १८ करोडसम्म बजेट उपलब्ध गराइने
काठमाडाैं । कर्णाली प्रदेशका ३९ स्थानीय तहमा अस्पताल सञ्चालनका लागि नयाँ भवन निर्माण गरिने भएको छ । गाउँगाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सङ्घीय सरकारले प्रदेशका १० वटै जिल्लाका विभिन्न स्थानीय तहमा अस्पताल भवन निर्माणको योजना ल्याएको हो । हरेक स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल बनाउने सरकारको नीतिअनुसार चालू आर्थिक वर्षमा कर्णालीमा ३९ अस्पताल भवन निर्माण गरिनेछ । सुर्खेत–२ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले अस्पताल निर्माण योजनासम्बन्धी प्रस्ताव आइतबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको बताए । उनका अनुसार चालू आवमा सुर्खेतमा सात, हुम्लामा चार, जाजरकोटमा पाँच, जुम्लामा दुई र दैलेखमा छ अस्पताल भवन निर्माण गरिनेछ । त्यस्तै रुकुम(पश्चिम)मा दुई, सल्यानमा छ, कालीकोटमा दुई र डोल्पामा तीन अस्पतालका भवन निर्माण हुनेछन् । स्वास्थ्य मन्त्रालयले ३९ मध्ये ३३ अस्पताल भवन निर्माणका लागि बजेट सम्बन्धित स्थानीय तहलाई पठाउनेछ । बाँकी छ भवन भने शहरी विकास मन्त्रालयअन्तर्गतको भवन डिभिजन कार्यालयमार्फत निर्माण गरिनेछ । अस्पताल बनाउँदा कुनै स्थानीय तहमा साविककै स्वास्थ्यचौकी/स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरिने तथा कुनै स्थानीय तहमा नयाँ ठाउँमा अस्पताल सञ्चालनका लागि भवन निर्माण हुनेछन् । राज्यमन्त्री रावतले चिकित्सकीय सेवा गाउँमै पु¥याउने उद्देश्यले अस्पतालका भवन निर्माण गर्न लागिएको बताए । सम्बन्धित क्षेत्रको जनघनत्व, स्थानीय जनप्रतिनिधिको सुझाव र स्वास्थ्य क्षेत्रको मापदण्डका आधारमा अस्पताल सञ्चालनका लागि भवन निर्माण गरिनेछ । पाँच श्याका लागि रु सात करोड, १० श्ययाका लागि रु ११ करोड र १५ श्ययाको भवन निर्माणका लागि भौगोलिक क्षेत्रका आधारमा रु १६ देखि १८ करोडसम्म बजेट उपलब्ध गराइनेछ । मन्त्रालयले भवन निर्माणका लागि केही हप्ताभित्रै पहिलो किस्ताबापत रु एक करोड सम्बन्धित स्थानीय तहमा पठाउने तयारी गरेको छ । पहिलो चरणमा चालू आवभित्रै बोलपत्र आह्वान गरी भवन निर्माणको काम थालिनेछ । बहुवर्षीय आयोजनाअन्तर्गत रु सात करोडदेखि १८ करोडसम्मको लागतमा भवन निर्माण हुनेछन् । यसअघि स्वास्थ्य संस्थाका भवन निर्माणसम्बन्धी योजना शहरी विकास मन्त्रालयअन्तर्गतका भवन डिभिजन कार्यालयले कार्यान्वयन गर्दै आएको थियो । छिटोछरितो निर्माण सम्पन्न गर्ने उद्देश्यले अधिकांश भवन सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको हो । यसपटक छ भवन मात्र भवन डिभिजन कार्यालयअन्तर्गत कार्यान्वयन गरिनेछ । स्थानीय तहमा अस्पताल सुर्खेतको सिम्ता गाउँपालिकाको बजेडीचौर, लेकबेंसी नगरपालिकाको दशरथपुर स्वास्थ्यचौकी, चौकुने गाउँपालिकाको बिजौरा स्वास्थ्यचौकी र वीरेन्द्रनगरको लाटीकोइली स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति गरिनेछ । पञ्चपुरी नगरपालिका र चिङ्गाड गाउँपालिकामा स्थानीय तहको आवश्यकतानुसार अस्पताल भवन निर्माण गरिनेछ । मुगुमा सोरु र मुगुमकार्मारोङ गाउँपालिका, जाजरकोटमा छेडागाड र नलगाड नगरपालिका, शिवालय र बारेकोट गाउँपालिका, हुम्लामा सर्केगाड, अदानचुली, नाम्खा र ताजाकोट गाउँपालिका तथा डोल्पामा त्रिपुरासुन्दरी, डोल्पोबुद्ध र मुड्केचुला गाउँपालिकामा अस्पतालका भवन बन्नेछन् । जुम्लामा तिला नगरपालिका र कनकासुन्दरी गाउँपालिका, कालीकोटमा रास्कोट नगरपालिका, सल्यानमा दार्मा, कपुरकोट, कुमाख, सिद्धकुमाख र कालीमाटी गाउँपालिका तथा वनगाडकुपिन्डे नगरपालिका, रुकुम(पश्चिम)मा सानीभेरी गाउँपालिका र आठबीसकोट नगरपालिका तथा दैलेखमा भैरवी गाउँपालिका, चामुण्डाविन्द्रासैनी र आठबीस नगरपालिकामा अस्पताल भवन निर्माण हुनेछन् । रासस
मर्जर प्रक्रियामा अघि बढ्यो ग्लोबल आइएमई लघुवित्त, गठन गर्याे तीन सदस्यीय समिति
काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था मर्जर तथा पाप्ती प्रक्रियामा अगाडि बढेको छ । जसको लागि संस्थाले तीन सदस्यीय समिति गठन गरेको छ । भदौ १० गते बसेको लघुवित्तको संचालक समितिको बैठकले उक्त समिति गठन गरेको हो । बैठकले एक जना गैर कार्यकारी सञ्चालकको संयोजकत्वमा ३ सदस्यीय मर्जर तथा प्राप्ती समिति गठन गर्ने निर्णय गरेको हो । यससँगै उक्त समितिको संयोजकमा सुशोभन देवकोटा, सदस्यमा अनिमेश हलवाई र सदस्य सचिवमा हरिकृष्ण जोशी रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव किरण कुँवरले जानकारी दिएका छन् ।
ताेलाकाे ८ सयले बढ्याे सुनकाे मूल्य
काठमाडाैं । सुनकाे मूल्य बिहिबार बढेकाे छ । बिहिबार सुनकाे मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य ९६ हजार ८ सय रूपैयाँ थियो। त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९७ हजार १ सय रुपैयाँ कायम भएको छ भने चाँदीकाे मूल्य प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ ।
पोखरामा कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको मृत्यु
कास्की । पोखरा महानगरपालिका–११ निवासी कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत महिलाको बिहान ८ः०० बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले विज्ञप्ती जारी गरी जानकारी दिए । गत भदौ ७ गते कोरोना पुष्टि भइ ती महिला अस्पतालमा भर्ना भएकामा बुधबार राति अवस्था गम्भीर भएपछि भेन्टीलेटरमा राखेर उपचार शुरु गरिएको उनले जानकारी दिए । सो अस्पतालमा उपचारको क्रममा हालसम्म पाँच जना सङ्क्रमितको मृत्यु भएको विज्ञप्तीमा जनाइएको छ । गण्डकी प्रदेशमा हालसम्म मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । कास्कीमा तीन, स्याङ्जामा दुई तथा गोरखा, तनहुँ, बाग्लुङ तथा म्याग्दीमा एक÷एक जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।