विकासन्युज

नेपालमा पनि कोरोना खोपको क्लिनिकल ट्रायल गरिने

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले कोभिड १९ विरुद्ध बनाइएको भ्याक्सिनको क्लिनिकल ट्रायल नेपालमा गर्न प्रस्ताव गरिएको बताएका छन् । विश्वमा विभिन्न सातवटा कम्पनीले भ्याक्सिन निर्माण गरी क्लिनिकल ट्रायलको तेस्रो चरणमा पुगेको अवस्था रहेकाले ती मध्ये तीनवटा कम्पनीसँग मिलेर नेपालमा पनि क्लिनिकल ट्रायल गर्न प्रस्ताव गरिएको बताए । सदस्यसचिव ज्ञवालीले रुसमा बनेको भ्याक्सिन, चीनमा बनेको भ्याक्सिन र अक्सफोर्ड विश्वविद्यालयको समुहले बनाएको भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा पनि गर्न प्रस्ताव गरिएको बताए । त्यसमध्ये चिनको होङसी कम्पनीले निर्माण गरेको भ्याक्सिन एक हजार जनाका लागि ट्रायल गर्न प्रस्ताव आइसकेको बताए । त्यस्तै रुसमा निर्माण भएको भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा गर्न र उत्पादन सम्भाव्यता भए नेपालले पनि भ्याक्सिन बनाउनका लागि लगानी गर्ने सम्बन्धमा प्रस्ताव गरिएको बताए । उनले नेपालका लागि रुसी राजदूतसँग आफैले भेटेर क्लिनिकल ट्रायल र उत्पादनका लागि चिठी लेखेर दिएको बताए । तेस्रो चरणको क्लिनिकल ट्रायल गर्नका लागि पनि केही प्रक्रिया पुरा गर्नुपर्ने सदस्यसचिव ज्ञवालीले बताए । नेपालमा ‘सेन्ट्रल इथिकल रिभ्यु बोर्ड’ एनएचआरसी अन्तर्गत विभिन्न विषय विज्ञहरु सहितको स्वतन्त्र बोर्ड रहेको र त्यहाँ छलफल भएपछि मात्रै क्लिनिकल ट्रायलका लागि स्वीकृतिको चरणमा लगिने बताए । क्लिनिकल ट्रायलका लागि इथिकल रिभ्यु बोर्डबाट पास भइसकेपछि औषधि व्यवस्था विभागमार्फत लाइसेन्सका लागि अनुमति माग्ने बताए । बोर्डबाट लाइसेन्स प्राप्त भएपछि मात्रै क्लिनिकल ट्रायलको कार्यान्वयन गरिने पनि उनले स्पष्ट पारे । भ्याक्सिनको क्लिनिकल ट्रायलका लागि स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको पनि उनले बताए । क्लिनिकल ट्रायलका लागि प्रधानमन्त्री स्तरबाट स्वीकृति लिनु नपर्ने पनि ज्ञवालीले स्पस्ट पारे । त्यस्तै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लिडिङ अर्गनाइजेसनको रुपमा रहेको र उसले पनि क्लिनिकल ट्रायलका विषयमा हेरिराखेको हुनुपर्ने उनले बताए । सबै चरणका क्लिनिकल ट्रायल पास भएका भ्याक्सिनलाई डब्लुएचओले पनि स्वीकृति दिने विश्वास गरिएको पनि उनले बताए ।

थाहा पाइराख्नुस् भाेलि काठमाडाैंका यी ठाउँमा ६ घण्टा बत्ती जानेछ

काठमाडाैं । बुधबार अर्थात भाेलि काठमाण्डौका विभिन्न ६ ठाउँमा बत्ती जाने भएको छ । काठमाडाैंकाे कुलेश्वर वितरण केन्द्र अन्तर्गत रुखको हाँगाबिगा कटान कार्य, लाइन मर्मत कार्य र केवल हेड मर्मत कामको लागि त्यस क्षेत्रमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बत्ती जाने विद्यु्त् प्राधिकरणले जनाएको छ । बुधबार बाफल पुल, सोल्टी दोबाटो, बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, सिभिल होम्स, टौखेल, सीतापाइला, त्रिशक्ति केवल, ज्योति एकेडमीलगायतका क्षेत्रमा बत्ती जाने भएको हो । त्यस्तै शुभेच्छा हस्पिटल, गोल्छा, शरणपुर, रानीपाटी, छकडोल, सीता होम्स, थापा चोक, आदेश्वर मन्दिर, इचङ्‌गुनारायण मन्दिर, ह्वाइट गुम्बा, हरिसिद्धि, पदमा कोलोनी, फस्कु, सीताराम स्कुल, सुर्ति कारखाना, रामकोट , भीमढुङ्गा , नर्सरी भन्ज्याङ, खड्का गाउँ, खत्री गाउँ, छत्रे देउरालीलगायातका स्थानमा बत्ती जाने प्राधिकरणले जनाएको छ ।

काठमाडाैं उपत्यकामा थपिए २३२ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको १९९, ललितपुरको १९ र भक्तपुरको १४ जना रहेको गौतमले बताए । योसँगै काठमाडौंमा २९८८, ललितपुरमा ४६२ र भक्तपुरमा ३०१ संक्रमित पुष्टि भएका छन् । यो सँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या ३७१९ पुगेको छ। आज देशभर ८ सय ५५ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

आज नेपालभर ८५५ जना कोरोना संक्रमित थपिए, ७ जनाकाे मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ८ सय ५५ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३३ हजार ५ सय ३३ जना पुगेकाे छ । हाल क्वारेन्टिनमा १० हजार ४ सय ५३ जना रहेका छन् भने आजसम्म ६ लाख २१ हजार ९ सय १ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १९ हजार १ सय १९ पुगेको छ भने आज थप ७ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १६४ पुगेकाे छ ।

सुदूरपश्चिममा ४ हजार कोरोना संक्रमित निकाे भए

डोटी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) का चार हजारभन्दा बढी सङ्क्रमित निको भएका छन् । प्रदेशका नौ वटै जिल्लामा कोरोना भाइरसका चार हजार ४ सय सङ्क्रमित निको भइसकेका छन् । अहिलेसम्म यो प्रदेशमा पाँच हजार ४०६ सङक्रमित रहेको र तीमध्ये ९ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक हजार ३०१ जना सङ्क्रमित उपचारपछि निको भएर घर फिर्किएका छन् । त्यस्तै अछामका ७१३, कञ्चनपुरका ५८१, बाजुराका ४४२, बैतडीका ३२२, डडेल्धुराका २९९, बझाङका ११०, दार्चुलाका ४१ तथा डोटीका ५७६ सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सुदूरपश्चिममा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ९२९ रहेका छन् । सङ्क्रमण पुष्टि भएका र लक्षण देखिएका ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य निर्देशक गणराज अवस्थीले बताए । उनका अनुसार हाल कञ्चनपुरको महाकाली अस्पतालमा २३, कैलालीको सेती प्रादेशिक अस्पतालमा १४, टीकापुर अस्पतालमा ११, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा दुई/दुई र मालाखेती अस्पतालमा एक जना सङ्क्रमितको उपचार भइरहेको छ । अन्य सङ्क्रमित भने स्थानीय तहको आइसोलेसन र घरमै रहेको बताइएको छ । पछिल्लो समय भारतबाट नेपाली आउने क्रम रोकिएको छ । यहाँका विभिन्न जिल्लाका स्थानीय तहमा प्रयाप्त मात्रामा आइसोलेसन वेड नभएका कारण कोरोना सङ्क्रमितलाई निकै समस्या भइरहेको बताइएको छ । कोरोना सङ्क्रमित तथा उनीहरुका परिवारलाई गाउँमा हेर्ने दृष्टिकोण नै फरक वा सकारात्मक नहुने भएका कारण पनि अहिले उनीहरु झनै समस्या परेको शिखर नगरपालिका–१ कपल्लेकीका खडकबहादुर बोगटीले जानकारी दिए । उनले भने, “कोरोना सङ्क्रमितलाई गाउँमा हेर्ने दृष्टिकोण नै फरक छ, उनीहरुलाई घिर्ना वा तिरस्कार होइन, माया, सद्भाव र हौसला दिन जरुरी छ ।” सुदूरपश्चिममा पहिलो पटक गत चैत १४ गते धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । रोजगारीको सिलसिलामा दुवईबाट आएका ती युवक सेती प्रादेशिक अस्पतालमा ३० दिनको उपचारपछि निको भएर घर फर्किएका थिए । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ । पछिल्लो समय भारतबाट रोजगारी गरी फर्किएका नागरिकसँगै उनीहरुका परिवारमा पनि कोरोना सङ्क्रमण देखिन थालेको स्वास्थ्यकर्मीहरु बताउँछन् । सङ्क्रमित भन्दापनि उपचारपछि निको हुने दर बढ्दै गएकाले यसबाट त्रसित वा अत्तिइ हाल्नुपर्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने, “सङक्रमित हुने र निको हँने दर करिब करिब बराबर छ, कोरोना लागि हाले पनि अत्तिइ हाल्नु पर्ने अवस्था छैन तर सावधानी र सचेतना भन्ने अपनाउनु पर्छ ।” सुदूरपश्चिममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीलगायतमा पनि कोरोना सङ्क्रमण देखिएको छ । कोरोनो नियन्त्रणका लागि प्रदेश सरकारसहित यहाँका सबै स्थानीय तहले सावधानी अपनाएका कारण सोचेजस्तो समुदायमा फैलिन नपाएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरको दाबी छ ।

रिङरोडदेखि न्यूरोडसम्मः निषेधाज्ञामा यस्तो देखियो काठमाडौंको बजार र चहलपहल

काठमाडौं । स्थानीय प्रशासनको निर्णयको आधारमा काठमाडौं उपत्यकामा लगाइएको एक हप्ते निषेधाज्ञा भोलि (भदौ १०) गते सकिदैछ । कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला) मा निषेधाज्ञा लगाइएको हो । स्थानीय तहसँगको समन्वयमा लगाइएको निषेधाज्ञाको कारण जनजीवन प्रभावित भएको छ । सर्वसाधारणको आवात जावत रोकिएको छ । पसल, व्यापारिक प्रतिष्ठान, उद्योग तथा प्रायः सबै प्रकारका व्यवसाय बन्द छन् । यद्यपि सरकारले अत्यावश्यक सेवा संचालन गर्न भने दिएको छ । यही निषेधाज्ञाको बीचमा नेपालकै सबैभन्दा बढी सर्वसाधारण बस्ने भनिएको काठमाडौं उपत्यकाको मुख्य शहर तथा व्यापारिक केन्द्रमा के कस्तो चहलपहल छ ? सर्वसाधारणको गतिविधि कस्तो छ भन्ने सन्दर्भमा हामीले केही फोटो खिचेका छौं । हामीले काठमाडौंको चक्रपथ (रिङरोड) अन्तरगत पर्ने बालकुमारी, सातदोबाटो हुदै एकान्तकुनासम्म तथा जावलाखेल, पुल्चोक, कुपण्डोल, त्रिपुरेश्वर, टेकु, सुन्धारा, न्यूरोड, भोटाहिटी, दरबारमार्ग, पुरानो बसपार्क, भद्रकाली तथा थापाथली जस्ता क्षेत्रमा तस्वीर खिचेका थियौं ।  

तिम्रो कला साधनाको गुन तिर्न सकौं, राष्ट्रकवि ।।

मुक्तकहरु १.हरेक जनको हृदयमा थियौ राष्ट्रकवि सत्कर्मले दीर्घ जीवन जियौ राष्ट्रकवि ।। नेपाली यो कला जगत् उर्वर पारी गयौ शालीन तिमी अमर कृति दियौ राष्ट्रकवि ।। २.अन्धकार चिर्न जति महत्व छ रवि साहित्य जगत् उर्वर पा¥यौ धन्य राष्ट्रकवि ।। तिम्रो कला साधनाको गुुन तिर्न सकौँ जन्म सार्थक पार्यौ उच्च बनाएर छवि ।। ३. आधा गौरी आधा माधव भइ तिमी जियौ जाने बेला सुुन्दर कृति ऋतम्भरा दियौ ।। शास्त्रीयता स्वच्छन्दता वाद दुुबै मिलाई काव्य जगत् उर्वर पार्ने तिमी रत्न थियौ ।। ४. देवकोटा लेखनाथ समको एकाकार तिमी काव्यशक्ति देख्दा देवकै उपहार तिमी ।। आदर्श र अनुुकरणीय व्यक्तित्व हौ सरल सरस जिन्दगीको एउटै सार तिमी ।। ५. पिइरहूूँ लाग्ने साँच्चै तिम्रो काव्य धारा वियोगमा रोइरहेछन् नेपाली जन सारा ।। गाउँछ गीत नेपालीको ज्योति चम्काएर साहित्य आकाशका तिमी थियौ धुुव्र तारा ।। नुवाकोट, हालः पोखरा–११

वायुसेवा निगमको सम्पत्ति ५४ अर्ब १६ करोड, ऋण ४५ अर्ब ९३ करोड

काठमाडौं । नेपाल वायुसेवा निगमको सम्पत्ति ५४ अर्ब १६ करोड ८६ लाख रुपैयाँ भएको बताएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले निगमको कुल सम्पत्तिको मूलयाकैन गर्दा सो रकम बराबरको सम्पत्ति भएको बताएका छन् । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गत आर्थिक वर्ष २०७६/०७७ मा गरेको प्रगतिका बारेमा गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले निगमको ३९ अर्ब ८० करोड ९६ लाख ऋण भएको बताए ।