८ हजार ७० जनाले पाए समाज लघुवित्तको आईपीओ, सीईओ भन्छन्- आगामी वर्ष महसुस हुने गरी प्रतिफल दिन्छौं

<p>काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आईपीओ) आज (भदौ १५ गते) बाँडफाँड भएको छ । उक्त आईपीओ बाँडफाँड संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा दिउँसो २ बजे भएको हो । क्यापिटलका अनुसार योग्य आवेदन दिएका मध्ये ८ हजार ७० जना आवेदकले गोलाप्रथाबाट १० कित्ताको दरले संस्थाको सेयर पाएका छन् [&hellip;]</p>

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आईपीओ) आज (भदौ १५ गते) बाँडफाँड भएको छ । उक्त आईपीओ बाँडफाँड संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा दिउँसो २ बजे भएको हो ।

क्यापिटलका अनुसार योग्य आवेदन दिएका मध्ये ८ हजार ७० जना आवेदकले गोलाप्रथाबाट १० कित्ताको दरले संस्थाको सेयर पाएका छन् । उनीहरुलाई ८० हजार ७ सय कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी ५ लाख ३९ हजार ३ सय जना आवेदकको हात खाली भएको छ ।

गत भदौ ४ गतेदेखि भदौ ८ गतेसम्म निष्काशन भएको उक्त आईपीओमा ५ लाख ४७ हजार ९ सय २८ जना आवेदकबाट कूल एक करोड १४ लाख ७४ हजार ६ सय ८० कित्ताको लागि आवेदन प्राप्त भएको थियो ।

जसमध्ये ५ सय ५८ जना आवेदकबाट प्राप्त ९ हजार ७ सय ६० कित्ता सेयर आवेदन रद्द भएको छ । बाँकी ५ लाख ४७ हजार ३ सय ७० जना आवेदकबाट प्राप्त एक करोड १४ लाख ६४ हजार ९ सय २० कित्ता आवेदन योग्य भएका छन् ।

समाज लघुवित्तको आईपीओ बाँडफाँड हुँदै (लाइभ)

संस्थाले ८३ हजार कित्ता अर्थात ८३ लाख रुपैयाँ बराबरको सेयर निष्काशन खुल्ला गरेको थियो । जसमध्ये जारी पुँजीको ०.५० प्रतिशत अर्थात एक हजार सेयर कर्मचारीलाई सुरक्षित गरेको थियो । त्यस्तै, कूल साधारण सेयर मध्येको ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ८० हजार ७ सय कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेको थियो ।

भरोसा र विश्वास गर्ने सबै लगानीकर्तालाई धन्यवाद दिँदै लघुवित्तका प्रमुख कार्यकारी अधिकृत किशोरी महतोले आउने वर्षमा भाग्यमानी ८ हजार ७० जना लगानीकर्तालाई महसुस हुने गरी प्रतिफल दिने बाचा गरेका छन् ।

Share News