उद्योग वाणिज्य महासंघको चुनाव सार्न दबाब

  २०७६ फागुन २५ गते १३:०६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा सार्न दबाब परेकाे छ । चैत २८ र २९ गते हुने भनिएको महासंघको ५४औं  वार्षिक  साधारणसभा सार्नका लागि प्रदेश संघहरुले दवाव दिएका हुन् । विश्वभर फैलिरहेकाे कोरोना भाइरस (कोभिड १९) को कारण देखाउँदै उनीहरुले महासंघको साधारण सभा सार्न दबाब दिएकाे बुझिएको छ ।

स्रोतका अनुसार प्रदेश महासंघहरुले कोराेना भाइरसको कारण देखाउँदै आफूहरुले प्रदेशको साधारणसभा गराउन नसकेको भन्दै महासंघलाई पत्र पठाइसकेका छन् । केही प्राविधिक कारणले उनीहरुले महासंघ भन्दा एक महिना नै गर्नु पर्ने साधारणसभा गर्न सकेनन्, अहिले कोरोनाको कारण देखाएर महासंघको नै साधारण सभा सार्न दवाव दिइरहेका छन्, यसले महासंघलाई प्रभाव नपर्ला,’ स्रोतले भन्यो ।

महासंघको विधानका अनुसार महासंघको साधारण सभा हुनुभन्दा एक महिना अगाडि नै प्रदेश महासंघहरुले आफ्नो साधारण सभा गरिसक्नु पर्ने हुन्छ । तर, उनीहरु अहिले प्रदेशको साधारण सभा गर्ने मनसायमा देखिँदैनन् । उनीहरुले अहिले महासंघलाई कोरोनाको कारण देखाउँदै पत्र पठाइसकेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले महासंघको साधारणसभा सार्न नभई प्राविधिक कूरा र अब प्रदेश महासंघहरुले कसरी सधारणसभा गराउने भन्ने विषयमा निर्देशन माग्न पत्र पठाएको बताए ।

‘प्रदेश महासंघको साधारणसभा माघ महिनाभित्रै गर्नु पर्ने विधानमा लेखिएको छ, महासंघको कार्यसमितिले साधारणसभा गर्ने निर्णयकाे ढिलाईका कारण हामीले माघमा साधारणसभा गर्न सकेनौ,  महासंघले एक्कासी चैत २८/२९ गते तोक्यो, त्यो भन्दा अगाडि हामी गर्न सक्ने अवस्थामा छैनौं’, उनले भने ।

सबै केन्द्रको साधारणसभामा व्यस्त भएकोेले पनि प्रदेशहरुले साधारणसभा गर्न नसकेको उनको भनाइ छ । ‘सरकारले नगर्नु भनेको छ, सरकारले भनेको मान्नै पर्यो, सबै तयारी गर्न सजिलो छैन, राज्यले सार् भन्यो भने सार्नु पर्ला,’ उनले भने ।

महासंघले साधारणसभा सार्ने कि नसार्ने भन्ने विषयमा अहिले भन्न नसकिने बताएको छ । यसका लागि फागुन ३० गते कार्यसमितिको बैठक बोलाएको बताइएको छ । यद्यपी शुक्रबार मात्रै महासंघले ५४औं वार्षिक साधारण सभा हुने भन्दै परिपत्र जारी गरिसकेको छ ।

महासंघले परिपत्र जारी गरेपनि महासंघका प्रतिनिधिहरुबिच भने चुनाव सार्नका लागि छलफल शुरु भएको छ । कोरोना भाइरसको त्रासका कारण सरकारले सार्वजनिक सभा समारोह नगर्न निर्देशन दिएसँगै महासंघमा चुनाव सार्नका लागि छलफल शुरु भएको हो ।

महासंघको २८ र २९ चैत्रमा हुने साधारणसभापछि हालको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्दैछन् । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने महासंघको व्यवस्था अनुसार गोल्छा अध्यक्ष हुने भएपछि वरिष्ठ उपाध्यक्षमा रोचक भिडन्त हुँदैछ ।

चुनावका लागि यतिबेला उम्मेद्वारहरु भोट माग्न खटिएका छन् । उम्मेद्वारहरु भोटका लागि दौडिरहँदा यता महासंघको नेतृत्वले भने २८ चैतका लागि तोकिएको अधिवेशन स्थगन गरी नयाँ मिति तय गर्न छलफलमा जुटेको छ ।

सम्बन्धित समाचारः

कर्णालीका व्यवसायीको दुखेसोः महासंघले हाम्रो समस्या कहिल्यै बुझ्दैन, अपेक्षा याे छ भनेर के गरौं

सुदूर-कर्णालीका व्यवसायी भन्छन्- हामी सँधै थिचियौं, अब हामीलाई माथि उठाउने नेतृत्व चाहिँन्छ

किशोर प्रधानको उम्मेदवारी घोषणा सभामा शेखर गोल्छा गए, सौरभ ज्योति गएनन्

चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले व्यवसायीका समस्या सुनिदिए पुग्छ

निर्वाचन नजिकिँदै गर्दा महासंघमा ध्रुवीकरण तीव्र

पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः राजनीतिक दललाई गुहार्नुपर्ने प्रवृतिको अन्त्य गरोस्

पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबकाे नेतृत्वले साना व्यवसायीका पनि पिरमर्का बुझोस्

चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः महासंघ ठूला घरानाको मात्र नहाेस्

चार प्रदेश महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस्

तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.