पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबकाे नेतृत्वले साना व्यवसायीका पनि पिरमर्का बुझोस्

  २०७६ माघ १९ गते १६:३५     विकासन्युज

काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुँदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् ।

त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुदैछन् ।
तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ ।

निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो ।
सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ ।

महासंघले सबैभन्दा धेरै चिन्ता र सरोकार राख्ने भनेको उसका आफ्नै सदस्यहरुको हित प्रबद्र्धन नै हो । कुनै पनि संघ संस्थाले आफ्ना सदस्यहरुको हित संरक्षण र प्रबद्र्धन गर्नको लागि नै काम गर्नुपर्छ । यसैकारण महासंघका सदस्यहरुले अबको नेतृत्वबाट के कस्तो अपेक्षा राखेका छन् ?

यो प्रश्न गौशाला उद्योग वाणिज्य संघ महोत्तरीका अध्यक्ष रामराजा प्रसाद साह, लहान उद्योग वाणिज्य संघ सिराहाका अध्यक्ष अशोकलाल अमात्य, उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का, संखुवसभा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज शाक्य र महोत्तरी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद गुप्तालाई सोधेका छौं ।

उनीहरुले नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वले सरकारसँग सहकार्य गरेर ऐन नियममा सहज गरोस् भन्ने धारणा राखेका छन् ।

अबको नेतृत्वले साना व्यवसायीका पिर मर्का बुझोस्
रामराजा प्रसाद साह, अध्यक्ष, गौशाला उद्योग वाणिज्य संघ महोत्तरी

नेपाल उद्योग वाणिज्य महासंको अब आउने नेतृत्व कुशल सक्षम र सबै व्यवसायीका पिर मर्का बुझ्ने खालको हुनु पर्छ । ठूला घराना र उद्योगीहरुका समस्याहरुलाई मात्र सुन्ने र बुझ्ने माात्र नभई समग्र व्यवसायीको हितमा काम गर्न सक्ने हुनु पर्छ । हाल हामी साना व्यवासयीहरुका धेरै समस्याहरु छन् । ती समस्याहरुलाई सरल रुपमा लिएर राज्यसँग वार्ता गर्न सक्ने हुनु पर्छ ।

हामी जिल्ला नगरका व्यवसायीका समस्याहरु अहिले सम्म राज्यसम्म पुगाउने प्रयास महासंघले गर्न सकेको अवस्था छैन । त्यो अवस्थालाई अबको नेतृत्वले गहन रुपमा लिन सकोस् हाम्रो यही अपेक्षा छ । चुनावका समयमा धेरै आश्वासन दिने तर पछि हामी साना व्यवसायीहरुको सम्पर्कमा नआउने प्रवृति अबको नेतृत्वले तोड्न सकोस् ।

अबको नेतत्वले सरकारलाई सल्लाह दिन सकोस्
अशोकलाल अमात्य, अध्यक्ष , लहान उद्योग वाणिज्य संघ सिराहा

नेपाल उद्योग वाणिज्य महासघंको अब आउने नेतृत्व सफल र सबैलाई बुझ्ने खालको हुनु पर्छ । अबको नीति निमार्ण गर्ने समयमा सरकारलाई सुझाव सल्लाह दिने खालको होस् । अबको नेतृत्व सबै व्यवसायीलाई एकैसाथ लिएर अगाडि बढ्ने खालको होस् । साना व्यापारीका पिर मर्कालाई पनि बुझ्ने खालको होस् ।

हामी साना उद्योगी भयो भने ठूलो उद्योग चल्ने हो । अहिले देशको अर्थतन्त्र क्रिटीकल अवस्थामा छ । यो अवस्थालाई माथि पुर्याउने खालको नेतृत्व हामीलाई चाहिएको छ । व्यवापार व्यवासाय र विकासमा नेतृत्व गर्ने नेतृत्व हामीलाई चाहिन्छ । देशको विकासमा सक्षम भूमिका खेल्ने नेतृत्व आजको आवश्यकता हो ।

महासंघलाई सबैको साझा संस्था बनाउने नेतृत्व चाहिन्छ
पुस्कर खड्का, अध्यक्ष, उदयपुर उद्योग वाणिज्य संघ

हाल सम्म महासंघमा प्रतिस्पर्धात्मक रुपले चुनाव हुन्थ्यो अब सहमतिबाट चुनाव हुनेछ भन्ने हामीले अपेक्षा लिएका छौं । यसले एउटा नयाँ अभ्यासको सुरुवात पनि हुन्छ । यो अभ्यासले सबै व्यवसायी र उद्योगीहरुलाई समान रुपले हेर्ने र उनीहरुका समस्या समाधान गर्ने परिपाटी सिर्जना हुन्छ । चुनावी प्रक्रियाले व्यवसायी व्यवसायीबीच दरार उत्पन्न हुन्छ । यसले गर्दा सबै उद्योगी व्यवसायीहरुको छाता संगठनका व्यवसायीहरु पनि दुई खण्डमा विभाजित हुन्छन् ।

यो प्रक्रियाले समग्र नेपालको अर्थतन्त्रलाई नै घाटा गर्छ । एकले अर्काको कुरा नमान्ने, अर्कोलाई असहयोग गर्ने प्रवृति हावी हुन्छ । सबै व्यवसायीहरु एकजुट भयो भने कुनै समस्यामा सरकारसँग वार्ता गर्ने शशक्त आवाज बन्छ ।
हामी साना उद्योगी भन्दा पनि ठूला घरानाको विषयमा मात्र केन्द्रित हुँदै काम गरको अवस्था छ ।

अहिले विभिन्न ट्याक्सका कुरा आइरहेका छन् । यसको विषयमा बोल्ने नेतृत्व हामीलाई चाहिन्छ । पछिल्लो समय युवाहरु विदेशीने क्रम पनि बढ्दो छ । एक वर्ष व्यापार व्यवासाय गर्ने तर एक वर्षमै फेरी विदेश जाने परिपाटी बढ्दै गएको छ । त्यस्तो खालको वातावरण सिर्जना नहुने अवस्था नेपाल उद्याग वाणिज्य महासंघको अबको नेतृत्वले गर्न सक्नु पर्छ ।

अबको नेतृत्ले साना ठूला व्यवसायीलाई एउटै नजरले हेरोस्
युवराज शाक्य, अध्यक्ष, संखुवसभा उद्योग वाणिज्य संघ

हामी हिमाली/पहाडी जिल्लाका व्यवसायी हौं । नेपाल उद्योग वाणिज्य महासंघले हामी जस्ता साना व्यवसायीलाई हेर्ने विचार पनि फरक गर्नु पर्छ । साना ठूला घराना र व्यवसायी भन्ने दृष्ट्रिकोण बदल्न जरुरी छ । अहिलेसम्म महासंघले हाम्रा समस्या समाधान गर्न सकेको छैन ।

जिल्ला नगरको कुराहरु उठाउने नेतृत्व हामीलाई चाहिन्छ
मोहन प्रसाद गुप्ता, अध्यक्ष, महोत्तरी उद्योग वाणिज्य संघ

हाम्रो भनाई त अबको नेतृत्व जिल्ला नगरबाट आउनु पर्छ भन्ने हो । हाम्रा धेरै समस्याहरु छन् । जिल्ला नगरको कुराहरु उठाउने नेतृत्व हामीलाई चाहिन्छ । हाम्रा समस्याहरु गम्भिरताका रुपमा लिने नेतृत्व आजको आवश्यकता हो । तर, महासंघको नेतृत्वका लागि हाई रुटबाट आउँछन् ।
यहाँ एउटा छोटी भन्सार छ । भन्सार काट्नका लागि १५/६ कि.मिको बिर्तामोड पुग्नु पर्छ । यो अवस्था अन्त्य हुनु पर्छ । यो क्षेत्र पर्यटनका लागि राम्रो ठाउँ हो । भारतीय पर्यटकहरु आउने मूख्य ठाउँ हो । त्यसैले अब आउने नेतृत्वले यस तर्फ ध्यान दिओस् ।

सम्बन्धित समाचारः

चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः महासंघ ठूला घरानाको मात्र नहाेस्

चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्: व्यवसाय विराेधी ऐन कानुन खारेज गर्ने नेतृत्व चाहिन्छ

चार प्रदेश महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस्

तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.