पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः राजनीतिक दललाई गुहार्नुपर्ने प्रवृतिको अन्त्य गरोस्

  २०७६ माघ २२ गते ११:४६     विकासन्युज

काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुँदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् ।

त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुदैछन् ।
तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ ।

निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो ।
सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ ।

महासंघले सबैभन्दा धेरै चिन्ता र सरोकार राख्ने भनेको उसका आफ्नै सदस्यहरुको हित प्रबद्र्धन नै हो । कुनै पनि संघ संस्थाले आफ्ना सदस्यहरुको हित संरक्षण र प्रबद्र्धन गर्नको लागि नै काम गर्नुपर्छ । यसैकारण महासंघका सदस्यहरुले अबको नेतृत्वबाट के कस्तो अपेक्षा राखेका छन् ?

यो प्रश्न हामीले उर्लाबारी उद्योग वाणिज्य संका अध्यक्ष प्रितम खड्गी, रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डितप्रसाद जैसवाल, सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदकुमार पोड्डार, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ र धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीसँग सोधेका छौं ।

उनीहरुले नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वले व्यवसायिक समस्या समाधानको लागि राजनीतिक नेतृत्वकोमा धाउनु पर्ने अवस्था अन्त्य गरेर एफएनसीसीआईकै नेतृत्वले समाधान दिन सक्ने प्रकारको हुनुपर्ने बताए ।

अबको नेतृत्व राजनीतिकभन्दा पनि व्यवसायीक बनेस्
प्रितम खड्गी, अध्यक्ष, उर्लाबारी उद्योग वाणिज्य संघ 

हालसम्मका नेतत्वहरु त्यति चलायमान भएका छैनन् । हाल महासंघ व्यक्तिगत स्वार्थमा चलिरहेको छ । नेपाल उद्योग वाणिज्य समहांघको अब आउने नेतृत्वले व्यक्तिगत स्वार्थभन्दा समग्र उद्योगी व्यवसायीहरुको हक हितका लागि काम गर्नु पर्छ । प्रदेश एक पर्यटकीय रुपले प्रख्यात ठाउँ पनि महासंघले यहाँको पर्यटनको महत्व बुझी समग्र व्यवसायीहरुको पिरमर्का तथा समस्यालाई बुझ्ने खालको हुनु पर्छ । महासंघमा राजनीतिक भन्दा पनि व्यवसायीका पक्षमा काम गर्न जरुरी छ ।

ऐजेण्डासहितको नेतृत्व आउनु पर्छ
पण्डित प्रसाद जैसवाल, अध्यक्ष, रौतहट उद्योग वाणिज्य संघ

रौतहट अन्य जिल्लाको दाँजोमा सानो उद्योग वाणिज्य संघ हो । हाम्रा धेरै समस्याहरु छन् । ती समस्याहरु समाधान गर्ने खालको नेतृत्व हामीलाई चाहिन्छ । अबको नेतृत्वले नगर जिल्लाका व्यवसायी उद्योगीहरुका समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर उचित लक्ष्य लिएर आउन आवश्यक छ ।

सरकारले ल्याएको ऐन कानुनले व्यवसायीलाई समस्या भएको छ । यी ऐन कानुनमा रहेर उद्योगी व्यवसायीमैत्री कानुन बनाउन अबको नेतृत्वले द्धभूमिका खेल्न सक्नु पर्छ । यी विधि समस्यालाई हाम्रा सम्बन्धित निकायमा पुर्याउने नेतृत्व आजको आवश्यकता हो ।

उहाँहरु राजधानीमा बस्नुहुन्छ । हाम्रा समस्या बुझ्ने प्रयास गरेको छैन । हामीले तिरेको करको उचित सुविधा पाएका छैनौं । देश पनि सम्बृद्ध होस् र व्यवसायीलाई पनि काम गर्न सहज वातावरण सिर्जना गर्ने नेतृत्व हामीलाई आवश्यक हो । अब हामी उहाँहरुका प्रतिवद्धता हेर्छौं । त्यसपछि राम्रै नेतृ्रत्व छनोट गर्छौं । हाम्रो सही कुरा सही ठाउँमा पुगोस् भन्ने चाहना छ । अहिले सम्मका नेतृत्वले हामीलाई ध्यान नै दिएका छैनन् ।

व्यवसायीक मुद्धा बुझेको नेतृत्व आजको आवश्यकता हो
प्रमोद कुमार पोड्डार, अध्यक्ष, सिराहा उद्योग वाणिज्य संघ

हामीलाई व्यवसायीक मुद्धा र समस्यालाई समाधान गर्ने खालको नेतृव चाहिन्छ । माथिल्लो तह अर्थात सरकारसँग छलफल गर्दा उहाँहरु आफ्नै कुराहरु गर्ने खालको प्रवृति हावी छ । उनीहरु हामीसँग छलफल नगरी एकल ढंगले जानुहुन्छ । हाम्रा आवाज सुन्न सकेका छैनन् ।
सिराहा र राजधानीका ऐजेण्डाहरु फरक छन् । हामी भन्सार नजिककका व्यवसायी हौं । हामीले दैनिक रुपमा समस्याहरु खेप्नु परेको अवस्था छ ।

दैनिक रुपमा हाम्रो प्रशासन सँग विवाद हुन्छ । नेपालबाट आयात हुने वस्तु बर्डर नजिकै विक्रि वितरण गर्न दिदैन । खुल्ला बर्डरमा उपभोक्ता भारतमुखी हुने अवस्था छ । व्यापारीले भारतबाट सामान ल्याउँदा धेरै कर लिने अवस्था छ । यसले पनि नेपालका व्यापारी पलायन हुने अवस्था छ ।

अबको नेतृत्वले राजनीतिक दललाई गुहार्नुपर्ने प्रवृतिको अन्त्य गरोस्
राजु श्रेष्ठ, अध्यक्ष, चितवन उद्योग वाणिज्य संघ

महासंघले समस्या समाधान गर्छ भन्ने विश्वास छैन । अहिलेसम्म जिल्ला नगरका व्यवसायीका लागि महासंघले केही पनि काम गर्न सकेको छैन । अस्ति भर्खर महासंघका प्रतिनिधीसहितको बैठक बसेको थियो । हामीले उहाँहरु सँग हाम्रा कुराहरु राख्यौं । उनीहरुले हामीले त अहिले सम्म केही पनि काम गरेका रहेनछौं भन्ने प्रतिक्रिया पनि दिए ।

हाम्रा समस्या धेरै छन् । तर, ती समस्या सुनाई हुनै सकेका छैनन् । समस्या समाधानका लागि महासंघ भन्दा पनि राजनीतिक दललाई गुहार्नु परेको अवस्था छ । व्यक्तिगत रुपमा लविङ गर्नु पर्ने अवस्था छ । हामीले अब नेपाल उद्योग वाणिज्य महासंङबाट हाम्रा समस्याहरु समाधान गर्छ भन्ने आशा पनि मारिसकेका छौं ।

सबै व्यवसायीलाई समान रुपले हेर्ने नेतृत्व आवश्यक छ
रुद्र बहादुर खत्री अध्यक्ष, धादिङ उद्योग वाणिज्य संघ

नेपाल उद्योग वाणिज्य महासंघको अबको नेतृत्व व्यवसायीका पिरमर्का र समस्या बुझ्ने खालको हुनुपर्छ । महासंघको अबको नेतृत्वले व्यवसायीको हकहितको लागि सक्षम हुनु पर्छ । आजसम्मका नेतृत्वहरुले त्यति काम गर्न सकेको अवस्था छैन । उनीहरुले व्यवसायीहरुका समस्या समाधान गर्न तर्फ ध्यान दिएका छैनन् ।

व्यवसायीको करले नै राष्ट्र चलेको अवस्था छ । तर, हामी व्यवसायीले तिरेको करले चलेको राष्ट्रमा तिनै व्यवसायीलाई काम गर्न सहज वातावरण छैन । यसमा आउने नेतृत्वले ध्यान दिनु पर्छ । सबैले मिलेर जानु पर्छ । उद्योगी व्यवसायीका समस्यालाई समाधान गर्नका लागि अबको नेतृत्व सक्षम हुन जरुरी छ ।

सम्बन्धित सामग्री

पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबकाे नेतृत्वले साना व्यवसायीका पनि पिरमर्का बुझोस्

चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः महासंघ ठूला घरानाको मात्र नहाेस्

चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्: व्यवसाय विराेधी ऐन कानुन खारेज गर्ने नेतृत्व चाहिन्छ

चार प्रदेश महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस्

तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.