किशोर प्रधानको उम्मेदवारी घोषणा सभामा शेखर गोल्छा गए, सौरभ ज्योति गएनन्

  २०७६ फागुन १ गते १४:११     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर समूहको उपाध्यक्ष किशोर प्रधानले विराटनगरबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेका छन् । सभामा भाग लिन राजधानीबाट व्यवसायीहरूकाे एक टाेली विराटनगर गएकाे छ ।

उम्मेदवारी घोषणा सभामा भाग लिन प्रधान समूहबाट जिल्ला नगर समूहको उपाध्यक्षका दावेदार दिनेश श्रेष्ठ र बस्तुगत समूह उपाध्यक्षका दावेदार अन्जन श्रेष्ठ काठमाडौंबाट विराटनगर गएका छन् । उनीहरुको उम्मेदवारी घोषणा भने पछि काठमाडाैंमा हुने भएको छ ।

घोषणा सभामा भाग लिने बरिष्ठ उपाध्यक्ष अध्यक्ष शेखर गोल्छा पनि विराटनगर गएका छन् । पूर्वअध्यक्षहरु पशुपति मुरारका, कुशकुमार जोशी र विनोद बहादुर श्रेष्ठ पनि विराटनगर गएका छन् ।

वरिष्ठ उपाध्यक्ष गोल्छा साधारणसभापछि स्वतः अध्यक्ष हुने भएकोले चुनावी ध्रवीकरणमा सहभागि नहुन गोल्छालाई धेरै व्यवसायीको सुझाव थियो । तर यसअघिको निर्वाचनमा भवानी राणा पनि चुनावमा खुलेर लागेको उदाहरण दिदै आफू खुलेर किशोर प्रधानको समूहलाई जिताउने लाग्ने भएका छन् ।

घोषणा सभामा भाग लिने एशोसिएट उपाध्यक्ष सौरभ ज्योति पनि जाने बताइएको थियो । उनको नाममा १ बजेको हवाइ टिकट काटिएकाे थियो । सर्बसहमतिमा एशोसिएट उपाध्यक्ष बन्ने सम्भावना अधिक रहेकोले सहमतिको वातावरण बनाउन भन्दै ज्योति विराटनगर गएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.