विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि खुला, निर्माण लागत करिब १२ अर्ब अमेरिकी डलर

स्वीट्जरल्यान्ड, २७ मंसिर । विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि आइतबारदेखि सेवामा आएको छ । स्वीस एल्पसको जुरिचदेखि लुगानोसम्म फैलिएको विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्गको औपचारिक रुपमा जर्मन चान्सलर एन्जेला मर्केल तथा फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलान्दले उक्त रेलमार्ग यात्रा गरेर गत जुनमा उद्घाटन गरेका थिए । उक्त रेलमार्ग सर्वसाधारणका लागि भने खुला गरिएको थिएन । करिब १७ वर्ष लगाएर निर्माण गरिएको उक्त ५७ किलोमिटर लामो रेलमार्ग ११ अर्ब ८० करोड अमेरिकी डलरको लगानीमा यसै वर्ष मात्र सम्पन्न भएको थियो । स्वीस न्युज एजेन्सी एटीएसका अनुसार गटहार्ड बेस टनेल (जीबीटी) नाम दिइएको सुरुङ रेलमार्गमा स्थानीय समयअनुसार आइतबार बिहान ६ बजेर ९ मिनेटमा जुरिचबाट छुटेको थियो भने दुई घण्टा आठ मिनेटपछि ८ बजेर १७ मिनेटमा लुगानोमा पुगेको थियो । यससँगै यसअघि विश्वको सबैभन्दा लामो सुरुङको रेलमार्ग भनी चिनिएको जापानको ५३.९ किलोमिटर लामो सेइकन टनेल (सुरुङ मार्ग) विश्वको दोस्रो लामो सुरुङमार्ग बन्न गएको छ भने बेलायतको ५०.५ किलोमिटर लामो च्यानल टनेल विश्वको तेस्रो लामो सुरुङ मार्ग हुन पुगेकोे छ । रासस/एएफपी

विश्वकै सबैभन्दा धेरै तौल भएकी महिला शल्यक्रियाका लागि भारत आउने

भारत, २४ मंसिर । ‘विश्वकै सबैभन्दा बढी वजन’ भएकी इजिप्टकी महिला शल्य चिकित्साद्वारा तौल घटाउन आगामी हप्ता भारतको पश्चिमी सहर मुम्बई आउने भएकी छिन् । भारतीय शल्य चिकित्सक मुफाजल लाकदवालाले इजिप्टकी ५०० किलोग्राम (करिब एक हजार एक सय पाउन्ड) तौल भएकी इमान अहमद अब्देल अतिको शल्यक्रियाको खर्च चिकित्सक आफैले बेहोर्ने गरी उपचार गर्ने प्रस्ताव गरेपछि उनी भारत आउने भएकी हुन् । छत्तीस वर्षीया अब्देल अति विगत २५ वर्षदेखि आफ्नो घरबाहिर ननिस्केको उनकी बहिनीले बताएपछि लाकदवालाले उनको उपचारका लागि इच्छा प्रकट गरेकी बताइएको छ । उनी सानो छँदा हात्तीपाइले भएको र यसैका कारण उनको तीघ्रा तथा शरीरको अन्य भाग सुनिएर ठूलो भएको थियो । त्यसको केही समयपछि उनलाई मस्तिष्कघात भएको थियो । मस्तिष्कघातले थलिएकी उनी वर्षौदेखि आफ्नो कोठाबाट बाहिर निस्कन नसक्ने छिन् । उपचारका लागि इच्छुक चिकित्सक लाकदवालाले एएफपी संवाददातासँग भने, “मैले शतप्रतिशत निको पार्छु भनेमा म झुटो बोलेको ठहर्नेछ, तर सम्भवभएसम्म मैले उनको उपचारमा सघाउने छु ।” अब्देल अतिले भारतमा करिब दुई महिना लामो उपचारपछि घर फर्किनसक्ने लाकदवालाले बताए । रासस/एएफपी

अमेरिकी राष्ट्रपतिय निवार्चनमा ट्रम्पकाे भन्दा हिलारीकाे खर्च बढी, चन्दा संकलन ट्रम्पकाे बढी

वासिङ्गटन, २४ मंसिर । गत ८ नोभेम्बरका दिन सम्पन्न भएको अमेरिकी राष्ट्रपतिय निवार्चनमा प्रचार, प्रसार अभियानसहित निर्वाचन सम्बन्धित खर्च बिबरणका नयाँ प्रतिबेदन बिहीबार त्यहाँको निर्वाचन आयोगको कार्यालय (फेडरल इलेक्सन कमिसन) लाई बुझाइएका छन् । सो निर्वाचनमा कुन उम्मेदवारको खर्च बढी थियो भन्ने सम्बन्धमा रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्र्याटिक पार्टीकी प्रत्यासी उम्मेदबार हिलारी क्लिन्टनले उछिनेकि छिन । आयोगलाई बुझाइएको पछिल्लो प्रतिवेदनअनुसार २० अक्टोबरदेखि २८ नोभेम्बरका दिनसम्म भएका आयव्यय विवरणमा हिलारी क्लिन्टनको तुलनामा डोनाल्ड ट्रम्पको खर्च निकै कम रहेको छ । निर्वाचनको दिनसम्म हिलारी क्लिन्टनले लगभग तेह्र करोड बीस लाख अमेरिकी डलर सिध्याएकी छिन् भने डोनाल्ड ट्रम्पको खर्च करिब नौकरोड चालीस लाख अमेरिकी डलर मात्र रहेको खुलासा भएको छ । त्यसैगरी, राष्ट्रपतीय निर्वाचनका लागि प्राथमिक प्रक्रिया र मतदान सम्बन्धि खास चहलपहल शुरु भएदेखि अन्तिम समयसम्ममा बिभिन्न साङगीतिक तथा मनोरन्जनात्मक र चन्दा सङकलन कार्यक्रमहरु सञ्चालन गरी क्लिन्टनका प्रचारप्रसार अभियान शिविरहरुले कूल अन्ठाउन्न करोड दसलाख अमेरिकी डलर बटुलेका थिए । त्यस्तै, ट्रम्पका शिविरहरुले चौंतीस करोड अमेरिकी डलर बटुलेकामा छ करोड साठी लाख अमेरिकी डलर रकम त ट्रम्पले आफ्नै खल्तीबाट चन्दा दिएका छन् । निकै तामझामका साथ साङगीतिक तथा मनोरन्जनात्मक कार्यक्रमहरु आयोजना गरी क्लिन्टनको प्रचार,प्रसार अभियान निकै लामो समयसम्म चलेको र पैसा पनि बढी नै उठेको थियो । तत्कालिन समयमा, राष्ट्रपति ट्रम्पले निर्वाचन आयब्ययको हिसाब किताब कम्युटर प्रणालीमा राख्न एकजना लेखा निर्देशकमा ब्राड पास्र्केललाई नियुक्त गरी के केमा कति कति खर्च गर्ने हो सबै निर्णय लिन जिम्मेवारी समेत सुम्पेका थिए । डिजिटल डाइरेक्टर ब्राडले मिसिगन, विस्कन्सिन, पेनसिल्भानिया, फ्लोरिडा जस्ता क्लिन्टनका प्रभावक्षेत्रमा मतदान हुनु अघिका अन्तिम दिनहरुमा ट्रम्पको प्रचार, प्रसार र बिज्ञापन अभियानहरुलाई तीब्रता दिन प्रचार रणनीतिमा परिवर्तन गरी गेट–आउट–द–भोट नामक शीघ्र टेलिभिजन कार्यक्रम सन्चालन, प्रायोजन गर्दा थप पचासलाख अमेरिकी डलर खर्च भएको र यस शीघ्र कार्यक्रमले ट्रम्पको पक्षमा राम्रै परिणाम ल्याएको एसोसिएटेड प्रेसलाई बताए । कुनै कुनै राज्यमा प्रचार प्रसार तथा बिज्ञापनमा ठूलो धनराशि खर्च गरे तापनि बडो मुश्किलले क्लिन्टनको भन्दा अलिकति मात्र बढी मत प्राप्त भएको, कुनै राज्यमा अन्तिम क्षण ९क्लोजिङग० टेलिभिजन प्रसारणको प्रायोजन गर्दा सत्तरी लाख डलर भन्दा बढी लगानी भएको पनि उनले खुलासा गरे । यत्ति नगरेको भए कहाँ जित्न सकिन्थ्यो र रु ब्राड बताउँछन् । राष्ट्रपतीय निर्वाचनपूर्व अर्थात् नोभेम्बर ८ देखि २८ सम्म बटुलिएका चन्दा र साङ्गीतक कार्यक्रमहरुबाट उठेका करोडौं डलरका रकम (फण्ड रेजिङग) बाट अझै पनि खर्च धानिँदै आएका छन् । यद्यपि, लाखौं डलर त स्वयंसेवक तथा कार्यकर्ताहरुको चिया नास्ता, पार्टी चिन्ह परिचायक झण्डा, ह्याट, कार्यकर्ता तथा मन्च, पण्डाल सजावटका सामाग्री जस्ता झिना मसीना खर्च र सर सामान खरीदमै सकिएका थिए । राष्ट्रपति ट्रम्पले ओहायो र आयोवा राज्यहरुमा गर्नु भएको गतः बिहिबारको धन्यबाद ज्ञापन यात्रा (थ्याङ्क यू टुर) को खर्च पनि फण्ड रेजिङगकै रकमले धानेको जनाइएको छ । रासस/एपी