भारतकाे अदालतमा चितुवा गयाे, जनावरकाे आक्रमणबाट दैनिक एक जनाकाे मृत्यु
फाेटाे-गुगल अहमेदावाद ।भारतीय वातावरण मन्त्रालयले यसै बर्षको अगष्ट महिनामा सार्वजनिक एक प्रतिवेदनमा भरतमा सन् २०१४ को अप्रिलदेखि सन् २०१७ को मे महिनासम्म जङ्गली जनावरले एक हजार ११४ व्यक्तिलाई आक्रमण गरी मारेको वा खाएको जनाएको छ । यो सङ्ख्या हेर्दा जङ्ली जनावरले भारतमा दैनिक एक जनालाई मार्ने गरेको देखिन्छ । जङ्ली जनावरले मानिस मात्र मारेकाे छैन, जङ्ली जनावर अदालत समेत गएका छन् । भारतको एक अदालतमा एक्कासी चितुवा आहाराको खोजीमा भवनभित्र हिँडिरहेको देखिएपछि शुक्रबार अदालत परिसरमा केही समय त्रासको वातावरण फैलिएको अधिकारीहरूले बताएका छन् । “चितुवालाई देखेपछि अदालतका कर्मचारीहरू कार्यबक्षबाट भागी र कोठामा पुगेको चितुवालाई बाहिरबाट थुनेर हामीहरूलाई खबर भयो, गुजुरातका वन अधिकारी जी ए जालाले घटनाबारे एएफपीलाई बताए । कोटिला सहरको अदालतमा चितुवा प्रवेश गरेको खबरपछि खदालतका कर्मचारी तथा वरपरका मानिसहरू त्रसित एवम् उत्साहित हुँदै चितुवा रहेको भवनलाई घेरेर हेरिरहेकाले चितुवा कोठामा लुकेर बसेको अवस्थामा करिव साढे तीन घण्टापछि दराजमुनि लुकेर बसेको भेटियो । करिब दुईदेखि तीन बर्षको अनुमान गरिएको चितुवालाई विस्तारै वातावरणलाई शान्त पार्दै कोठाबाट बाहिर निकालियो र जङ्गलतिर पठाइयो । भारतमा १२ हजार देखि १४ हजार चितुवा रहेको तथ्याङ्क छ । मानव वस्तीले जङ्गली क्षेत्रमा अतिक्रमण भएपछि उनीहरू वस्तीमा आहाराको खोजीमा पुग्ने गरेको र त्रसित गाउँलेले औसतमा एक चितुवा मार्ने गरेको तथ्याङ्क छ । विज्ञहरूका अनुसार यस्ता खालका घटना पछिल्ला दिनहरूमा बढेका र यसको कारण शहरीकरणका कारण जङ्गली जनावरको वासस्थान खुम्चिुनु रहेको छ ।
इन्डोनेसियाको इ–कमर्स साइट टोकोपेडीयाले जुटाए एक अर्ब १० करोड डलर लगानी
काठमाडौं । इन्डोनेसियाको इ–कमर्स साइट टोकोपेडीयाले जापानको सफ्टबैंक र चीनको अलिबाबा समेतका लगानीकर्ताबाट एक अर्ब १० करोड अमेरिकी डलर लगानी जुटाएको बुधबार घोषणा गरेको छ । नयाँ लगानी भित्रिएसँगै टोकोपेडीयाले अनलाइन व्यापार र रकमको कारोबारलाई इन्डोनेसियामा अझ विस्तार गर्ने भएका छन्। कम्पनीले दक्षिणपूर्वी एसियाली देशहरुमा मौलाएको विद्युतीय कारोबारमा आफूलाई सर्वोत्कृष्ट बनाउने लक्ष्य लिएको जनाएको छ । एक्सपेडीया र चीनको टेन्सेन्ट समेतका ठूला लगानीकर्ताहरुले फस्टाउँदो इन्डोनेसियाली प्रविधि कम्पनीहरुमा अर्बौं डलर लगानी गर्दैछन् ।एक दशकअघि मात्र स्थापना भएको टोकोपेडीयाले तत्कालका लागि इन्डोनेसियामै केन्द्रित रहने जनाएको छ । करिब २६ करोड जनसंख्या रहेको इन्डोनेसियामा तिब्र गतिमा मध्यम वर्गीय समाजको उदय भइरहेको छ । कम्पनीले नयाँ लगानीबाट प्रविधि र पूर्वाधार निर्माण गर्नेछ । लाखौं स्थानीय व्यवसायीकाे प्रगतिमा थप मद्दत गर्नेछ, टोकोपेडीयाको वक्तव्यमा उल्लेख गरिएको छ । विश्वको अन्य कुनै क्षेत्रको भन्दा दक्षिण पूर्वी एसियामा इन्टरनेटको प्रयोग बढेको विभिन्न अनुसन्धानमा देखिएको छ । सन् २०२० सम्ममा यस क्षेत्रमा ४८ करोड मानिसमा इन्टरनेटको पहुँच पुग्ने जानकारी दिएका छन् । रासस
अमेरिकी अाकाशमा चार लाख ५० हजार ड्रोन उड्दै तर अमेजनका ग्राहककाे प्रश्न- ड्रोन खोई ?
सान फ्रान्सिस्को । जेफ बेजोसले पाँच वर्षअघि पूर्वानुमान गर्नुभएको थियो-अमेजनका सामग्रीहरु ड्रोनले आजसम्ममा मानिसका घरदैलोमा पुर्याउन थाल्नेछन् । अमेजनका ग्राहकहरु अझै पनि त्यो दिनको पर्खाइमा छन् । तर, कम्पनीका प्रमुख कार्यकारी अधिकृत बेजोसको त्यो पूर्वानुमान पूरा हुने लक्षण देखिएको छैन । बेजोसले खुद्रा व्यापार (रिटेल) क्षेत्रलाई रुपान्तरण गरी अर्बौं डलर कमाइसकेका छन् । तर ड्रोनमाथि नियामक निकायबाट निम्तिने अड्चन र सुरक्षा सवालले विश्वकै सबैभन्दा धनाढ्य व्यक्ति बेजोसलाई समेत ठूलो चुनौती खडा गरेको छ । उनले डिसेम्बर २०१३ मा अमेरिकी टेलिभिजन च्यानल सीबीएसमा पाँच वर्षभित्र ड्रोनले ग्राहकका घरदैलोमा सामानहरु पुर्याउँछ भनेर तोकेको समयसीमा गुज्रनै लागेको छ । बेजोसले तोकेको त्यो दिन आउन धेरै दिन बाँकी छैन । तर ड्रोनले ग्रामीण वा दुर्गम क्षेत्रमा औषधि लैजान भने सक्ने स्थिति उत्पन्न भएको छ । दैनिक उपभोग्य बस्तुको ड्रोनबाट तत्कालै आपूर्ति गर्ने कुरा प्रचारमै सीमित हुँदैछ । किनभने ड्रोनको ब्याट्री त्यति टिक्दैन र गोपनीयताको विषय पनि प्रमुखताका साथ अगाडि आएको छ । “मलाई लाग्दैन शहरका कुनाकाप्चामा ड्रोनले खाजा वा डायपर बोकेर उड्नेछन्,” ड्रोन विश्लेषक कोलिन स्नोले बताए । ड्रोनको प्रयोग केही उद्योगहरुमा निकै तिब्रताका साथ अघि बढेको छ । व्यापारिक क्षेत्र र उपभोक्तासँग सोझै जोडिएका क्षेत्रमा ड्रोनहरुको प्रयोग प्रायः हुन सकेको छैन । सरकारको अनुमानमा अमेरिकी आकाशमा करिब एक लाख १० हजार व्यापारिक ड्रोन उडिरहेका छन् र सन् २०२२ सम्ममा यो संख्या करिब चार लाख ५० हजार पुग्नेछ । यी ड्रोनहरु ग्रामीण क्षेत्रमा खानी उत्खनन् र कृषिमा प्रयोग भइरहेका छन् । साथै, विद्युत प्रसारणका लाइन र पाइपलाइनहरुको निरीक्षण गर्न तथा सर्भेक्षणका काममा ड्रोनको प्रयोग हुन थालेको छ । अमेजनले तत्काल सामानको आपूर्ति गर्न ड्रोन प्रयोग गर्नेतर्फ विचार गरिरहेको जनाएको छ, तर अहिले अमेजनले यस्तो कार्य कहिलेबाट आरम्भ गर्ने भनी निश्चित मितिबारे जानकारी गराएको छैन । “हामी ३० मिनेट वा सोभन्दा कम समयमा ड्रोन मार्फत सामान ढुवानी गर्ने कुरालाई यथार्थमै रुपान्तरण गर्न चाहिरहेका छौं,” अमेजनका प्रवक्ता क्रिस्टेन किसले बताए । सियाटलमा प्रधान कार्यालय रहेको यस कम्पनीले आफ्ना ड्रोन विकास केन्द्रहरु संयुक्तराज्य अमेरिका, अस्ट्रिया, फ्रान्स, इजरायल र बेलायतमा रहेको जनाएको छ । आपूर्तिकर्ता कम्पनीहरुले आपतकालीन बस्तुहरुको आपूर्ति गर्न ड्रोनको प्रयोग गर्नेतर्फ परीक्षणहरु गरिरहेका छन् । उनीहरुले कम जनघनत्व भएका क्षेत्रमा यसको परीक्षण गरिरहेका छन् । तर, सामान आपूर्तिहरु मुख्यतः कार्यालयका पार्क क्षेत्र र मानिसका घर वरिपरि केन्द्रित भएकाले त्यहाँ सुरक्षा र गोपनीयताको चासो बढी हुने गरेको छ । गत मे महिनामा ट्रम्प प्रशासनले आपूर्ति, परीक्षण र अन्य कार्यहरुका लागि ड्रोनको परीक्षण गर्न निजी कम्पनीहरु र स्थानीय सरकारी निकायहरुका निम्ति तीन वर्षे योजनालाई स्वीकृति दिएको छ । तर प्रमुख आपूर्तिकर्ता कम्पनीहरुका नमूना कार्यक्रमहरुले केही सानो संख्याका अमेरिकीहरुले ड्रोनबाट सामान प्राप्त गर्ने सङ्केत दिइसकेका छन् । युनाइटेड पार्सल सर्भिसले फ्लोरिडाका ग्रामीण सडकमा दौडिने ट्रकबाट ड्रोन परीक्षण गरेको छ । जर्मनीको डिएचएल एक्सप्रेसले तान्जानीयाबाट लेक भिक्टोरियासम्म औषधि आपूर्ति गर्न परीक्षणका रुपमा ड्रोनको प्रयोग गरेको छ । डिएचएलको मुख्य कम्पनी डच पोस्टका प्रमुख कार्यकारी अधिकृत फ्रान्क एप्पेलले आगामी एक दुई वर्षभित्रै ड्रोनहरु केही खास कामका लागि निकै उपयुक्त साधन हुने बताउँदै तर यिनीहरुको व्यापक प्रयोग हुन नसक्ने जानकारी दिए । उनकाे विचारमा यसको सबैभन्दा ठूलो समस्या भनेकै ब्याट्री हो । “हरेक एक दुई घण्टामा ब्याट्री चार्ज गर्नुपर्ने हो भने तपाईंसँग धेरैवटा ड्रोन चाहिन्छ ।” उनले भने । एप्पेलले ड्रोनको भन्दा मानिसबाटै हुने ढुवानीको अर्को फाइदा रहेको बताए – ग्राहकहरु कहाँ बस्छन् र ढोकाको कुन घन्टी बजाउने भन्ने कुरा उनीहरुलाई थाहा हुन्छ । “सूचना प्रविधिबाट यी यस्ता कुरा सुल्झाउन त्यति सजिलो छैन र सस्तो पनि हुँदैन ।” विज्ञहरुका अनुसार ड्रोन मार्फत व्यापक ढुवानी गर्न सरकारी स्वीकृति प्राप्त गर्न वर्षौं लाग्नेछ । स्काइलजिक रिसर्चका प्रमुख कार्यकारी अधिकृत स्नोले ड्रोनमार्फत यथार्थपरक ढङ्गबाट सामान आपूर्ति गर्न र सबै प्रकारका कानुनी तथा अन्य जटिलता टुङ्ग्याउन अझै १० वर्ष लाग्ने बताउनुभयो । तपाईंको आकाशमाथि उडेको प्रत्येक ड्रोनका बारेमा कानुन कार्यान्वयन गर्ने निकायहरुलाई जानकारी हुनु पर्दछ । सरकारी अधिकारीहरु यी ड्रोनलाई आतङ्ककारीले प्रयोग गर्ने हुन् कि भनी भयग्रस्त छन् । नियमहरुको मस्यौदा भइरहे पनि कम्पनीहरु भने सानो स्तरकै पाइलट कार्यक्रम सञ्चालन गरी ड्रोनहरु बारे अध्ययन र परीक्षण गर्न चाहन्छन् । अमेरिकी कानुनमा ड्रोन उडानका बारेमा लामो सूची छ । यी ड्रोनहरु ४०० फिटभन्दा माथि, सरकारी कार्यालयको माथि र विमानस्थलको पाँच माइल वरिपरि ड्रोन उडाउन पाइन्न । राति ड्रोन उडाउन प्रतिबन्ध लगाइएको छ । एजेन्सी