लेबनन विस्फोट: ७८ जनाको मृत्यु, चार हजारभन्दा बढी घाइते
काठमाडाैं । लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७८ जनाले ज्यान गुमाएको र चार हजार भन्दा बढी घाइते भएको रोयटर्सले जनाएको छ। एउटा गोदाममा राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको बताईएकाे छ।बेरुतस्थित समुद्री तटीय क्षेत्रमा रहेको सो गोदाममा विस्फोट भएपछि धुँवाको ठूलो मुस्लो उडेको र वरपरका धेरै भवनहरूमा पनि क्षति पुगेको भिडियाे सार्वजनिक भएकाे छ ।
विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ६ लाख ९२ हजार नाघ्यो
काठमाडाैं । विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ९२ हजार ७९४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । सो संगठनकाअनुसार सोमबारसम्म विश्वभरीमा १ करोड ८२ लाख ३४ हजार ९३६ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये हालसम्म १ करोड १४ लाख ४४ हजार ८२१ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६० लाख ९७ हजार ३२१ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ६५ हजार ७५४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४८ लाख १३ हजार ६४७ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ५८ हजार ३६५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा ४२ लाख ४५ हजार ५४२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४७ हजार ८९२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५६ लाख ५७ हजार ५५२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख २२ हजार १८६ जनाको मृत्यु भएको छ । युरोपमा २८ लाख ९८ हजार ९४४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ३ हजार ७९४ को मृत्यु भएको छ । एसिया ४४ लाख ५१ हजार ६५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९९ हजार ३२४ जनाको मृत्यु भएको छ । अफ्रिकामा ९ लाख ६१ हजार ३८८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २० हजार ३५० जनाको मृत्यु भएको छ । ओसियानामा १९ हजार ७२४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २३३ जनाको मृत्यु भएको छ ।
भारतकाे क्याबिनेट मन्त्रीको कोरोनाबाट मृत्यु
काठमाडाैं । काेराेना भाईरस (काेभिड-१९) काे कारण भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको मृत्यु भएको छ । उनकाे आइतबार बिहान लखनऊको एसजीपीजीआई अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको हाे । उनी साउन १ गते काेभिड-१९ बाट संक्रमित भएकी थिइन् । कमला रानी उत्तर प्रदेशकी प्रविधि शिक्षामन्त्री थिइन् । सन् २०१७ मा कानपुरको घाटमपुरको सिट जित्दै उनी यो सिटमा जित हासिल गर्ने पहिलो विधायक बनेकी थिइन् । उनलाई गत वर्ष मन्त्री बनाइएको थियो ।