कोभिड-१९ खाेप: संसारभर १ सय ६५ अनुसन्धानको क्रममा, ८ वटा परीक्षणकाे अन्तिम चरणमा
काठमाडौं । रसियन राष्ट्रपति भ्लाडिमिर पुटिनले गत मंगलबार (अगस्ट ११ मा) रसियामा बनाइएको कोभिड १९ को खोपले मान्यता पाएको बताए । यस खोपलाई ग्यामेलया रिर्सच ईन्स्टिच्युटले बनाएको हो । जुन १ गते यसले फेज १ परीक्षणको लागि प्रवेश गरेको थियो । यो दुईवटा एडिनोभाईरस (एडि ५ र एडि २६) मिश्रण हो, जसलाई कोरोना भाईरसको जिनसँग मिलाइएको बताइएको छ । तर यस खोप पुटिनले भनेको जस्तो विश्वसनीय नभएको अन्तराष्ट्रिय संचारमाध्यमको भनाइ छ । यस खोपले फेज ३ को परीक्षण पनि सुरु नगरी राष्ट्रपति पुटिनले यसलाई मान्यत दिएको पाइएको हो । कुनै पनि खोपले फेज ३ को परीक्षण पुरा गरिसकेपछि मात्र खोपको प्रयोग सार्वजनिक रुपमा गर्न पाउने नियम छ । खोप परीक्षण प्रक्रिया कुनै पनि खोप प्रयोगमा आउनुभन्दा पहिला यसले धेरै परीक्षण तह पार गर्नुेपर्ने हुन्छ । यस परीक्षण मापदण्डलाई पुरा गरेको अवस्थामा मात्र उक्त खोप आममानिसहरुमा प्रयोगको लागि लैजान पाउने सकिन्छ । १. प्रिकिल्निकल टेष्टिङ वैज्ञानिकहरुले सुरुमा जनावर जस्तै मुसा, बाँदरहरुमा यस्तो खोपको प्रयोग गरेर यसले शरीरमा प्रतिरोधात्मक प्रतिकृया देखाउँछ कि देखाउँदैन भनेर हेर्दछन् । २. फेज १ सेफ्टी ट्रायल (पहिलो चरणको सुरक्षा परीक्षण) पहिलो चरणमा सफल नतिजा प्राप्तभएपछि यस फेजमा वैज्ञानिकहरुले खोपलाई थोरै व्यक्तिहरुमा जाँच गरेर यो कतिको सुरक्षित छ र यसले शरीरको प्रतिरक्षा प्रणालीलाई बढाउँछ कि बढाउँदैन भनेर हेर्दछन् । ३. फेज २ ऐक्सपाण्डेड ट्रायल (दोस्रो चरणको विस्तारित परीक्षणहरु) यस फेजमा वैज्ञानिकहरुले विभिन्न उमेर समुह जस्तै बच्चा, युवा र व्यस्कहरुलाई विभाजित गरी सयौंको संख्यामा खोपको प्रयोग गर्दछन् । र, यसले उनीहरुमा केही फरक खालको प्रतिकृया दिन्छ कि भनेर जाँच गर्दछन् । यस परीक्षणले खोपको क्षमताको साथसाथै यो कति सुरक्षित छ भन्ने पुष्टि गर्दछ । ४. फेज ३ ईफिसेसी ट्रयाल (तेस्रो चरणको प्रभावकारित परीक्षण) यस फेजमा वैज्ञानिकहरुले हजारौं मानिसहरुमा यस खोपको परीक्षण गर्दछन् । यसमा उनीहरुले उक्त खोप लगाएका मानिस र त्यस खोपले नकारात्मक असर नगर्ने औषधी दिएका स्वंयसेवकहरुलाई दाँज्दछन् । यस परीक्षणले उक्त खोपले कोरोनाभाईरसबाट बचाउँछ कि बचाउँदैन भन्ने पुष्टि गर्दछ । यस्तै विश्व खाद्य तथा औषधी संघ (एफडिए) का अनुसार उक्त खोपले कम्तिमा पनि ५० प्रतिशत व्यक्तिमा काम गरे मात्र त्यसले मान्यत पाउँदछ । ५. स्वीकृति प्रत्येक देशका नियामकहरुले खोप परीक्षण नतिजा समीक्षा गरी मान्यत दिने कि नदिने भनेर निर्णय गर्दछन् । महामारीको समयमा खोपहरुले औपचारिक स्वीकृति प्राप्त गर्नुभन्दा अगाडि आपतकालिन प्रयोगको लागि मान्यता पनि गर्न प्राप्त सक्दछन् । यद्यपि, एकपटक खोपले मान्यत पाएपछि पनि वैज्ञानिकहरुले उक्त खोप परीक्षणमा संलग्न व्यक्तिहरुलाई केही हुन्छ कि भनेर निगरानीमा राखिरहेका हुन्छन् । ६. कम्बाईन्ड फेज यो कुनै पनि खोपको परीक्षणलाई चाँडोभन्दा चाँडो प्रयोगमा ल्याउनको लागि गरिन्छ । यस अन्तर्गत खोप फेज १ र फेज २ को परीक्षण एकैपटक गरिन्छ । कोरोनाको लागि संसारभर कति खोप तयार हुँदैछन् ? हाल कोरोनाको लागि संसारभर कोरोनाविरुद्ध १ सय ६५ भन्दा बढि खोपहरुको अनुसन्धान भइरहेको छ । त्यसमा ३१ खोपहरु मानिसमा परीक्षणको क्रममा रहेका छन् । सामान्यतः एउटा खोप निर्माण हुन वर्षौं लाग्दछ । तर हाल वैज्ञानिकहरु अर्को वर्षसम्म कोरोना विरुद्धको खोप बनाउने दौडमा लागेका छन् । हाल फेज ३ अर्थात अन्तिम चरणको परीक्षणमा संसारका ८ खोपहरु रहेका छन् । यी खोपहरुको नतिजा यस वर्षको अन्त्यसम्म आउने अपेक्षा गरिएको छ । फेज ३ परीक्षणमा रहेका खोपहरु र त्यसलाई उत्पादन गर्ने कम्पनीहरु १. मोडर्नो मोडर्नोले शरीरमा भाईरल प्रोटिन उत्पादन गर्ने उदेश्यको साथ आरएनएमा आधारित खोप बनाएको हो । नेसनल ईन्स्टिच्युट अफ हेल्थसँगको सहकार्यमा उनीहरुले उक्त खोपले बाँदरहरुलाई कोरोनाभाईरसबाट बचाएको पत्ता लगाएका हुन् । गत मार्चमा फेज १ अन्तर्गत उनीहरुले उक्त खोप मानिसमा परीक्षण गरेका थिए, जसले आशालाग्दो नतिजा दिएको थियो । त्यसपछि गएर उनीहरुले खोप परीक्षणको फेज २ पनि पार गरे र जुलाई २७ मा तेस्रो फेज ३ परीक्षणको लागि काम सुरु गरे । उक्त अन्तिम परीक्षणमा अमेरिकाको विभिन्न ८९ ठाउँबाट उनीहरुले ३० हजार स्वस्थ मानिसहरु सहभागी हुनेछन् । यस अन्तिम परीक्षणको नतिजा नोभेम्बर अन्त्यसम्मा आउने अपेक्षा गरिएको छ । २. बायोन्टेक (एमआरएनए) जर्मन कम्पनी बायोन्टेकले न्युवर्केमा आधारित प्रख्यात बायोफार्मास्युटिकल कम्पनी फाईजर तथा चिनियाँ औषधी कम्पनी फोसानसँगको सहकार्यमा एमआरएनए खोप बनाउन जुटेको छ । उनीहरुले गत जुलाईमा आफ्नो फेज १ र फेज २ को परीक्षण गराएका थिए । उनीहरुको परीक्षण सहभागीहरुको शरीरे सार्स–कोभिड २ विरुद्ध एन्टिबडी उत्पादनका साथै टी सेलहरु पनि पाएका थिए । परीक्षणमा सहभागी केही व्यक्तिहरुले भनेअनुसार सुत्न समस्य हुनुको साथै हातहरु सुन्निएको जस्तो सामान्य असर भएको पाइएको थियो । यस्तै गएको २७ जुलाईमा उनीहरुले अमेरिकालगायत ब्राजिल, अर्जेन्टिजना र जर्मनीका ३० हजार व्यक्तिमा आफ्नो फेज २ र फेज ३ को परीक्षण गर्ने घोषण गरेका थिए । यदि यो फेजहरु पार गरी यस खोपले मान्यता पाए यो यस वर्षको अन्त्यसम्मा बनिसक्ने बताइएको छ । ३. क्यान्सिनाबायो (एडिफाईभ) चिनियाँ कम्पनी क्यान्सिनोबायोले एडिफाईभ नामक एडिना ेभाईरसमा आधरित खोप बनाएको छ । ऐकेडेमी अफ मिलिटेरी मेडिकल साईन्ससँगको सहकार्यमा क्यान्सिनाबायोले यो खोप बनाएको हो । गत मेमा उनीहरुले आफ्नो फेज १ ट्रायलको नतिजा प्रकाशित गरेको थिए, जुज सकारात्मक थियो । यस्तै कम्पनीले जुलाईमा फेज २ को नतिजा सार्वजनिक गरेका थिए, जसमा उक्त खोपले शरीरमा बलियो प्रतिरक्षा क्षमता उत्पादन गरेको थियो । जुन २५ मा चिनियाँ सेनाले यस खोपलाई एक वर्षको लागि विशेष खोपको रुपमा घोषण गरिसकेको छ । यद्यपि, क्यान्सिनोले भने यस खोप सैनिकहरुको लागि अनिवार्य छ कि छैन भनेर भनेको छैन । त्यस्तै, अगस्ट ९ गते साउदीका स्वास्थ्यमन्त्रीले यस खोपलाई साउदी अरबियामा फेज ३ को परीक्षण गर्ने बताए र त्यससँगै हाल यस खोप विभिन्न देशहरुसँग परीक्षणको लागि काम अगािड बढाइरहेको छ । ४. एस्ट्राजेनिका (च्याडक्सवान) ब्रिटिस–स्विडिस कम्पनी एस्ट्राजेनिका र अक्स्फोर्ड विश्वविद्यालयद्धारा बनाइएको खोप चिम्पान्जीको एड्रिनोभाईरसमा आधारित छ । यसलाई उनीहरुले च्याडक्सवान नाम दिएका छन् । बाँदरहरुलाई यस खोपले सुरक्षा दिएको उनीहरुको अध्ययनले देखाएको थियो । उनीहरुको फेज १ र फेज २ को परीक्षणले यस भ्याक्सिन सुरक्षित रहेको देखाएको थियो । यस खोपले शरीरमा एन्टिबडीको मात्र बढाउनुको साथै शरीरको प्रतिरोधात्मक क्षमता पनि बढाएको देखाएको थियो । यस खोपले बेलायत र भारतमा दोस्रो र तेस्रो चरणको परीक्षणको लागि प्रवेश गरिसकेको छ । यसका साथै ब्राजिल र उत्तर अफ्रिकामा पनि तेस्रो चरणको परीक्षण सुरु गरिसकिएको छ । एस्ट्राजेनिकाको अनुसार यदि यस भ्याक्सिनले मान्यत पाए उनीहरुसँग २ बिलियन डोज बनाउन सक्ने क्षमता रहेको छ । भारतको सिरम ईन्टिच्युटले भने परीक्षणको लागि यस खोपको लाखौं डोज बनाइसकेको छ । ५. वुहान ईन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्टस् वुहान ईन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्टस्ले एक निस्कृय भाईरसको खोप विकसित गरेको छ, जसलाई चिनियाँ कम्पनी सिनाफार्माले किल्निकल ट्रायलमा राखेको थियो । गत जुलाईमा यस खोपले युएईमा फेज ३ को परीक्षण सुरु गरेको थियो र सिनाफार्माले अध्यक्षले यस वर्षको अन्त्यसम्ममा यो खोप सार्वजनिक प्रयोगको लागि तयार हुने बताएका छन् । ६. सिनोफार्मा सिनोफार्माले बेईजिङ ईन्टिच्युट अफ बायोलोजिकल प्रडक्टस्सँग उत्पादन गरेको निस्कृय भाईरसको परीक्षण गरिरहेको छ । यस खोपको फेज ३ परीक्षणमा युएईका ५ हजार र बेईजिङका ५ हजार व्यक्ति सहभागी हुँदैछन् । ७. सिनोभ्याक चिनियाँ निजी कम्पनी सिनोभ्याक बायोटेक पनि कोरोनाभ्याक नामक एक निस्कृय खोपको परीक्षण गरिरहेको छ । गत जुनमा कम्पनीले ७ सय ४३ व्यक्तिमा फेज १ र २ को परीक्षण गरेको थियो । सो परीक्षणमा मानिसहरुको शरीरमा यसले प्रतिरोधात्मक क्षमता विकास भएको देखाएको थियो र यसले मानिसको स्वास्थ्यमा खासै नकरात्मक असर पनि गरेको थिएन । त्यसपश्चात सिनोभ्याकले गत जुलाईमा ब्राजिलमा फेज ३ को परीक्षण सुरु गरी त्यसकै अर्को महिना इन्डोनेसियामा पनि सुरु गरिसकेको छ । ८. मुरडोच चिल्ड्रेन रिर्सच ईन्स्टिच्युट १९ औं शताब्दीमा क्षयरोगसँग लड्नको लागि ब्यासिलस क्यालमेट ग्युरिन खोप बनाइएको थियो । यसैमा आधारित खोप बनाएर अष्ट्रेलियाको मुरडोच चिल्ड्रेन रिर्सच ईन्स्टिच्युटले फेज ३ को परीक्षण गर्ने भएको छ । प्रयोगमा आएका खोप केही खोपहरु तयार भएर मानिसमा प्रयोगमा समेत आइसकेका छन् । यसरी प्रयोगमा आएका खोपहरुमा क्यन्सिनोको एडिफाईभ र रसियाको ‘स्पटनिक ५’ हुन् । गत वर्षको डिसेम्बर महिनादेखि मानिसमा संक्रमण पुष्टी भएको कोभिड १९ का कारण संसारभरका २ करोड १४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने कोभिड १९ कै कारण संसारभरका ७ लाख ७१ हजारभन्दा बढी ज्यान गुमाइसकेका छन् । (अन्तराष्ट्रिय संचार माध्यमहरुको सहयोगमा)
इजरायलले पत्ता लगायो १ सेन्टमा कोरोना परीक्षण गर्ने विधि, ३० मिनेटमै नतिजा, मेसिनको मूल्य २ सय डलर
काठमाडौं । इजरायलको सबैभन्दा ठुलो मेडिकल सेन्टरले केही सेकेण्ड मै थुकबाट कोरोना भाईरसको संक्रमण पत्ता लगाउने नयाँ परीक्षण विधिको विकास गरेको जनाएको अन्तर्राष्ट्रिय संचार माध्यम राेयटर्सले उल्लेख गरेकाे छ । इजरायलको सेबा मेडिकल सेन्टरको सेन्टर फर जियोग्राफिक मेडिसिन एण्ड ट्रपिकल डिजिजले यो नयाँ र सजिलो परीक्षण विधिको विकास गरेको जनाएका हो । यस विधि अनुसार बिरामी व्यक्तिले नुन पानीले मुख सफा गरि एउटा भाँडामा थुक्नु पर्दछ । त्यसपछि त्यसलाई एउटा स्पेक्ट्रल डिभाईस अर्थात साधारण रुपमा भन्नुपर्दा उक्त नमुनामा केही लाईटको प्रयोग गरेर परीक्षण गरिन्छ । यस विधिको परीक्षणलाई नेतृत्व गरिरहेका एलि स्कवार्टजका अनुसार कोभिड १९ को परीक्षणको लागि प्रयोग हुने पिसिआर स्वाब परीक्षण भन्दा धेरै नै सजिलो रहेको छ । ‘हालसम्म हाम्रो परीक्षणको नतिजा निकै आशालाग्दो छ र यो निकै सजिलो र सस्तो विधि रहनेछ,’ उनले भने । सेन्टरका अनुसार सयौं व्यक्तिमा गरिएको उक्त विधिको सुरुवाती किल्निकल परीक्षणमा ९५ प्रतिशत सफल नतिजा प्राप्त गरेको पाइएको छ । जेरुसेलम हेबु्र युनिभर्सिटीका विज्ञ आणविक भाईरोलेजिष्ट एमोस प्यानेटले उक्त विधिमा अन्तिम निर्णय गर्नुअघि परीक्षणको थप धेरै डाटा र तुलनाहरु हेर्न चाहेको बताए । ‘मानिसमा जति धेरै बिरामी हुन्छ, उसको थुकमा भएको भाईरस झनै धेरै बढ्छ । यदि यस विधिले मान्यत पाउने हो भने यो एउटा परिवर्तनकर्ताको रुपमा रहनेछ’, उनले भने । सेबाले यस विधिलाई बजारमा ल्याउन चाहिने उपकरण बनाउन ईजरायली फर्म न्युसाईट ईमेजिङसँग सहकार्य गरेको छ । उक्त कम्पनीका अनुसार उनीहरु नियामकको स्विकृति लिने तयारीमा छन् । हरेक परीक्षण मात्र ०.०१ डलर र मेसिनको मात्र २०० डलर खर्च लाग्नेछ । र, यसको नतिजाको लागि ३० मिनेट मात्रै लाग्ने बताइएको छ ।
औषधि प्रयोग गरेको पुष्टि भएपछि पाकिस्तानका तीन खेलाडीको पदक खोसियाे
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रतिवन्धित औषधि प्रयोग गरेको पुष्टि भएपछि पाकिस्तानका तीन पदकधारी खेलाडीको पदक खोसिएको छ । नेपाल ओलम्पिक कमिटीले बुधबार जारी गरेको विज्ञप्तीमा पाकिस्तानी तीन खेलाडीको डोपिङ परिक्षण गर्दा पोजेटिभ देखिएका खेलाडीको पदक खोसिएको जनाएको हो । पदक खोसिनेमा एथलेटिक्सतर्फ १ सय मिटर दौडमा कास्य पदक विजेता सामी उल्लाह, १ सय १० मिटर हर्डल्समा स्वर्ण विजेता मुहमद नइम र ४ सय मिटर हर्डल्समा स्वर्ण विजेता महबुब अली रहेका छन् । नेपाल ओलम्पिक कमिटिले विज्ञप्ति जारी गर्दै तीनै खेलाडीलाई चार वर्ष प्रतिबन्धका साथै पदक खोसिएको जनाएको हो । तीनै खेलाडीलाई २०२३ डिसेम्बरसम्म निलम्बन गरिएको छ । १३ औं संस्करणको साग नेपालमा मंसिर १५ देखि २४ गतेसम्म आयोजना भएको थियो । आगामी संस्करणको आयोजक पाकिस्तानले ३२ स्वर्ण सहित १ सय ३२ पदक जितेको थियो ।