सोमालियामा अल–शबाब समूहद्वारा २० जनाको हत्या
एजेन्सी । सोमालियाको चरमपन्थी समूह अल–शबाबले शनिबार बिहान हिरेन क्षेत्रमा खाना ओसारपसार गरिरहेका सातवटा गाडीमा आगजनी गर्नुका साथै कम्तीमा २० जनाको हत्या गरेको बताएका छन् । सरकारी सञ्चार माध्यम र स्थानीयबासिन्दाले चरमपन्थी समूह अल–शबाबले शनिबार बिहान हिरेन क्षेत्रमा खाना ओसारपसार गरिरहेका सातवटा गाडीमा आगजनी गर्नुका साथै कम्तीमा २० जनाको हत्या गरेको बताएका छन् । अल–कायदासम्बद्ध समूहविरुद्ध स्थानीय एक भएको प्रतिशोधस्वरूप उक्त आक्रमण भएको स्थानीयवासीले बताएका छन् । स्थानीय हसन अब्दुल्लले अमेरिकी समाचार संस्था ९एपी०लाई फोनमार्फत दिएको जानकारीमा भनिएको छ, “बेलेटवेनबाट माटाबनसम्म खाद्यान्न ढुवानी गर्ने चालक र यात्रुहरू थिए र यात्रुहरूले प्रयोग गर्ने खाद्यान्न र सवारी साधनहरू बोकेका कूल सात वटा ट्रकहरूमा आगजनी गरिएको थियो । सरकारी सेनाले यात्रुलाई लक्षित गर्ने उद्देश्यले बेलेटवेन र माताबन जोड्ने व्यस्त सडकमा अल–शबाबले राखेको बारूदी सुरूङ्ग नष्ट गरेको एक दिनपछि उक्त आक्रमण भएको हो । अल–शबाबले आक्रमणको पुष्टि गर्दै स्थानीय स्तरमा परिचालन गरिएका २० जना लडाकू मारिएको दाबी गरेको छ । सोमालियाली सरकारले यस ‘बर्बर’ आक्रमणको निन्दा गरेको छ र मध्य र दक्षिणी सोमालियाको महत्वपूर्ण भागमा कब्जा जमाएको चरमपन्थी समूहविरुद्ध स्थानीय परिचालनका लागि आफ्नो समर्थन दोहो¥याएको छ ।
अमेरिकाले ताइवानलाई १.१ अर्ब अमेरिकी डलरको हतियार बिक्री गर्ने
एजेन्सी । संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई हारपुन र साइडविन्डर क्षेप्यास्त्रहरू सहित लगभग १.१ अर्ब बराबरको सैन्य उपकरण बिक्री गर्ने घोषणा गरेको छ। डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सीले वाशिङ्गटनले ताइवानलाई सैन्य उपकरण बेच्न स्वीकृति दिएको पुष्टि गरेको छ। अमेरिकी विदेश मन्त्रालयले ताइवानको सुरक्षा क्षमताको आधुनिकीकरण गर्न र अमेरिकी सुरक्षा हित प्रबर्धन गर्न ताइवानलाई हारपुन ब्लक मिसाइल र अन्य सैन्य उपकरणको बिक्री स्वीकृत गरेको बताएको छ। मन्त्रालयका अनुसार प्रस्तावित हातहतियारले यस क्षेत्रमा आधारभूत सैन्य सन्तुलनलाई परिवर्तन नगर्ने पनि अमेरिकाले दाबी गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणलाई लिएर वाशिङ्गटन र बेइजिङबीच बढ्दो तनावका बीच सैन्य सामग्रीको प्रस्तावित बिक्री सार्वजनिक भएको छ । हार्पुनहरू बोइङले तटीय(जल क्षमताका साथ उत्पादन गरेको एन्टी(शिप होमिङ मिसाइलहरू हुन्। यस अघि संयुक्त राज्य अमेरिकामा ताइपेई आर्थिक र सांस्कृतिक प्रतिनिधि कार्यालय (टेक्रो)ले ६० वटा मिसाइल र सम्बन्धित उपकरणहरू किन्न अनुरोध गरेको थियो। साइडवाइन्डरहरू हावाबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू हुन् जुन रेथियनले प्रक्षेपणपछि लक्ष्यहरूमा लक गर्न सक्ने क्षमताको साथ विकसित गरेको दाबी गरिएको छ। टेक्रोले १०० वटा मिसाइल र अन्य उपकरण खरिद गर्न अनुरोध गरेको थियो। वाशिङ्गटनमा चिनियाँ दूतावासले यस हप्ताको शुरुमा प्रस्तावित हतियार बिक्री बारे प्रतिक्रिया दिंदै बाइडेन प्रशासनलाई हतियार बिक्री बन्द गर्न आह्वान गरेको थियो। हतियार बिक्रीले ताइवान स्ट्रेटमा तनाव निम्त्याउन सक्ने भन्दै चीनले सो आग्रह गरेको थियो। ताइवानी सेनाले बिहीबार एक अज्ञात नागरिक ड्रोनलाई गोली हानेको जनाएको छ। सो ड्रोन चिनियाँ तटबाट शियु टापुको प्रतिबन्धित जलक्षेत्रको आकाशमा प्रवेश गरेको थियो। ताइवानको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै सेनाको जिनमेन रक्षा कमाण्डले आज दिउँसो १२:३० बजेतिर शियु टापुको प्रतिबन्धित पानीको हवाइ क्षेत्रमा एक अज्ञात नागरिक हवाई क्यामेरा प्रवेश गरेको फेला पारेको बताएको छ। विज्ञप्तिमा भनिएको छ, ‘रक्षा क्षेत्रको सुरक्षा कायम गर्न रक्षा मन्त्रालयले खोजी, अनुगमन र निगरानीलाई निरन्तरता दिनेछ । यस्तै मङ्गलबार पनि ताइवानी सेनाले चिनियाँ सैन्य ड्रोनलाई ताइवान नियन्त्रित टापुमा ूप्रतिबन्धितू वायुक्षेत्रमा प्रवेश गरेपछि गोली हानेको थियो। अगस्टको मध्यदेखि ताइवानमा जारी राजनीतिक र सुरक्षा तनावका बीच यस वरपर यस्ता थुप्रै ड्रोनहरू उड्ने गरेको पाइएको छ।
जर्मनीको निर्यातमा ह्रास, आर्थिक मन्दीको त्रास
एजेन्सी । जर्मनीको निर्यात चार महिनामा पहिलो पटक जुलाईमा घटेको शुक्रबार प्रकाशित सरकारी तथ्याङ्कले देखाएको छ । सङ्घीय तथ्याङ्क एजेन्सी (डेस्टाटिस)को मौसमी समायोजित तथ्याङ्कअनुसार जर्मनीले अगष्टमा देशले एक सय ३१ दशमलव तीन अर्ब युरो अर्थात् एक सय ३१ दशमलव चार अर्ब अमेरिकी डलर बराबरको सामान निर्यात गरेको छ, जुन जूनको तुलनामा दुई दशमलव एक प्रतिशत कम हो । यो सूचक गत वर्षको जुलाईको तुलनामा १४ दशमलव तीन प्रतिशतले बढी हो भने जर्मनीको व्यापार सन्तुलन पाँच दशमलव चार अर्ब युरोमा सकारात्मक रहेको छ । मुद्रास्फीति बढ्दै जाँदा र युक्रेनमा रूसको आक्रमणको असरले लामो छायाँ पार्दा मुलुकको निर्यातमा आधारित अर्थतन्त्रको दृष्टिकोणप्रति व्यवसायहरू निराशावादी बन्दै गएका छन् । जर्मनीको इफो इन्स्टिच्युटले हालै देश ‘मन्दीको सङ्घारमा’ पर्नसक्ने चेतावनी दिएको थियो । ‘विश्वव्यापी आपूर्ति शृङ्खलामा चाप, भूराजनीतिक जोखिम र बढ्दो उत्पादन लागत यस नयाँ प्रवृत्तिको पछाडिका स्पष्ट संवाहकहरू हुन्’, आईएनजी बैंकका म्याक्रो कास्र्टेन ब्रेजेस्कीले भने । युक्रेनमा आक्रमण गरेदेखि नै प्रतिबन्धको चपेटामा परेको रुसमा जर्मनीको निर्यात जुलाईमा १५ दशमलव एक प्रतिशतले घटेर एक दशमलव शून्य अर्ब युरोमा झरेको छ । यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५५ दशमलव एक प्रतिशतले कम हो । जर्मनीको सबैभन्दा ठूलो निर्यात गन्तव्य संयुक्त राज्य अमेरिकाको निर्यात १३ दशमलव सात प्रतिशतले घटेर १२ दशमलव तीन अर्ब युरोमा झरेको छ भने चीन र बेलायततर्फको निर्यातमा पनि गिरावट आएको छ । जर्मनीको अर्थतन्त्र अप्रिल र जुनको बीचमा स्थिर रहेको र शून्य प्रतिशतको वृद्धि दर हासिल गरेको यहाँको आधिकारिक तथ्याङ्कले देखाएको छ ।