टाट पल्टिए अनिल अम्बानी, रिलायन्स क्यापिटल बेच्दै
काठमाडौं । कुनै दिन विश्वका धनाड्यहरुको सूचीमा छैटौं नम्बरमा स्थान ओगेटेका अनिल अम्बानी अहिले टाट पल्टिने अवस्थामा पुगेकका छन् । सन् २००८ मा फोर्ब्सले प्रकाशित गर्ने विश्वभरका धनाढ्यहरुको सूचीमा छैटौं स्थान ओगटेका अनिल अहिले टाट पल्टिने अवस्थामा पुगेका हुन् । सन् २००८ मा उनीसँग ४२ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति थियो । तर, अहिले उनी आफुसँग भएको सम्पत्ति बेच्न लागेका छन् । अनिल अम्बानीले नेतृत्व गरेको रिलायन्स गु्रुपको रिलायन्स क्यापिटल अहिले बिक्रीको प्रक्रियामा छ । अहिले अम्बानी ऋणमा डुबेका छन् । उनले रिलायन्स क्यापिटल बिक्री गर्नका लागि आशयपत्र पनि माग गरेका छन् । त्यसका लागि ४ कम्पनीले इच्छा पनि प्रकट गरेका छन् । अनिलले रिलायन्स कम्युनिकेसन्स, रिलायन्स क्यापिटल, रिलायन्स इनर्जी र रिलायन्स नेचुरल रिसोर्सेज लिमिटेडको नेतृत्व गरिरहेका छन् । त्यसमध्ये रिलायन्स क्यापिटललाई उनले बिक्री गर्न लागेका हुन् । रिलायनस खरिदका लागि इन्डसइन्ड बैंक, अमेरिकी सम्पत्ति व्यवस्थापन कम्पनी टारेन्ट समूह र बीराइट समुहले खरिदका लागि आशय पत्र पेश गरेका छन् ।
लामो खडेरीका कारण चीनले कृत्रिम वर्षा बनायो, १५ सहरमा बाढी पहिरोको जोखिम
एजेन्सी । चीनले ६१ वर्षयताकै सबैभन्दा खराब खडेरी भोगिरहेको छ । १ सय ६५ वटा सहरहरूमा उच्चगर्मीका कारण सतर्क रहन गरिएको छ। मध्य र दक्षिणी चीनका करिब २५ सहरमा तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । कृत्रिम रुपमा गराइएको वर्षाका कारण सिचुवान र चुङचिङ प्रान्तका १५ सहरमा बाढी र पहिरोको जोखिम बढेको छ । बढ्दो तापक्रम र खडेरीसँग जुध्न दुई प्रान्तमा क्लाउड सिडिङमार्फत कृत्रिम वर्षा गराइएको हो । यी सहरबाट एक लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । हाइड्रो प्लान्ट बन्द, टेस्ला–टोयोटाको काम ठप्प जलविद्युत आयोजना बन्द हुँदा विद्युत् अभाव भएको छ । सिचुआन सहरमा रहेको फक्सकन, टेस्ला र टोयोटा जस्ता कम्पनीका प्लान्टहरू विगत १५ दिनदेखि बन्द रहेका छन्। गत वर्षको तुलनामा जुलाई–अगस्टमा चीनमा ४० प्रतिशत कम वर्षा भएको थियो । ४० करोड मानिसको जीवन रेखाको रुपमा रहेको याङजी नदी सुकेको छ । चीनका सिचुआनसहित ६ प्रान्तमा २२ लाख हेक्टर क्षेत्रफलमा लगाइएको बाली सुकेको छ ।
भारतीय अर्बपति गौतम अडानी बने विश्वको तेस्रो धनी
एजेन्सी । भारतीय अर्बपति गौतम अडानी १३७।४ बिलियन डलर ९करिब ११ लाख करोड रुपैयाँ० को सम्पत्तिका साथ विश्वको तेस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । उनले फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै यो स्थान हासिल गरेका हुन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सको शीर्ष तीनमा एसियाली व्यक्ति प्रवेश गरेको यो पहिलो पटक हो। अहिले उनी विश्वका धनी मस्क र बेजोसभन्दा पछि छन् । टेस्लाका संस्थापक एलोन मस्क २५१ अर्ब डलरको कुल सम्पत्तिका साथ सूचीको शीर्ष स्थानमा छन् भने बेजोस १५३ अर्ब डलरको साथ दोस्रो स्थानमा रहेका छन् । विश्वका शीर्ष १० धनीको सूचीमा अडानी एक मात्र भारतीय हुन्। रिलायन्सका अध्यक्ष मुकेश अम्बानी ९१।९ बिलियन डलर ९७।३ लाख करोड रुपैयाँ० को कुल सम्पत्तिका साथ ११ नम्बरमा छन्। गत महिना बिल गेट्सलाई पछि पार्दै अडानी चौथो धनी व्यापारी बन्न सफल भएका थिए । उनले बिल गेट्सलाई पछि पारेका छन् । अडानीले २०२२ मा मात्रै आफ्नो कुल सम्पत्तिमा ६०।९ बिलियन डलर थपेका थिए । यो कुनै पनि व्यापारीको भन्दा ५ गुणा बढी हो । अडानीको कुल सम्पत्ति अप्रिल २०२१ मा ५७ बिलियन डलर थियो । १०० बिलियन डलर भन्दा बढीको नेटवर्थ भएका व्यक्तिहरूलाई सेन्टिबिलियनर भनिन्छ । एक वर्ष पहिले, अप्रिल २०२१ मा अडानीको कुल सम्पत्ति छठ बिलियन डलर थियो। सन् २०२१/२२ मा अडानीको सम्पत्ति सबैभन्दा छिटो वृद्धि भएको जनाइएको छ ।