पाकिस्तान बाढी :एक हजारभन्दा बढीको मृत्यु

काठमाडौं ।  देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी एक हजारभन्दा बढीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । बाढीपहिरोका कारण दशौँ हजार विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य दुर्घटनामा परेर हालसम्म एक हजार ३३ जनाको मृत्यु भएको छ भने एक हजार पाँच सय २७ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा एक सय १९ जनाको ज्यान गएको तथा ७१ जना घाइते भएका छन् । बलुचिस्तान, गिलगिट बाल्टिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढीपहिराबाट अति प्रभावित भएका छन् । बाढीपहिराले तीन हजार चार सय ५१ किलोमिटर सडक बगाएको, एक सय ४९ पुल भत्काएको, एक सय ७० पसल बगाएको, नौ लाख ४९ हाजर आठ सय ५८ घरमा क्षति भएको तथा सात लाखभन्दा बढी चौपाया मरेका छन् । रासस/एएनआई

चीनको प्रतिकार गर्न भारतले मुख्य भूमिका खेल्नुपर्ने-अमेरिकी नौसेना प्रमुख

एजेन्सी । अमेरिकी नौसेना अपरेसन प्रमुख एडम माइक गिल्डेले भारत भविष्यमा अमेरिकाको लागि महत्त्वपूर्ण साझेदार हुने र चीनको सामना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । अमेरिकी उच्च सैन्य अधिकारी गिल्डेले बिहीबार वाशिङ्गटनमा हेरिटेज फाउन्डेशनद्वारा आयोजित सेमिनारमा भारतले चीनलाई दोहोरो समस्याको साथ प्रस्तुत गरेको निक्की एशियाले रिपोर्ट गरेको छ। चीन अब पूर्वतिर मात्र नभई दक्षिण चीन सागर र ताइवान स्ट्रेटतिर हेर्न बाध्य हुने र त्यसका लागि भारतको भूमिका महत्त्वपूर्ण हुने उनले बताएका छन् । ‘मैले अरू कुनै पनि देशको तुलनामा भारतको यात्रामा धेरै समय बिताएको छु किनभने म उनीहरूलाई भविष्यमा हाम्रो लागि रणनीतिक साझेदार मान्दछु’ गिल्डेले थपेका छन् । गत अक्टोबरमा आफ्नो पाँचदिने भारत भ्रमणको सन्दर्भ उल्लैख गर्दै हिन्द महासागर युद्धक्षेत्र हाम्रो लागि झन् झन् महत्त्वपूर्ण बन्दै गएको छ। भारत र चीनको सीमामा हाल अलिअलि झडप भइरहेको तथ्य यो रणनीतिक रूपमा महत्त्वपूर्ण छ । हिमालयमा भारत र चीनबीचको सीमा विवादले बेइजिङका लागि दोहोरो समस्या खडा गर्ने विचार अमेरिकी रणनीतिकारहरूमाझ देखिएको निक्की एशियाले रिपोर्ट गरेको छ।

एपेकको बैठक स्वास्थ्य र अर्थतन्त्रलाई सन्तुलित बनाउने प्रयासमा केन्द्रित

एजेन्सी । एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) अर्थतन्त्रका स्वास्थ्यमन्त्री, उच्चअधिकारी र विज्ञहरूले यस क्षेत्रका जनताको स्वास्थ्य र आर्थिक अवस्था सुधारका लागि संयुक्त प्रयासमा सहमति जनाएका छन् । थाइल्याण्डका उपप्रधानमन्त्री एवं जनस्वास्थ्यमन्त्री अनुटिन चार्नभिराकुलले बिहीबारदेखि शुक्रबारसम्म आयोजित स्वास्थ्य र अर्थतन्त्रसम्बन्धी १२औँ एपेक उच्चस्तरीय बैठकमा सहभागीहरूले भविष्यमा हुने महामारीविरुद्ध यस क्षेत्रको लचिलोपनका बारेमा विचार आदानप्रदान गर्नुका साथै समग्र समाजमा गुणस्तरीय वृद्धिलाई बढावा दिने प्रतिबद्धता दोहो¥याएका छन् । खोप, निदान र थेराप्युटिक्सजस्ता स्वास्थ्य प्रविधिमा सार्वजनिक र निजी लगानीलाई बढावा दिने बिषयमा छलफल केन्द्रित रहेको सहभागी प्रतिनिधिहरूले बताएका छन् । उनीहरूले नयाँ प्रबिधिहरूलाई बढावा दिन समावेशी डिजिटल अर्थव्यवस्था सिर्जना गर्न थप प्रयासहरूलाई प्रोत्साहन गर्नेमा जोड दिएका छन् ।