सांग्रिला डेभलपमेन्ट बैंकमा सीईओ र डेपुटी सीईओ पद रिक्त, सुयोग श्रेष्ठ सीईओ बन्दै
काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र डपुटी सीईओ दुबै पद खाली भएको छ । प्रमुख कार्यकारी अधिकृत राजेन्द्र पौडेल गत असार अन्त्यमा सकिएको हो भने डेपुटी सीईओ दिनेश थकालीले राजीनामा दिई प्रभु बैंकको सीसीओमा नियुक्ती पाएका छन् । पौडेलले उक्त संस्थामा प्रमुख कार्यकारी अधिकृत पदमा चार कार्यकाल काम गरिसकेका थिए । राष्ट्र बैंकको नियम अनुसार उनलाई पुर्ननियुक्ती गर्न नमिल्ले अवस्था थियो । पौडेलको अवकासपछि डेपुटी सीईओ दिनेश थकालीले राजीनामा दिएका छन् । थकालीलाई सीईओ बनाउने विषयमा सञ्चालक समितिमा एक मत हुन नसकेपछि उनले राजीनामा दिएका थिए । उनी प्रभु बैंकमा प्रमुख सञ्चालन अधिकृतमा नियुक्त भैसकेका छन् । स्रोतका अनुसार सांग्रिला डेभलपमेन्ट बैंकले सुयोग श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने तयारी गरिरहेको छ । ‘निर्णय भएको छैन तर छलफल सकारात्मक छ । यसै साता निर्णय हुन्छ’ सञ्चालक समितिका एक सदस्यले जानकारी दिए । श्रेष्ठ यसअघि लामो समय एस डेभलपमेन्ट बैंकको कामु प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । उक्त बैंक नेपाल इन्भेष्टमेन्ट बैंकमा गाभिएपछि श्रेष्ठ खाली थिए ।
नबिल बैंकको संचालकमा मुखर्जी
काठमाडौं । नबिल बैंकको सञ्चालकमा मलय मुखर्जी मनोनित भएका छन् । हालै सम्पन्न कम्पनीको ४९३ औं सञ्चालक समितिको बैठकले बैंकको क समूहका सेयरधनीको तर्फबाट मुखर्जी संचालकमा नियुक्त गरेको हो । मुखर्जीले गत भदौ १ बाट नै पदबहाली गरिसकेका छन् । नव मनोनित सञ्चालक मुखर्जी कर्जा विश्लेषण, जोखिम व्यवस्थापन, प्रविधि विकास लगायत बैंकिङ क्षेत्रको लामो अनुभव तथा ज्ञान रहेको वरिष्ट बैंकर हुन् । उनले आईएफसीआई लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशकको जिम्मेवारीका साथै आईएफसीआई समूह अन्तर्गत रहेका विभिन्न कम्पनीहरुमा अध्ययन भूमिका निर्वाह गरिसकेका छन् । साथै, उनले सेन्ट्रल बैंक अफ इंडियामा सेप्टेम्बर २०१२ देखि डिसेम्बर २०१३ सम्म कार्यकारी निर्देशकको पदमा समेत काम गरेका थिए । नव मनोनित सञ्चालक मुखर्जीले इण्डियन बैंक चेन्नइमा समेत प्रविधि व्यवस्थापन विभाग, जोखिम व्यवस्थापन विभाग लगायतका विभागहरुमा महाप्रबन्धकको पदमा रहि सेवा प्रदान गरेका थिए ।
संवैधानिक परिषदले रित्त ८ आयोगमा अध्यक्ष सहित ४० जनालाई भर्ना खुलायो, एक साताभित्र अनलाइनमार्फत फारम भर्नुपर्ने
काठमाडौं । संवैधानिक परिषदले ८ आयोगका लागि अध्यक्ष र सदस्यसहित ४० जनाका लागि दरखास्त मागेको छ । परिषदले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्ष १ सहित ४ जना सदस्य मागेको छ । यस्तै राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगमा १ अध्यक्षसहित ४ जना सदस्य नियुक्तिका लागि दरखास्त आब्हान गरेको हो । परिषद सचिवालयले संविधान बमोजिम आयोगमा नियुत्त हुन योग्यता पुगेका व्यक्तिले ७ दिनभित्र सचिवालयमा तोकिएको फारम भरी अनलाइनमार्फत उपलब्ध गराउन भनेको छ । संविधान कार्यन्वयनमा आएपनि लामो समयदेखि आयोग नेतृत्वविहिन छन् ।