नेपाल इन्फस्टक्चर बैंकले सहायक सीईओदेखि सहायकसम्मलाई जागिर खुलायो, साउन १६ गतेसम्म दरखास्त दिनुपर्ने

Building and sign bank (done in 3d) काठमाडौं । छिट्टै सञ्चालनमा आउन लागेको नेपाल इन्फस्ट्रक्चर बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत सहित ४० जना भन्दा बढीलाई जागिर खुलाएको छ । बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत, इन्जिनियरिङ पुर्वाधार फिजिविलिटी विभागको प्रवन्धक, पुर्वाधार वित्त विभागमा प्रवन्धक, जोखिम व्यवस्थापन विभागमा प्रवन्धक, कम्पनी सचिव, ट्रेजरी, फाइनान्स एन्ड अपरेशन डिपार्टमेन्ट प्रमुख, इन्भेष्टमेन्ट एन्ड स्ट्रक्चर्ड प्रडक्ट डेभलपमेन्ट डिपार्टमेन्ट प्रमुख, जनशक्ति व्यवस्थापन र प्रशासन विभागमा सहायक प्रवन्धक नियत्त गर्न लागेको हो । यस्तै सुचना प्रविधि विभागमा सहायक प्रवन्धक, केही सिनियर म्यानेजमेन्ट फलो, १६ जना अधिकृत, वरिष्ठ सहायक र सयहाक १४ जना नियुक्त गर्न लागेको बैंकले जनाएको छ । विभिन्न पदमा बैंकले ४० भन्दा बढीलाई जागिर दिने भएको छ ।  इच्छुक व्यक्तिले मेरो जव डटकममा साृउन १६ गतेसम्म आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

डिश मिडियाको अध्यक्षमा हेमराज ढकाल र संचालकमा सुदिप आचार्य नियुक्त

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडको संचालक समितिको अध्यक्षमा हेमराज ढकाल नियुक्त भएका छन् । असार २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ढकाललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो । साथै, सोही बैठकले संचालकहरुको सर्व सम्मतिमा संचालक सुदिप आचार्यलाई प्रवन्ध संचालकमा चयन गरेको छ । नवनियुक्त अध्यक्ष ढकाल आईएमई समुहको प्रवन्ध निर्देशक तथा विभिन्न उद्योग व्यवसायसंग आवद्ध छन् । त्यस्तै, प्रवन्ध निर्देशक आचार्य यसै कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रही कामना सेवा विकास बैंक लिमिटेडका अध्यक्ष तथा सफल उद्यमीे हुन् । बैठकले अध्यक्ष तथा संचालक पदबाट देवीप्रकाश भट्टचनले अध्यक्ष तथा संचालक पदबाट दिएको राजिनामालाई स्वीकृत गरेको हो । साथै, भट्टचनले कम्पनीको उल्लेख्य प्रगतिमा पुर्याउनु भएको योगदानलाई कम्पनीले उच्च मुल्याङकन गरेको छ । २०७४ असार १८ गतेबाट यो कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भइसकेको छ । साथै, कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने तयारी गरिरहेको छ ।

कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष बनाउने तयारी,मान्छन् त लालबाबु पण्डितले ?

काठमाडौँ । सरकारले सबै कर्मचारीका लागि अनिवार्य अवकाशको उमेर ६० वर्ष बनाउने प्रस्ताव गरिएको छ । सबै कर्मचारीको अवकाशको उमेरमा समानता ल्याउनका लागि अर्थ मन्त्रालयले संघीय निजामती सेवा विधेयकमा अनिवार्य अवकाशको उमेर हदबन्दी ५८ बाट बढाएर ६० वर्ष बनाउने प्रस्ताव गरिएको हो । सो प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सहमतिका लागि पठाएको अर्थ मन्त्रालयले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरुको व्यवस्था गर्न बनेको उक्त विधेयकलाई सहमतिका लागि अर्थमन्त्रालयमा पठाएको थियो । विधेयकमा यसअघि ५८ बाट ६० वर्ष उमेरको हदबन्दी राखिएको थियो । पछि पुनः ६० वर्षलाई हटाएर ५८ वर्ष कायम गरिएको थियो । तर अहिले पुनः अर्थमन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको सहमतिपत्रमा ६० वर्ष उमेर हदबन्दी कायम गर्न उल्लेख गरिएको छ । अर्थमन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सहमति गरेर पठाएको विधेयकमा निवृत्तिभरणमा थपिँदै गएको बोझ, औसत आयुमा भएको वृद्धि सबै तह र सेवामा देखिएकाले अवकासित उमेरको विविधता, प्रदेश तथा स्थानीय तहको नयाँ संरचनाअनुसार अनुभवी कर्मचारीको आवश्यकता परेको भन्दै विधेयकमा कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष राख्न थालिएको उल्लेख गरिएको छ । संघिय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने कर्मचारीहरुको अनिवार्य अवकाशको उमेर ५८ बर्षबाट नबढाउने अडान राख्दै आएका छन् । सरकारी सेवामा क्षमतावान र उर्जाशिल युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै उनी ५८ बर्षको अवकास सिमा बढाउन नहुने लाइनमा उभिँदै आएका छन् ।