कन्काई विकास बैंकको कम्पनी सचिवमा प्रकाशमान बज्रचार्य

काठमाडौं । कन्काई विकास बैंकको कम्पनी सचिवमा प्रकाशमान बज्रचार्य नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले बैंकको सीईओ बज्रचार्यलाई कम्पनी सचिवको पदमा नियुक्त गरेको हो । यस नियुक्तीसँगै बज्रचार्यले अब सीईओको साथसाथै कम्पनी सचिवको जिम्मेवारी सम्हाल्ने छन् । यसअघि बैंककोे कम्पनी सचिव पदमा बैजुनाथ ठाकुर थिए । कम्पनीको २७२औं संचालक समितिको बैठक साउन १६ गते बसेको थियो ।

वेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा तोयाराज अधिकारी नियुक्त

काठमाडौं । वेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा तोयाराज अधिकारी नियुक्त भएका छन् । साउन १७ गते बसेको कम्पनीको सञ्चालक समितिले बैठकले अधिकारीलाई आगामी दुई वर्षको लागि सीईओको जिम्मेवारी दिने निर्णय गरेको अध्यक्ष पदमराज न्यौपानेले जानकारी दिए । सीईओ अधिकारीले साउन १८ गतेदेखि जिम्मेवारी समालेका छन् । त्रिभुवन विश्वविद्यालयबाट विज्ञानमा स्नातक र अर्थशास्त्रमा स्नातकोत्तर गरेका अधिकारीसँग १७ वर्ष विभिन्न बैंक फाइनान्समा काम गरेको अनुभव छ । अधिकारीका अनुसार उनले सन् २००१ देखि ११ सम्म माछापुच्छ्रे बैंकमा काम गरेका थिए । त्यसपछि उनी कास्की फाइनान्समा ७ वर्ष सीईओ भएका थिए । कास्की फाइनान्स कामना विकास बैंकमा मर्ज भएपछि उनी कामना विकास बैंकको सीईओ भएका थिए । कामना विकास बैंक र सेवा विकास बैंक मर्ज भएपछि बनेको कामना सेवा विकास बैंकमा डेपुटी सीईओ रहेर काम गरेका थिए । ‘वाणिज्य बैंकमा, विकास बैंकमा, फाइनान्स कम्पनीमा, मर्ज भएको संस्थामा काम गरेको अनुभव छ । विभिन्न समस्याबाट माथि उठ्दै गरेको र मर्जपछि ठूलो संस्थाको रुपमा स्थापित भएको बेष्ट फाइनान्समा आफ्नो अनुभव र क्षमता प्रयोग गर्छु’ अधिकारीले विकासन्युजसँग भने ।

अन्नपुर्ण पोष्टको प्रधान सम्पादकमा हरिबहादुर थापा

काठमाडौं । अन्नपुर्ण पोष्टको प्रधान सम्पादकमा हरिबहादुर थापा नियुक्त भएका छन् । २६ वर्षसम्म कान्तिपुरमा रहेका थापाले व्यवस्थापनसंग असन्तुष्ठि जनाई दुईसाता अघि सम्पादक पदबाट राजीनामा गरेका थिए । जलस्रोत र भ्रष्टचारमा कलम चलाएका थापा कान्तिपुरको समाचार सम्पादक हुदै ६ महिनाअघि सम्पादकमा बढुवा भएका थिए । सम्पादक राजाराम गौतम अन्नपुर्ण पोष्टबाट बाहिरिएका छ ।