नेपाल हाइड्रोको १५ प्रतिशत बोनस सूचीकृत
काठमाडौं । नेपाल हाइड्रो डेभलपर्सको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । हाइड्रोको आज(साउन १२ गते) मात्रै सो मात्रा अर्थात ३ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै, उक्त सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, लगानीकर्ताले दोश्रो बजारमा किनबेच गर्न पाउने छन् ।
प्रोग्रेसिभ फाइनान्सले सञ्चालनमा ल्यायो ऋण अटोमेसन प्रणाली
काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले एसबी सल्युसन प्रा.लि (भगिनी संस्था: डिजिहब प्रा.लि) सँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । जसमा प्रोग्रेसिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाई र एसबी सल्युसनका प्रमुख कार्यकारी अधिकृत सन्जोग मिश्रले आ-आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन् । यो प्रणाली सञ्चालनमा आएसँगै संस्थाको इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ । क्रेडिट-एक्स (ऋण अटोमेसन प्रणाली) को थालनी सँगै, बैंकहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्याउनेछ । यो नयाँ तरिकले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ । ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गत रहेको रेटिगको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ । यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, बैंक र अन्तका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशतभन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् । प्रोग्रेसिभ फाइनान्स, राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त संस्था हो । यस संस्थाले एक मजबुत र भरपर्दो बैंकको रूपमा स्थापित गर्ने प्रतिबद्धता लिएको छ । प्रोग्रेसिभ फाईन्सको लगभग १ लाख भन्दा बढि ग्राहक रहेका छन् र देशभरि १५ भन्दा बढि शाखाहरु रहेका छन् । एस्.बी. सोलुसन्स्ले डिजिहब सँगको सहकार्यमा बैंक तथा बित्तिय संस्थाहरुमा कर्जा पक्रियालाई अटोमेसन तथा डिजिटाइजेसन गर्न क्रेडिट- एक्स नामक सफ्टवेयर जडान तथा इम्पिलीमेन्टेसन गर्दै आईरहेको छ । साथै, पेमेन्ट अटोमेसन, एपीआई सर्भिसेस अटोमेसन तथा डिजिटाइजेसनको कामहरु पनि गर्दै आइरहेको छ ।
सेन्ट्रल फाइनान्सको बोनस सेयर सूचीकृत
काठमाडौं । सेन्ट्रल फाइनान्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । संस्थाको आज (साउन ११ गते) मात्रै ७ प्रतिशत अर्थात ५ लाख ७६ हजार ३७८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै, उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच हुने छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ३ प्रतिशत नगद लाभांश पनि वितरण गरिसकेको छ । संस्थाको केन्द्रीय कार्यालयसहित १५ वटा शाखा सञ्चालनमा रहेको छ । र, संस्थाले झापाको बिर्तामोडमा पनि शाखा थप गर्न लागेको छ । संस्थाले ललितपुरको कुपण्डोलमा निर्माण गरेको आफ्नै नयाँ कर्पोरेट भवनबाट यही साउन महिनाबाट वित्तीय कारोबार सञ्चालन गर्न लागेको छ । बोनस सेयर वितरण पश्चात संस्थाको चुक्ता पुँजी ८८ करोड १० लाख रुपैयाँ रहेको छ । संस्थाको निक्षेप ५ अर्ब ५१ करोड रुपैयाँ र कर्जा लगानी ४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।