सिटी एक्सप्रेसबाट पैसा पठाउने पाँच जना बने लखपति, काे कहाँबाट ?
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “सिटी आयो लखपति बनायो” योजना अन्तर्गत पहिलो महिनाको पाँच भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ । सोही योजना अन्तर्गत ५ जनाले जनही रु १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसले जानकारी गराएको छ । कम्पनीले विद्युतिय प्रणालीद्वारा विजेता छनौट गर्दा जापानबाट रेमिटान्स पठाउने अन्जु घले , साउदीबाट यमलाल भुसाल, कुवेतबाट मीन कुमार श्रेष्ठ र जानुका चौलागाइँ साथै अन्तिममा दुबईबाट रेमिटान्स पठाउने उमेश यादव गरी ५ जना लखपति बन्न सफल भएका छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०७८ सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने “सिटी आयो लखपति बनायो ” उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो । सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई रु १०,००० उपहार प्रदान गरिने साथै हरेक महिना ५ जनालाई रु १ – १ लाख गरी २ महिना सम्म १० जना लखपति बन्ने योजनामा रहेको छ । कम्पनीका अनुसार यस “सिटी आयो लखपति बनायो” अफर असोज १ गते देखि कार्तिक ३० गते सम्म लागू हुनेछ ।
फोनपेको उपहार: हरेक दिन आइफोन १३, बम्पर उपहारमा कार
काठमाडौं । फोनपे पेमेन्ट सर्विस लिमिटेडले पुःन एक पटक झट्ट ट्रान्स्फर, चट्ट कार योजना सञ्चालनमा ल्याएको छ । सोमबारदेखि ८० दिनसम्म सञ्चालन हुने यो योजनामा फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्ने व्यक्तिले हरेक दिन एक वटा आइफोन जित्न सकिनेछ । यस्तै बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले कार उपहार पाउनेछन् । फोनपेले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले गत वर्षपनि यो योजना सञ्चालनमा ल्याएको थियो । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले यो वर्षपनि यस योजनालाई निरन्तरता दिइएको फोनपेको भनाई छ । फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाईल नम्बर उल्लेख गरेर रु १० मै सहज रुपमा रकम पठाउन सकिन्छ । फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाईल एप्स्मा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरि सहजै रकम पठाउन सकिन्छ । फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालकहो । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् । यस्तै फोनपेमा हालसम्म ५ लाख भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्तातथा ४५ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवाप्रदानगर्दै आएको छ ।
आरएसडिसी लघुवित्तले घोषणा गर्यो गत वर्षको लाभांश
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । गत असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ७३ करोड १९ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी ८० करोड ५० लाख रुपैयाँ पुग्ने छ ।