इभेण्ट सोलुसनकाे आयोजनामा दशैं तिहार लक्षित ‘स्टक क्लियरेन्स मेला’ हुँदै, असोज १ देखि शुरु
काठमाडौं । दशैंको अवसर पारेर असोज १ गतेदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । मेलाको सबै तयारी पुरा भएको आयोजक संस्था इभेण्ट सोलुसन प्रा.लिले जनाएको छ । असोज २ गतेदेखि मेला आयोजना हुने भनिएकोमा प्राविधिक कारणले असोज १ गतेदेखि नै मेला शुरु हुने भएको हो । चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना हुन लागेको हो । अधिक रुचाइएको यो मेला वर्षेनी आयोजना हुँदै आएको छ । यस पटक पनि मेलालाई निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ स्टक क्लियरेन्स मेला ५ दिनसम्म सञ्चालन हुनेछ । एक्स्पोमा दशैंका लागि आबश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए । एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहनेछ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने आयोजकले जनाएको छ । यसरी, ‘अफरै अफरको ब्यापारिक मेला शपिङ गर्ने यहि हो बेला भन्ने अर्को नारासहित सञ्चालन हुने मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहने छन् । इभेण्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले बताएका छन् । दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु सञ्चालन गरिनेछ । एक्सपोको प्रवद्र्धन नेपाल चेम्बर अफ कमर्शले गर्नेछ ।
नुवाकोट जिल्लाको तारकेश्वरमा आरम्भको बट्टार शाखाले दियो वित्तीय साक्षरता तालिम
काठमाडौं । देशको १५ पहाडी जिल्लाहरुमा १५ हजार ५ सय घरधुरीका विपन्न घरपरिवारमा वित्तीय साक्षरता सेवा विस्तार गरी रहेको छ । आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडले मिति २०७६ भाद्र २९ गते नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकाको विभिन्न गाउँका स्थानीय समुदायका १३४ ग्राहक सदस्यहरुको सहभागितामा “वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको हो । तालिमको संचालन बट्टारशाखाका कर्मचारी पबित्रा लामिछानेले गरेका थिए । यस संस्थाको बट्टार शाखाको शाखा प्रवन्धक सुवास बडालले तालिमको वित्तीय साक्षरताको महत्व तथा आवश्यकताबारेमा चर्चा गरेका थिए । वित्तीय साक्षरताको अभावले गर्दा समुदायमा मानिसहरुले दयनीय जीवन बिताउन वाध्य हुने विषयमा पनि शाखा प्रवन्धक बडालले चर्चा गरेका थिए । तालिममा शाखा प्रवन्धक सुवास बडाल तथा जनरल इस्योरेन्स कम्पनीका शाखा प्रवन्धक प्रल्हाल भट्टले प्रशिक्षण दिएका थिए । तालिममा सहभागीहरुले वित्तीय साक्षरताको महत्व, वित्तीय साक्षरता परिचय, ग्राहकको आवश्यकता तथा चाहना, बचतको अवधारण तथा लक्ष्य निर्धारण, बचत उपाय, बचत योजना, बचत प्रदायक संस्थाको छनौट, ऋणको योजनातथा ऋण लिन सक्ने क्षमता, ऋण प्रदायक संस्थाको छनौट, कर्जा सदुपयोगिता, जोखिम न्यूनीकरण, जोखिमको परिचय र असर विप्रेषण सेवा, अव्यवस्थित खर्चले गरीब बनाउँछ, खर्च प्राथमिकता र चुहावटको रोकथाम, व्यक्तिगत वित्तीय व्यवस्थापनका नियमहरु, फजुलखर्च तथा नगरी नहुने खर्च, पारिवारिक बजेट, बजेट निर्माण, लघु व्यवसायको परिचय तथा महत्व, व्यवसाय विस्तार तथा विविधिकरण, व्यवसायिक योजना अन्य आयको श्रोतको पहिचान, साधन तथा श्रोतको उच्चतम सदुपयोगिता, पारिवारिक बजेट निर्माण, खर्चको अवधारणा आदि विषयहरुमा जानकारी लिएको थिए । वित्तीय साक्षरता तालिममा तालिमको बारेमा ईश्वरी रिमाल, लक्ष्मी अधिकारी लगाएतले आरम्भ लघुवित्त वित्तीय संस्थाले तालिम दिएकोमा खुसी व्यक्त गर्नुका साथसाथै यस किसिमको तालिमले हामीहरुको आर्थिक उन्नतिमा टेवा दिने विषयमा चर्चा गरेका थिए् । त्यस्तै गरी तालिमको समापन शाखा प्रवन्धक सुवास बडालले गरेका थिए । शाखाप्रवन्धक सुवास बडालले संस्थाले ग्राहक सदस्यहरुलाई कर्जा तथा बचतको साथसाथै वित्तीय साक्षरता तालिम, उद्यमशीलता विकास तालिम, सीपविकास तालिम तथा अन्य विभिन्न तालिमहरु पनि संचालन गर्दै लैजाने जानकारी गराएका थिए ।
प्रोग्रेशिभ फाइनान्सको शाखा पोखरामा
काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले पोखरा महानगरपालिका४ चिप्लेढुङ्गामा नयाँ शाखाको विस्तार भएको छ । आइतबार एक समारोहबीच पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सिले उद्घाटन गरेका हुन । चुक्ता पूँजी ८० करोड १ लाख रुपैयाँ रहेको फाइनान्सले काठमाडौंको तिनकुनेमा कर्पोरेट कार्यालय रही न्यूरोडमा मूख्य शाखा सहित तीनवटा शाखा र ललितपुरको पूल्चोक, महालक्ष्मी स्थान तथा भक्तपुरको ठिमीमा एक्सटेन्सन काउण्टर मार्फत निरन्तर बित्तीय सेवा प्रदान गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईले बताए । देशका सवै भूगोलको प्रतिनिधित्व हुनेगरी शाखा बिस्तारको योजना राखेको फाइनान्सले निकट भविष्यमा धनुषा जिल्लाको सबैला, महेन्द्रनगर र सर्लाहीको मलंगवामा नयाँ शाखा संचालनमा ल्याउने योजना रहेको फाइनान्सका अध्यक्ष किशोर कुमार महर्जनले बताए । बित्तीय क्षेत्रमा सरल, सहज र ग्राहकमुखी सेवालाई बढी प्राथमिकतामा राखी बैंकिङ सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको अध्यक्ष महर्जनले बताए । कार्यक्रममा पोखरा महानगर वडा नं ४ का अध्यक्ष शंकरप्रसाद वास्तोला, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, ज्यापु समाज यल ललितपुरका पूर्व अध्यक्ष कुललाल डंगोल, रामकाजी अवाले, पूर्व उपाध्यक्ष तीर्थलाल महर्जन, प्रोग्रेशिभ फाइनान्सका संचालक लक्ष्मी प्रसाद महर्जन, शम्भुलाल डंगोल, समुन्द्रकाजी श्रेष्ठ, सबिना महर्जन तथा अनिष महर्जन, फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत महेश्वर पहारी लगायत पोखरा बैकिङ्ग क्षेत्रका प्रमुख, उद्योगी, ब्यापारी, संचारकर्मी र सर्वसाधारण व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाइले बताए ।