एनबीआई र ईआईबीएफएसबीच रणनीतिक अभ्यास स्थापित गर्ने समझदारी

काठमाडौं ।नेशनल बैंकिङ इन्टिच्यूट (एनबीआई) र इमिरेट्स इन्टिच्यूट फर बैकिङ एण्ड फाइनान्सियल स्टडी ( ईआईबीएफएस) बीच आज आइतबार तालिम, शिक्षा र अनुसन्धानको क्षेत्रमा रणनीतिक अभ्यास स्थापित गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुबई स्थित ईआईबीएफएस कार्यालयमा समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नेशनल बैंकिङ इन्टिच्यूटका प्रमूख कार्यकारी अधिकृत सञ्जीब सुब्बा र ईआईबीएफएस महाप्रबन्धक जमल अह्मेद अल जस्मीद्धारा हस्ताक्षर गरिएको छ । दुई संस्थाबीचको रणनीतिक सम्बन्धले सम्बन्धले बैंक तथा वित्तीय संस्थाहरूका लागि आयोजना गरिने सभा, सम्मेलन, गोष्ठी तथा सामूहिक छलफल जस्ता कार्यक्रमहरूलार्ई प्रभावकारी बनाउन थप अवसर सिर्जना गर्ने विश्वास लिइएको छ ।

एनआईशी एशिया बैंकमा डिम्याट खाता छ ? अनलाइनबाटै यसरी तिर्नुस् ‘मेराे शेयर’काे शुल्क

काठमाडौं । एनआईसी एशिया क्यापिटलले अनलाइनबाटै मेरो शेयरको शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । एनआईशी एशिया क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकलाई इसेवाको प्रयोगद्वारा त्यस्तो भुक्तानी गर्ने व्यवस्था मिलाएको क्यापिटलले जनाएको छ । यसले आफ्ना ग्राहकहरुलाई थप सहज तरिकाले सेवा प्राप्त गर्ने सुनिश्चितता प्राप्त हुने क्यापिटलले विश्वास लिएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडले शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आएको छ । साथै एनआईसी एशिया म्युचुअल फण्ड अन्तरर्गतको पहिलो योजनाएनआई सी एशियाग्रोथ फण्ड संचालन गरिरहेको छ । मेराे शेयर प्रयाेगकर्ताहरूले प्रत्येक वर्ष नवीकरण शुल्कबापत १०० रूपैंया सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) लिमिटेड लाई तिर्नुपर्छ । सीडीएससीले सो रकम सम्बन्धित हितग्राही खाता खोल्ने मर्चेन्ट बैंकरमार्फत् नै उठाउने गरेको छ ।

शेयर बजार परिसूचक पुरानै गतिमा फर्कियो, कारोबारले सुधारको आशा जीवितै

काठमाडौं । दुई कारोबार दिनमा झिनो सुधार देखिएको नेपाल स्टक एक्सचेञ्ज परिसूचकले फेरि पुराजै गति लिएको छ । आर्थिक वर्ष २०७५/७६ को घोषणापछि घट्दो गतिमा रहेको नेप्से परिसूचक साताको पहिलो दिन आइतबार फेरि दोहोरो अंकले घटेको हो । १०.०१ प्रतिशतको गिरावटसँगै आइतबार नेप्से १२५४.३५ अंकमा रोकिएको छ । नेप्से परिसूचकसँगै सेन्सेटिभ र फ्लोट इन्डेक्स समेत नकारात्मक देखिएको बजारमा विकास बैंक, फाइनान्स कम्पनी र म्युचुअल फण्ड उपसमूहबाहेक अन्य समूहमा गिरावट देखिएको छ भने कारोबार भने ४८ करोड १८ लाख रुपैंया पुगेको छ, यो कारोबार रकम अघिल्ला दिनहरुको भन्दा उच्च हो । नेप्से घटेपनि कारोबार रकम बढ्नुले बजारमा सस्तो मूल्यमा शेयर उठाउने लगानीकर्ताहरु भित्रिएको संकेत गर्छ । आजको बजारमा लक्ष्मी बैंकको सर्वाधिक ४ करोड कारोबार हुँदा डिप्रोक्स विकास बैंक, चिलिमे हाइड्रोपावर, सिभिल बैंक र नेपाल बैंकको कारोबार २ अर्बभन्दा माथि छ । बजारमा गुराँस र गणपति लघुवित्तका शेयरहरु करिब १० प्रतिशत वृद्धि भई ती शेयरहरुमा सर्किट ब्रेकर लाग्दा स्वदेशी लघुवित्त, शिखर इन्स्योरेन्सको शेयरमा ६ प्रतिशत माथिको गिरावट देखिएको छ ।