बैशाखमै अर्को लघुवित्तको पनि आईपीओ, जनसेवीको शेयर ४३ हजारले पाउने
काठमाडौं । जनसेवी लघुवित्तको पनि आईपीओ बैशाख २७ गतेदेखि खुला हुने भएको छ । जनसेवीको ४ करोड ६३ लाख ३० हजार रुपैंया बराबरका ४ लाख ६३ हजार ३०० कित्ता शेयर बैशाख २७ गतेदेखि ३१ गतेसम्म खुला गर्नेगरी जनसेवीले बिहीबार आह्वानपत्र प्रकाशन गरेको हो । उक्त शेयरमध्ये ५ प्रतिशतले हुने २३ हजार १६५ कित्ता शेयर म्युचुअल फण्ड र ७ हजार १४५ कित्ता कर्मचारीलाई वितरण गरी बाँकी ४ लाख ३२ हजार ९९० कित्ता शेयर सर्वसाधारणका लागि खुला हुने भएको हो । उक्त शेयरका लागि न्यूनतम १० देखि अधिकता १००० कित्ताका लागि आवेदन दिन सकिन्छ । सर्बसाधारणलाई वितरण हुने शेयर कुल ४३ हजार २९९ जनाले १०/१० कित्ता शेयर प्राप्त गर्नेछन् ।
नेपाल एग्रो र नेपाल एसविआई मर्चेण्टबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता
काठमाडौँ । नेपाल एग्रोे लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड बीच मंगलबार शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि दुई पक्षीय सम्झौता भएको छ । उक्त कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत छविराज पन्त र नेपाल एग्रोे लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले हस्ताक्षर गरेका छन् । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर दाखिल खारेज लगायत सोसँग सम्बन्धित सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, हात्तिसार, काठमाडौँ मार्फत हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘भाटभटेनी रेमिट’बाट पठाइएको रेमिट्यान्स जनता बैंकबाट भुक्तानी पाइने
काठमाडौँ । जनता बैंक र भाटभटेनी मनि ट्रान्स्फर प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोवार सम्बन्धि सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र बिएमटीका प्रबन्ध संचालक राजनकुमार अमात्यले हस्ताक्षरण गरेका छन् । भाटभटेनी मनि ट्रान्स्फर प्रालि भाटभटेनी समूहद्वारा संचालित कम्पनि हो । सम्झौता बमोजिम ‘भाटभटेनी रेमिट’ मार्फत पठाइएको अन्तरिक तथा बाह्य रेमिट्यान्सहरु जनता बैंकको देशैभरी छरिएका १२९ शाखा तथा ५० शाखा रहित बैंकिङ्ग मार्फत भुक्तानी लिन सकिने छ ।