थपियो पेमेन्ट एण्ड डिपोजिट गेट वे, स्मार्ट कार्ड नेपाललाई राष्ट्र बैंकको अनुमति
काठमाडौँ । नेपाल राष्ट्र बैंकले स्मार्ट कार्ड नेपाल प्रालिलाई भुक्तानी तथा बचत सेवा प्रदायकको अनुमति प्रदान गरेको छ । राष्ट्र बैंकको असोज २७ गतेको निर्णय अनुसार स्मार्ट कार्ड नेपालले अनुमति प्राप्त गरेको हो । विसं. २०७१ सालमा स्थापना भएको स्मार्ट कार्ड डिजिटल प्रविधियुक्त पेमेन्ट एण्ड डिपोजिट गेट वे कम्पनी भएको प्रमुख कार्यकारी अधिकृत शिव दास सिंले बताए । कम्पनीले अनुमति पत्र पाइसकेको र आवश्यक तयारी समेत भइसकेकोले छिट्टै सेवा सञ्चालनमा ल्याउने उनले बताए । कम्पनीले अत्याधुनिक प्रविधियुक्त प्रिपेड स्क्र्याच कार्ड र डिजिटल बालेटको माध्यमबाट नेपालको वित्तीय क्षेत्रमा सेवा प्रवाह गर्ने जनाइएको छ । कम्पनीको आफ्नै प्रिपेड स्क्र्याच कार्ड मार्फत नेपालका सबै बैंक तथा वित्तीय संस्थाको खातामा तुरुन्तै रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ । उक्त कार्ड मार्फत कम्पनीको आफ्नै डिजिटल वालेट लोड गरी सोही वालेट मार्फत विभिन्न आर्थिक कारोबारहरु गर्न सकिने छ । कम्पनीले आफ्नो सेवा प्रवाहको लागि वेब एप्लीकेशन र मोबाइल एप्लीकेशन उपलब्ध गराएको छ । कम्पनीले सम्पूर्ण प्रयोगकर्ता समक्ष वित्तीय पहुँच पुर्याउनुका साथै नगद कारोबारलाई प्रोत्साहन गर्दै सानो सानो पैसालाई समेत बैंकिङ च्यानलमा ल्याई बचत गर्ने बानीको विकासलाई प्राथमिकता दिंदै नेपालको विशेष गरी ग्रामीण भेगमा समेत सेवा प्रवाह गर्ने तयारी गरेको जनाएको छ । कम्पनी सञ्चालक समितिको अध्यक्षमा प्रतापजंग पाण्डे र सञ्चालकहरुमा अम्बिकाप्रसाद पौडेल, चिरञ्जीवी थापा, तिलकबहादुर रानाभाट, रमेश दियाली र प्रमोटर सेयर सदस्य सनराइज होल्डीङ्स प्रालि(सुवास अमात्य, रमेशकुमार पण्डित) रहेका छन् ।
सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुङ टिभी उपहार प्रदान
काठमाडौँ । कुवेत स्थित सुदूर पश्चिमेली नेपाल समाजको दोश्रो वार्षिकोत्सव तथा अधिवेशन सम्पन्न भएको छ । उक्त अवसरमा वृहत साँगीतिक धमाका सम्पन्न गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख आयोजकमा सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको थियो । सो कार्यक्रममा ८०० भन्दा धेरै नेपालीहरुको उत्साहजनक सहभागी रहेको थियो । जस्मा नेपाल आइडल सिजन २ को बिजेता रवी ओड र गायक र कलाकार चक्र बमको प्रस्तुती थियो । कार्यक्रमलाई थप रोमान्चक बनाउन सिटी एक्सप्रेसले उपस्थित दर्शकहरुबीच लक्की ड्र सञ्चालन गरिएको थियो । जस्को बिजेता जयबहादुर थापा भएका थिए । थापाले उपहार स्वरुप सामसुङको ३२ इञ्चको टीभी प्राप्त गरे । सोही कार्यक्रममा अन्य ५ जनालाई सिटी एक्सप्रेसको तर्फबाट आकर्षक उपहार पनि प्रदान गरिएको थियो । नेपालका लागि सामसुङ उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले प्रवासीहरुलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रालिसंग साझेदारी गरेको छ । सम्झैता अनुसार कतार, साउदी, कुवेत र मलेसियामा रहेको सिटी एक्सप्रेस मनि ट्रान्सफरको काउन्टरमा गएर पैसा जम्मा गरेपछी नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोही देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन् ।
उद्यमी व्यापारीका दशैं, खासै नयाँ छैन
काठमाडौं । दशैं हिन्दु नेपालीहरुको महान चाड होे । विदेश तथा स्वदेशमा भएका नेपालीहरु आ आफ्नो गाउँ घरमा गएर मनाउने गर्छन । नेपालमा दशैको लहर चलेको छ । दशैंलाई राष्ट्रिय चाड मानिन्छ । नेपालमा दशैंमा दुई तरिकाले हेर्ने गरेको पाइन्छ । धार्मिक र प्रगतिशिल दृष्टिकोणको रहेको छ । धेरैले अहिलेसम्म धार्मिक पक्षलाई नै महत्व दिइँदै आइएका छन् । दशैंलाई त्यहि रुपमा मनाउदै आइरहेका छौं । उद्योगीहरूले पनि दशैमा पूजा गरेर नै मनाउने बताउँछन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले वर्षभरीको थकाइ मेटाउन घरमा नै आराम गरेर दशैं मनाउने बताए । ‘म दशैंमा तास खेल्दिन, मासु र रक्सी पनि खान्न,’ उनले भने । बालापान र अहिलेको दशैं धेरै फरक भएको बताए । दशैं पूजा गरेर र मान्यजनहरुबाट टिका थापेर नै दशै मनाउने जानकारी दिए । उद्योग वाणिज्य महासंघका अर्का उपाध्यक्ष चन्द्र ढकाल भने यो वर्षको दशैैंमा नेपाल नहुने भएका छन् । उनी उद्योग वाणिज्य महासंघको कार्यक्रममा युरोप जान लागेको बताए । उनी सप्तमीको दिन आईएलोको कार्यक्रमका लागि नेदरल्यान्ड गएर १ हप्ता पछि फर्किने बताए । उनले भने यो वर्षको दशैंमा कार्यक्रमको सिलसिलामा युरोपमा हुने भइयो । नेपाल उद्योग परिसंघका निर्वातन अध्यक्ष हरिभक्त शर्माले भने सामान्य तरिकाले नै दशै मनाउने बनाए । उनले भने ‘आम नेपालीहरूले जसरी दशैं मनाउँछन म पनि त्यसै गरेर नै दशैं मनाउँछु ।’ नेपाल चेम्बर अर्फ कमर्शका वरिष्ट उपाध्यक्ष राजेन्द्र मल्लले भने दशैंमा २५ हजार मात्रै खर्च गरेर मनाउने हो । दशैमा मासु र रक्सीको प्रयोग हुँदैन । दशैंलाई नै भनेर लुगा किनिदैन, आवश्यता पर्दा र समय अनुसारको कपडा किनिन्छ । दशैंमा पूजा र मान्यजनबाट टिका थापेर मनाउने बताए ।