वस्तुगत संघतर्फ घिमिरे समूहको प्रवेश, २ दर्जनभन्दा बढी संघको समर्थनसहित उम्मेदवारी दर्ता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि वस्तुगततर्फ उपाध्यक्ष पदका उम्मेदवार शिवप्रसाद घिमिरेको समूहले उम्मेदवारी दर्ता गराएको छ । घिमिरे नेतृत्वमा रहेको १६ जनाको समूहले आइतबार बिहान औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएको हो । घिमिरेको समूहले वस्तुगत तर्फका सबै क्षेत्रलाई समेटेर उम्मेदवारी दर्ता गराएको छ । घिमिरेबाट वस्तुगत संघ तर्फको कार्यकारिणी सदस्यमा डेरी तथा दुग्ध पदार्थ उत्पादन र प्रशोधन क्षेत्रबाट अरनिको राजभण्डारी, पोल्ट्री व्यवसाय क्षेत्रबाट रविन पुरी, अलैंची उत्पादन तथा निर्यात क्षेत्रबाट राज कुमार कार्की, बीउ–विजन क्षेत्रबाट बसन्त चन्द्र मरहट्टा, कृषि बजारीकरण क्षेत्रबाट सुनिता न्हेम्हाफुकी, पश्मिना उत्पादन तथा निर्यात क्षेत्रबाट धन प्रसाद लामिछाने, सौर्य ऊर्जा तथा बायोग्यास क्षेत्रबाट एब बहादुर थापा मगर, स्टक शेयर बजार क्षेत्रबाट धर्म राज सापकोटा, सिमेन्ट उत्पादन क्षेत्रबाट रघुनन्दन मारुले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, प्लाइउड उत्पादन तथा निर्यात क्षेत्रबाट होमप्रसाद घिमिरे, फ्लोरिकल्चर ९फूल खेती० उत्पादन क्षेत्रबाट राजेश भक्त श्रेष्ठ, खानेपानी उत्पादन तथा व्यवस्थापन क्षेत्रबाट ध्रुव बहादुर गौतम, टुरिजम तथा होटल व्यवसाय क्षेत्रबाट संघर्ष विष्ट, जुत्ता चप्पल उत्पादन क्षेत्रबाट नानी राज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, वस्तुगत महासंघ तर्फको कार्यकारिणी सदस्यमा यातायात तथा पारवहन क्षेत्रबाट विश्वनाथ खनाल र इँटा उद्योग क्षेत्रबाट कृष्णप्रसाद अवालले उम्मेदवारी दिएका छन् । भावी अध्यक्ष अञ्जन श्रेष्ठको समर्थन र सबै क्षेत्रको प्रतिनिधित्व भएकाले शिव प्रसाद घिमिरे नेतृत्वको यो समूह चुनाव जित्नेमा ढुक्क देखिएको छ । उम्मेदवारहरूले महासंघलाई अझ प्रभावकारी, समावेशी तथा व्यवसायीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै उद्योग–व्यवसायको विकास र निजी क्षेत्रको सुदृढीकरणका लागि आफूहरूको उम्मेदवारी रहेको बताएका छन् । उम्मेदवारी दर्तापछि वस्तुगत समूहका उपाध्यक्ष उम्मेदवार घिमिरेले सुरक्षित निजी क्षेत्र सशक्त महासंघको अवधारणामा काम गर्ने बताए । साना, ठूला, मझौला सबै व्यवसायीको घाम पानी छेक्ने वास्तविक छाता भएको महासंघ बनाउनेगरी एजेण्डाका काम गर्ने पनि उनको धारणा छ । उम्मेदवारी दर्तामा दुई दर्जनभन्दा बढी संघका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । भावी अध्यक्ष अञ्जन श्रेष्ठको समर्थन र वर्तमान अध्यक्ष चन्द्र ढकालको सदासयता रहेकाले यो समूहको जित सुनिश्चित रहेको समूहका सदस्य राजकुमार कार्कीले दाबी गरे । भावी अध्यक्ष अञ्जन श्रेष्ठको समर्थन रहेको एसोसियट तर्फको उम्मेदवारी पनि दर्ता भएको छ । उपाध्यक्षमा प्रवलजंग पाण्डेको नेतृत्वमा उम्मेदवारी दर्ता भएको छ । वर्तमान अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकालले पनि पाण्डेकै समूहमा उम्मेदवारी दिएका छन् । वर्तमान अध्यक्ष ढकालको साथ घिमिरे र पाण्डे समूहलाई देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं साधारणासभा तथा निर्वाचन आगामी चैत २९ र ३० गते हुँदैछ । ‘कमिङ प्रेसिडेन्ट’को प्यानल बन्छ, अनुभवी र क्षमतावान टिम बनाउँदैछौं
टायल उद्योगमा कजारियाको दबदबा : लगातार १४ पटक ‘सुपरब्रान्ड’सहित ‘एनएस क्वालिटी अवार्ड २०२६’ बाट सम्मानित
काठमाडौं । कजारियाले विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय र राष्ट्रिय मान्यताहरू प्राप्त गर्दै आफ्नो उत्कृष्टताको विरासतलाई थप सुदृढ बनाएको छ । प्राविधिक नवप्रवर्तन र ठूलो उत्पादन क्षमताका आधारमा आफूलाई विश्वकै ८औं ठूलो टायल उत्पादक कम्पनीका रूपमा स्थापित गर्न सफल कजारियाले लगातार १४ वर्षसम्म ‘सुपरब्रान्ड’ को उपाधि पाएर उपभोक्ताको अटुट विश्वास र बजार नेतृत्वलाई प्रमाणित गरेको हो । कम्पनीले हालै प्राप्त गरेको ‘एनएस क्वालिटी अवार्ड २०२६’ ले यसको गुणस्तरप्रतिको प्रतिबद्धता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डको पालनालाई थप पुष्टि गरेको छ । ‘एशियाको सबैभन्दा आशाजनक ब्रान्ड’ का रूपमा सम्मानित यस कम्पनीले आईएसओ ९००१ः२०१५ र आईएसओ १४००१ः२०१५ प्रमाणीकरणमार्फत आफ्नो उत्पादनको गुणस्तर र वातावरणीय जिम्मेवारीलाई विश्वस्तरीय मापदण्डमा राखेको छ । साथै भारतीय हरित भवन परिषद् (आईजीबीसीएस) को सदस्यका रूपमा कजारियाले दिगो र हरित निर्माणलाई विशेष प्राथमिकता दिँदै आएको छ । नेपालको सन्दर्भमा कजारियाले रमेश कर्पसँगको संयुक्त सहकार्यमा देशकै सबैभन्दा ठूलो र अत्याधुनिक टायल उद्योग सञ्चालन गरिरहेको छ । वार्षिक ५.२ मिलियन वर्ग मिटर उत्पादन क्षमता भएको यस उद्योगले ३ हजारभन्दा बढी आकर्षक डिजाइनका विकल्पहरू उपलब्ध गराउँदै देशलाई औद्योगिक आत्मनिर्भरतातर्फ डोर्‍याउन महत्वपूर्ण योगदान पुर्याएको छ । कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालका अनुसार कम्पनीको यात्रा सधैं उत्कृष्टता, नवप्रवर्तन र विश्वासबाट प्रेरित रहेको छ । हाल ८१.५५ मिलियन वर्ग मिटरको कुल वार्षिक उत्पादन क्षमता रहेको कजारियाले आफ्नो सुदृढ विरासत र अत्याधुनिक प्रविधिमार्फत निर्माण क्षेत्रमा नयाँ मापदण्डहरू स्थापित गर्दै भविष्यमा अझै सशक्त उपस्थिति रहने जनाएको छ ।
सिमराको पाँचतारे होटल अब अन्तर्राष्ट्रिय ब्रान्ड: लेमन ट्रीसँग व्यवस्थापन सम्झौता
काठमाडौं । बाराको सिमरास्थित पाँचतारे होटल इक्षा लिमिटेड र चर्चित भारतीय होटल ब्रान्ड लेमन ट्रीबीच होटल व्यवस्थापन सम्बन्धी सम्झौता भएको छ । बिहीबार (आज) भारतको नयाँ दिल्ली स्थित लेमन ट्रीको मुख्यालयमा आयोजित विशेष कार्यक्रममा उक्त सम्झौतामा होटेल इक्षा लिमिटेडका प्रबन्ध सञ्चालक मुनसन वाग्ले तथा लेमन ट्री होटल्सका प्रबन्ध निर्देशक निलेन्द्र सिंहले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि अब सिमरास्थित उक्त होटल लेमन ट्री होटलको नामबाट सञ्चालन हुनेछ । व्यवस्थापन जिम्मा लेमन ट्रीले लिएसँगै होटलले प्रदान गर्ने सेवा, सुविधा र आतिथ्य अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुने अपेक्षा गरिएको छ । सम्झौता कार्यक्रममा होटेल इक्षा लिमिटेडका सञ्चालक समितिका सदस्य गोकर्ण खतिवडा तथा प्रमुख कार्यकारी अधिकृत रेवन्त प्रसाद धौवडेलको पनि उपस्थिति रहेको थियो ।