युनिलिभर नेपालको नाफा २ अर्ब रुपैयाँ, सञ्चित नाफा ५ अर्ब नाघ्यो

काठमाडौं । युनिलिभर नेपालले गत वर्ष २ अर्ब रुपैयाँ हाराहारीमा नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ९६ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ९५ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ०.३५ प्रतिशत अर्थात् ६९ लाख रुपैयाँ बढी आर्जन गरेको हो । गत वर्ष कम्पनीको बिक्री आम्दानी ०.०७ प्रतिशत बढेर ८ अर्ब २४ करोड ५७ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ८ अर्ब २३ करोड ९८ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो ।  समीक्षा वर्षमा कम्पनीको अन्य आम्दानी ३०.७४ प्रतिशत घटेर १६ करोड ६७ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले २४ करोड ७ लाख रुपैयाँ अन्य आम्दानी गरेको थियो ।  गत वर्ष कम्पनीको कुल आम्दानी ०.८० प्रतिशत घटेर ८ अर्ब ४१ करोड २४ लाख रुपैयाँ र कुल खर्च १.५९ प्रतिशत घटेर ५ अर्ब ९८ करोड ७९ लाख रुपैयाँ गरेको छ ।  अघिल्लो वर्ष कम्पनीले ८ अर्ब ४८ करोड ६ लाख रुपैयाँ कुल आम्दानी गर्दा ६ अर्ब ८ करोड ४८ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।  ९२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको सञ्चित नाफा ५ अर्ब १२ करोड ४१ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको सञ्चित नाफा ४ अर्ब ७५ करोड ४५ लाख रुपैयाँ थियो । 

बिक्री आम्दानी बढेसँगै हिमालयन डिष्टिलरीको नाफामा १६१.१३ प्रतिशत उछाल

काठमाडौं । हिमालयन डिष्टिलरीको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा १६१.१३ प्रतिशत बढेर ९५ करोड ३२ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा ३६ करोड ५० लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  गत वर्ष कम्पनीको बिक्री आम्दानी ७३.३० प्रतिशत बढेर ७ अर्ब २० करोड ११ लाख ५० हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ४ अर्ब १५ करोड ५२ लाख ३६ हजार रुपैयाँ बिक्री आम्दानी गरेको थियो ।  गत वर्ष कम्पनीको कुल नाफा ७७.२८ प्रतिशत बढेर २ अर्ब १६ करोड ८६ लाख ६९ हजार रुपैयाँ, सञ्चालन नाफा १६६.७८ प्रतिशत बढेर १ अर्ब २८ करोड ९१ लाख ६६ हजार रुपैयाँ गरेको छ । कम्पनीको चुक्ता पुँजी १५ प्रतिशत बढेर ३ अर्ब ७ करोड ३४ लाख १ हजार रुपैयाँ र अन्य इक्विटी ६१.३२ प्रतिशत बढेर १ अर्ब १० करोड १६ लाख ५३ हजार रुपैयाँ रहेको छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी १७.२६ रुपैयाँ बढेर ३१.०२ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३५.८४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३९.८७ गुणा रहेको छ ।

कर्णालीको अदुवा र बेसार विदेशी बजारमा रोजाइ

काँक्रेविहार । आर्थिक वर्ष २०८१/८२ मा कर्णालीबाट तीन सय ६५ मेट्रिक टन सुकाइएको अदुवा र बेसार युरोपेली मुलुकमा निर्यात भएको छ ।  प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत पूर्णबहादुर थापाका अनुसार उच्च गुणस्तरीय अदुवा र बेसारलाई सुकाएर अन्तरराष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गरी जर्मनी निर्यात गर्न थालिएको छ ।  सल्ल्यान, रुकुमपश्चिम र सुर्खेतको पूर्वी क्षेत्रमा उत्पादित अदुवा, बेसार सुर्खेतको छिन्चुमा रहेको ‘द अग्र्यानिक भ्याली’ले सङ्कलन गरेर जर्मनीलगायत देशमा निर्यात हुँदै आएको अधिकृत थापाले बताए कम्पनीले मकैको पीठो, दाल, सिमी, घिउ र सिस्नुको धुलोजस्ता अन्य अग्र्यानिक उत्पादन पनि प्रमाणीकरण गरी विदेश निर्यात गरिरहेको छ । मन्त्रालयकानुसार प्रदेश स्थापनाकालदेखि हालसम्म रु १८ अर्ब ४७ करोड बराबरको रकम कृषि क्षेत्रमा बजेट विनियोजन भएकामा रु १४ अर्ब बराबर रकम लगानी भइसकेको छ ।  मन्त्रालयले आव २०८१/८२ मा साना सिँचाइ निर्माण तथा मर्मतसम्भार शीर्षकमा सात सय ४७ वटा योजना निर्माण गरेको जानकारी दिएको छ । गत एक वर्षमा चार हजार ४४ स्याउका बिरुवा १९ हेक्टरमा र दुई हजार आठ सय २४ ओखरका बिरुवा २५ हेक्टरमा रोपिएको छ । बीस हजार १०० सुन्तला, १५ हजार ४०० कागती, दुई हजार ओखर र एक हजार स्याउका बिरुवा रोपिएको छ । खाद्य सुरक्षा कार्यक्रममार्फत १० हजार स्याउ, एक हजार ९५० ओखर, तीन हजार २७० सुन्तला र दुई हजार लिचीका बिरुवा रोपिएको छन् । खाद्य सुरक्षा तथा कृषि प्रसार कार्यक्रमअन्तर्गत उन्नत जातका २१ क्विन्टल धान, २२समावेश गरिएको छ । उक्त वर्ष २१.२९ मेट्रिक टनसागसब्जीका बीउ प्रमाणीकरण भएको थियो । रासस