चिनियाँ खोप लिन बेइजिङ जाँदै निगमको जहाज
काठमाडौं । चीन सरकारले नेपाल सरकारलाई अनुदान स्वरुप दिन लागेको कोभिड खोप लिन नेपाल वायुसेवा निगमको जहाजँ बेइजिङ जाने भएको छ । सोमबार राति ११ बजे निगको वाइडबडी जहाज खोप लिन चीन जाने तालिका रहेको त्रिभुवन अन्तराट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयको अनुसार सोमबार राती चीन गएको उक्त विमान मंगलबार दिउँसो साढे २ बजे विमानस्थलमा अवतरण गर्नेछ । नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले अनुदानको खोप लिन वाइडबडी जहजा चीन जाने लागेको जनाएका छन् । निगमको जहाजले मंगलबार दिउँसो ८ लाख डोप खोप ल्याउने तयारी भएको जनाईएको छ । गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए । उक्त खोप मध्ये मंगलबार पहिलो लटमा निगमको जहाजले ८ लाख डोज खोप ल्याउने तयारी गरिएको हो ।
सुकेटार विमानस्थलको नामाकरण परिवर्तन नगर्न आग्रह
फुङ्लिङ । ताप्लेजुङ्का राजनीतिक दल, नागरिक समाज तथा स्थानीयवासीले यहाँस्थित सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण नगर्न आग्रह गरेका छन् । आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा सुकेटर विमानस्थललाई ‘स्व रवीन्द्र अधिकारी विमानस्थल’ तथा चुहानडाँडा विमानस्थललाई ‘आङ छिरिङ शेर्पा विमानस्थल’ नामकरण गरिने घोषणा गरिइएको थियो । यसपछि जिल्लावासीले यसमा असन्तुष्टि जनाउँदै आएका छन् । सामाजिक सञ्जालमा विमानस्थलको नयाँ नामकरणका नगर्न सरकारलाई सुझाव दिइएको छ । पूर्व पर्यटन मन्त्री एवं निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का नेता योगेश भट्टराईले सामाजिक सञ्जलमा भनेका छन्, ‘ऐतिहासिकरुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिकस्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नु पर्दछ । यसरी मात्र सहभागिता मूलक लोकतन्त्र बलियो हुन सक्छ । असल काम पनि असल नियत र सही प्रक्रियाबाट गरियो भनेमात्र सही परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, विभाजन र अनावश्यक तनाव मात्र झेल्नु पर्दछ ।’ निवर्तमान पत्रकार महासङ्घ ताप्लेजुङका अध्यक्ष राजेन्द्र श्रेष्ठले समाजिक सञ्चालमा नै पोष्ट गरेका छन्, ‘सरकार ! पोखरा विमानस्थलको नामकरण रवीन्द्र अधिकारी विमानस्थल राखौँ, हामीलाई सुकेटार विमानस्थलमा नै गर्व छ ।’ नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलले सुकेटार विमानस्थललाई स्व रवीन्द्र अधिकारी विमानस्थल र चुहानडाँडालाई आङछिरिङ शेर्पा विमानस्थल नामकरण गरेर इतिहास, संस्कृति, पहिचान र भावनात्मक मनोविज्ञानमाथि राज्यबाट हस्तक्षेप गरेको टिप्पणी गरेका छन् । जिल्लाका राजनीति दल र सरोकारवाला समूहले सुकेटार विमानस्थलको नाम परिवर्तनका विषयमा आज छलफल गर्ने नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विजय किराँतले बताए । विसं २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनाग्रस्त भई तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, चालक क्याप्टेन प्रभाकर केसी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा र नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेको निधन भएकाे थियो ।
नेपाल एयरलाइन्समा रणनीतिक साझेदार भित्र्याईने
काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको क्षमता विस्तारका लागि खुल्ला प्रतिस्पर्धाबाट रणनीतिक साझेदारी भित्र्याउने भएको छ । यसअघि समेत उक्त तयारी भएकोमा कर्मचारीको आन्दोलनपछि रोकिएको थियो । सरकारले निगमको क्षमता विस्तारका लागि उक्त निर्णय गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । प्रतिनिधि सभा नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।