आन्तरिक हवाई उडान असार १७ गतेदेखि सुरू हुने, यस्ताे छ उडान तालिका
काठमाडाैं । आन्तरिक हवाई सेवा असार १७ गतेदेखि सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान असार १७ गते बाट सुरू गर्ने निर्णय गरेको हाे । मन्त्रालयकाका अनुसार १ जुलाई अर्थातः १७ असारबाट आन्तरिकतर्फका नियमित उडान हुनेछन् । अन्तर्राष्ट्रिय गन्तब्यमा भने तोकिएको रुटमा बिहीबारबाटै उडान सुरू हुनेछ । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । यसअनुसार २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ । २५ जुनमा नेपाल एयरलाइन्सको जहाज जापान जानेछ । यो दिन एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आउनेछ । २६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउनेछ । टर्की एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउने छ । यो दिन एयर अरेवियाको जहाज आबुधावीबाट काठमाडौं आउने गरि उडान तालिका तय भएको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि रोकिएको आन्तरिक उडान ६० औं दिनपछि पुनः सर्तसहित सञ्चालन हुने भएको छ ।
आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय, ११ देशमा अन्तर्राष्ट्रिय उडान
काठमाडौं । सरकारले दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै बन्द गरिएको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर शर्त सहित हवाई उडान खुला गर्ने निर्णय गरेको हो । सरकारले आन्तरिक उडानमा ५० प्रतिशत क्षमतामा खुला र अन्तर्राष्ट्रिय उडानको गन्तव्य सगैँ उडान संख्या समेत बढाउने निर्णय गरेको छ। ११ देशमा अन्तर्राष्ट्रिय उडान, कुन गन्तव्यमा कित उडान ? सरकारले विभिन्न ११ देशमा अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । अन्य गन्तव्यमा उडान खुला भएतापनि तत्काल भारतको नयाँदिल्लीमा यसअघि नै लागु गरिएको एयर बबल सम्झौता अनुसार सातामा २ उडान हुनेछ । योसँगै सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ थप १० देशका विभिन्न गन्तव्यमा साप्ताहिक रुपमा हुने उडान तालिका सार्वजनिक गरेको हो। जसमा कतारको दोहामा नेपाली वायुसेवाले सातामा २ उडान र कतारको वायुसेवाको २ गरी सातामा ४ उडान हुने भएको छ। त्यसैगरी, काठमाडौं–टर्कीमा टर्कीको वायुसेवाले सातामा २ उडान, दुबईमा नेपाली वायुसेवाको २ र विदेशी वायुसेवाको २ गरी ४ उडान हुनेछ। साउदी अरबको दमाममा नेपाली वायुसेवाले २ उडान, कुवेतमा कुवेती वायुसेवाले २ उडान र मलेसियाको हकमा नेपाली वायुसेवाले २ र विदेशी वायुसेवाले २ गरी सातामा ४ वटा उडान गर्नेछन्। यस्तै, दक्षिण कोरियामा सातामा विदेशी वायुसेवाले १ उडान, जापानमा नेपाली वायुसेवाले सातामा १ उडान, ओमनमा साता १ र चीनको छेङ्दु र गोन्जाओमा नेपाली वायुसेवाको १र१ र विदेशी वायुसेवाको १र१ गरि दुई गन्तव्यमा ४ उडान गर्ने गरी मन्त्रिपरिषद्बाटै तालिका तय भएको हो। गत बैशाख २० गतेबाट आन्तरिक तथा बैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरिएको थियो । नियमित उडान बन्द भएतापनि निषेधाज्ञा अबधिमा कार्गाे, चार्टर्ड तथा उद्धार उडान भइरहेका थिए ।
अन्तर्राष्ट्रिय उडानमा बढी भाडा लिएको सम्बन्धमा छानविन गर्न समिति गठन
काठमाडौं । चार्टड तथा उद्धार उडान अन्तरगत अन्तर्राष्ट्रिय उडानमा बढी भाडा लिएको विषयमा छानविन गर्न एक समिति गठन गरिएको छ । नियमित उडान बन्दको मौकामा ट्राभल एजेन्सीले बढी भाडा लिएको गुनासोपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले ५ सदस्सीय छानविन समिति गठन गरेको हो । मन्त्रालयले सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा ५ सदस्य छानविन समिति गठन गरेको हो। ट्राभल एजेन्सीले हवाई भाडा बढी लिएको भन्दै गुनासो तथा सञ्चार माध्यममा समाचार आएको भन्दै मन्त्रीस्तरीय निर्णयबाट छानविन समिति गठन गरिएको जनाईएको छ । साउदी अरब लगायतका विभिन्न गन्तव्यमा नियमित उडानको तुलनामा चार गुणासम्म बढी भाडा लिएको पाइएको छ ।