नेपाल एयरलाइन्समा रणनीतिक साझेदार भित्र्याईने

<p>काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको क्षमता विस्तारका लागि खुल्ला प्रतिस्पर्धाबाट रणनीतिक साझेदारी भित्र्याउने भएको छ । यसअघि समेत उक्त तयारी भएकोमा कर्मचारीको आन्दोलनपछि रोकिएको थियो । सरकारले निगमको क्षमता विस्तारका लागि उक्त निर्णय गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । प्रतिनिधि सभा नभएको [&hellip;]</p>

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको क्षमता विस्तारका लागि खुल्ला प्रतिस्पर्धाबाट रणनीतिक साझेदारी भित्र्याउने भएको छ ।

यसअघि समेत उक्त तयारी भएकोमा कर्मचारीको आन्दोलनपछि रोकिएको थियो । सरकारले निगमको क्षमता विस्तारका लागि उक्त निर्णय गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । प्रतिनिधि सभा नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।

Share News