७२ यात्रु बोकेको बुद्धको जहाज ल्याण्ड गर्न नसकेपछि आकाशमै, फर्म राखेर ल्याण्डिङको तयारी
अपडेट: यसैबीच बुद्ध एयरको ९ एनएनएआई जहाज सुरक्षित अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसकेकाे जहाज अन्ततः सामान्य तरिकारले ल्याण्ड भएकाे एक इन्जिनियरले बताए । ‘हामी जहाज ल्याण्डका लागि आवश्यक उपकरण सहित तयारी अवस्थामा थियौं, तर नर्मल तरिकाले जहाज ल्याण्ड भयो’, बुद्धका एक इन्जिनियरले भने । काठमाडाैं । सोमबार बिहान काठमाडौंबाट विराटनगर गएको बुद्ध एयरको जहाजमा समस्या भएपछि पुनः काठमाडौं फर्किएको छ । विराटनगर विमानस्थलमा अवरतणमा समस्या भएपछि काठमाडौं फर्किएको सो जहाज २० मिनेटदेखि होल्ड भएको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा आकाशमा होल्ड भएको बुद्धका एक इन्जिनियरले जानकारी दिए । उनका अनुसार आकास्मिक अवतरणको तयारी भएको छ । ‘हामीले तलबाट हेर्दा जहाजको पांग्रा देखेका छौं, पाइलटकले देख्नु भएको छैन, रनवेमा फर्म ओछ्याएर अवतरण गर्ने कि भन्ने तयारीमा छौं, तर छलफल भइसकेको छैन’, उनले भने । ९ एन एएनआई एटिआर ७२ सिटे सो जहाज फुल अकुपेन्सी (७२ जना यात्रु) रहेको बुद्ध एयरले जनाएको छ ।
सोमबारदेखि निगमका कर्मचारीले पाउने भए रोकिएको तलव
काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यरत कर्मचारीले रोकिएको तलवभक्ता पाउने भएका छन् । निगमलाई निजीकरण गर्न लागिएको भन्दै आन्दोलीत बनेका कर्मचारीले गत साउनदेखि तलवभक्ता पाएका थिएनन् । निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले झन्डै ३ महिनादेखि ट्रेड युनियनका नाममा आन्दोलन गर्ने कर्मचारीलाई समेत तलव खुवाउने निर्णय गरेसँगै कर्मचारीले तलव पाउने भएका हुन । महाप्रवन्धक पौडेलले कानुनले दिएको विशेषाधिकार प्रयोग गरेर सोमबारदेखि तलव खुवाउने निर्णय गरेका हुन् । पौडेलले तीन महिनाको तलव खुवाउनका लागि झन्डै ३० करोड रुपैयाँ बराबरको रकम निकासा गर्ने निर्णय गरिएको जनाएका छन् । निगमलाई कम्पनी मोडलमा लैजाने निर्णयसँगै आन्दोलनमा उत्रिएका कर्मचारीले महप्रवन्धक पौडेललाई कार्यालय प्रवेशमा रोक लगाएका थिए । कर्मचारीको आन्दोलनका कारण निगम सञ्चालक समितिको बैठक बस्न नसक्दा तलव भक्ता लगायत कार्यलयका कामहरु रोकिएका छन् । कार्यालय प्रवेशमा रोक लगाएसँगै सञ्चालक समितिको बैठक बस्न नसक्दा आर्थिक वर्ष २०७८/७९ को बजेट समेत परित हुन सकेको छैन । कर्मचारीहरुले गत असार १८ गतेदेखि निगमको कार्यालयमा धर्ना सँगै महाप्रबन्धक पौडेललाई कार्यालय प्रवेशमा रोक लगाउँदै आएका छन् । कर्मचारीले कार्यालय प्रवेशमा रोक लगाएपछि उनी तालुक मन्त्रालयका रुपमा रहेको पर्यटन मन्त्रालयमा हाजिर गर्दै आएका छन् । उनले मन्त्रालयबाटै कर्मचारीलाई तलव खुवाउन लागेका हुन । उनले सामाजिक सञ्जाल मार्फत रोकिएको तलव खुवाउन लागिएको जनाएका हुन । ‘नेपाल वायुसेवा निगममा गत असार १८ गतेदेखि चलिरहेको ‘आन्दोलन’ का कारण सञ्चालक समितिको बैठक बसि बजेट समेत पास हुन नसकि तलब समेत बितरण गर्न सकिएको छैन् । वार्ताको माध्यमबाट समस्याको समाधान गर्ने हाम्रो चाहना ‘आन्दोलनरत’ साथीहरुका कारण सफल हुन नसकिरहेको अबस्था बिध्दमान छ । यस्तो कठिन अवस्थामा पनि सबै उडानहरु सुचारु गर्न अहोरात्र खट्नुहुने कर्मचारी साथीहरुको लगनशिलता प्रशंसायोग्य छ । कर्मशिल सोझा सिधा कर्मचारीहरुको जिवन निर्वाहमा कठिनाइ परिरहेको अवस्थाले लाई मध्यनजर गर्दै गत १५ दिनको प्रयास तथा तालुक मन्त्रालय सँगको गहन छलफल गरि महाप्रबन्धकमा रहेको बिशेषाधिकार प्रयोग गरि आगामी सोमबार देखि सुरुदेखी हालसम्मको सम्पुर्ण तलब भत्ता भुक्तानि दिने निर्णय गरेको छु । यो निर्णयबाट निगमका सम्पूर्ण निष्ठावान कार्यरत र आन्दोलनरत कर्मचारीहरुमा राहत पुग्ने अपेक्षा गरेको छु’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
पूर्व अर्थमन्त्री पौडेल भन्छन्ः गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सरकारको नै अवरोध
काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा अवरोध गरिरहेको आरोप लगाएका छन् । उपमहासचिव पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन पनि सरकारसँग माग गरे । रुपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको शनिबार उद्घाटन गर्दै उनले सो विमानस्थलको कामलाई अघि बढाउनका लागि एशीयाली विकास बैंक (एडीबी)सँग शिघ्र सम्झौंता गरेर बजेटको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई ढिलाई नगर्न सचेत गराए । उपमहासचिव पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम अविलम्ब गराउन दवावकारी भूमिका निर्वाह गर्न पनि स्थानीयबासीलाई आह्वान गरे । उनले भने, ‘सेकेन्ड फेजको निर्माणको काम अघि बढाउनका लागि एडीबी ७ अर्ब लगानी गर्न तयार भएको बसेको छ, डिजाईनका कामहरु सम्पन्न भएका छन, अत्याधुनिक टर्मिनल निर्माणको डिजाईनको काम सकिएको छ, यो आयोजना अगाडि बढाउनका लागि सरकारले कुनै पनि प्रकारको विलम्ब ग¥यो भने हाम्रो निम्ति मान्य हुने छैन ।’ उपमहासचिव पौडेलले गृहजिल्ला रुपन्देहीलाई देशभरकै नमूना जिल्ला हुने गरी विकास गर्ने र त्यसका लागि आवश्यक बजेटको व्यवस्था आफू अर्थमन्त्री हुँदा गरेको दावी समेत गरे । उनले सिद्धार्थ राजमार्गको स्तरोन्नतिका लागि छुटट्याइएको बजेट सरकारले कटौति गरेको भन्दै असन्तुष्टि समेत जनाए।