प्रधानमन्त्रीको चासो बुद्धको जहाजमा, सबै जहाजको प्राविधिक अध्ययन गरिने

<p>काठमाडौं । गत सोमबार बिहान काठमाडौं–विराटनगर र काठमाडौं–पोखरा दुई रुटका लागि उडान भरेको बुद्ध एयरको जहाजमा देखिएको समस्यामा प्रधानमन्त्रीले चासो देखाएका छन् । एकै दिन २ वटा उडानमा प्राविधिक समस्या देखिएपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवाले चासो देखाएका हुन । प्रधानमन्त्रीको निर्देशन अनुसार मन्त्रालयले बुधबार सबै जहाजको प्राविधिक अध्ययन गर्न [&hellip;]</p>

काठमाडौं । गत सोमबार बिहान काठमाडौं–विराटनगर र काठमाडौं–पोखरा दुई रुटका लागि उडान भरेको बुद्ध एयरको जहाजमा देखिएको समस्यामा प्रधानमन्त्रीले चासो देखाएका छन् ।

एकै दिन २ वटा उडानमा प्राविधिक समस्या देखिएपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवाले चासो देखाएका हुन ।

प्रधानमन्त्रीको निर्देशन अनुसार मन्त्रालयले बुधबार सबै जहाजको प्राविधिक अध्ययन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।
मन्त्रालययका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा गठित गरिएको उक्त समितिले जहाजको अवस्थाको बारेमा तीन महिनाभित्र प्रतिवेदन बुझाउने समय दिईएको छ ।

पाँच सदस्यीय छानबिन समितिमा नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल, मन्त्रालयका उपसचिव प्रमोद नेपाल र प्राधिकरणका प्रवन्धक लक्ष्मण देवकोटा रहेका छन् ।

सो समितिले नेपालमा दर्ता भएर सञ्चालनमा रहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्दै आएका सबै वायुसेवा तथा हेलिकप्टरको प्राविधिक अध्यायन गर्नेछ ।

पोखरा उडानका क्रममा ककपिटमा धुवा देखिएको थियो भने विराटनगर उडानका क्रममा ल्याण्डिङ गियरमा समस्या आएपछि २ घण्टापछि काठमाडौंमा अवतरण गरेको थियो ।

पछिल्लो समय उडानका क्रममा बुद्ध सँगै अन्य वायुसेवा कम्पनीका जहाजमा विभिन्न समस्या देखिने गरेको छ ।

Share News