एआईमा अर्बौं खर्च गरेपछि मेटाको ‘हायरिङ ब्रेक’
काठमाडौं । मेटा प्लेटफर्मले आफ्नो नयाँ कृत्रिम बौद्धिकता (एआई) विभागका लागि भइरहेको व्यापक भर्ती ‘हायरिङ’ प्रक्रिया रोकेको छ । यससँगै महँगो एआई अनुसन्धानकर्ता र इन्जिनियरहरूलाई ठूलो संख्यामा भर्ना गर्ने खर्चालु अभियान पनि रोकिएको कम्पनीले बिहीबार पुष्टि गरेको छ । यो विषय पहिलोपटक द वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेको हो । रिपोर्टअनुसार गत हप्तादेखि लागू भएको यो रोक मेटाको एआई समूहको पुनःसंरचना प्रक्रियासँगै आएको हो । मेटाका प्रवक्ताले भने, ‘यो केवल सामान्य संगठनात्मक योजना मात्र हो- नयाँ सुपरइन्टेलिजेन्स प्रयासका लागि बलियो संरचना बनाउन, कर्मचारी ल्याइसकेपछि वार्षिक बजेटिङ र योजना प्रक्रिया गर्ने काम हो ।’ डब्लुएसजेको रिपोर्टअनुसार हालैको पुनःसंरचनापछि मेटाको एआई गतिविधि चार टोलीमा विभाजन गरिएको छ । तीमध्ये एउटा टोलीलाई ‘टीबीडी ल्याबु (टु बी डिटरमाइन्ड ल्याब) नाम दिइएको छ, जसको ध्यान ‘मेसिन सुपरइन्टेलिजेन्स’ निर्माणमा छ । अरूमा एआई प्रोडक्ट्स डिभिजन, इन्फ्रास्ट्रक्चर डिभिजन र दीर्घकालीन परियोजना तथा अन्वेषणमा केन्द्रित डिभिजन रहेका छन् । यी सबैलाई मिलाएर ‘मेटा सुपरइन्टेलिजेन्स ल्याब्स’ नाम दिइएको छ, जसले सीईओ मार्क जुकरबर्गको मानिसभन्दा बुद्धिमानी एआई निर्माण गर्ने लक्ष्यलाई झल्काउँछ । यस लक्ष्यमा पुग्न मेटाले यस वर्ष एआईमा आक्रामक रूपमा खर्च गर्दै आएको छ । यसअन्तर्गत अन्य एआई कम्पनीहरूका शीर्ष प्रतिभा भित्र्याउने प्रयासमा १० करोड अमेरिकी डलरसम्मको साइनिङ बोनस प्रस्ताव गरिएको बताइन्छ । एउटा ठुलो कदमका रूपमा मेटाले स्केल एआईका संस्थापक एलेक्जान्द्र वाङलाई भित्र्याएको थियो । उक्त सम्झौताअनुसार फेसबुककाे मूल कम्पनी मेटाले सो एआई स्टार्टअपको ४९ प्रतिशत हिस्सेदारी लिन १४।३ अर्ब डलर खर्च गरेको हो । हाल वाङ मेटाको एआई ल्याबको नेतृत्व गरिरहेका छन्, जसको उद्देश्य खुला स्रोतको ठूलो भाषा मोडेल एलएलएएमए श्रृंखला अगाडि बढाउने रहेको छ । अत्यधिक खर्च ? यद्यपि मेटाको महँगो भर्ती रणनीतिले पछिल्ला महिनामा निकै चर्चा पाएको छ, अन्य ठूला टेक कम्पनीहरूले पनि एआई प्रतिभा, अनुसन्धान तथा एआई पूर्वाधारमा अर्बौं डलर खर्च गरिरहेका छन् । तर फेसबुक र इन्स्टाग्रामको मालिक कम्पनी मेटाको अचानक आएको भर्ती रोक अमेरिकी प्रविधि सेयर बजारमा आएको गिरावट र एआईमा भइरहेको अत्यधिक लगानीप्रतिको चासोबीच आएको हो । यसै साताको सुरुमा ओपनएआईका सीईओ साम अल्टम्यानले पत्रकारहरूलाई एआई ुबबलु मा छ भन्ने विश्वास व्यक्त गरेका थिए । तर धेरै प्राविधिक विश्लेषक र लगानीकर्ताहरू भने एआई बबलको अवधारणासँग सहमत छैनन् । ुअल्टम्यान एआई क्रान्तिका ‘गोल्डेन चाइल्ड’ हुन् र एआई उद्योगका केही क्षेत्रमा समयसँगै अति(उत्साह देखिन सक्छ, तर समग्रमा हामीलाई लाग्छ प्रविधि सेयरहरू यो चौंथो औद्योगिक क्रान्तिसँग तुलना गर्दा अझै अवमूल्यनमा छन्,’ वेडबुस सेक्युरिटिजका प्राविधिक विश्लेषक ड्यान आइभ्सले भने । उनले मेटाले एआई खर्च कटौती गरेको भन्ने विचारलाई अस्वीकार गर्दै भने, ‘मेटा अहिले ठूलो खर्च अभियानपछि ‘पचाउने मोड’ मा मात्र छ ।’ फुटुरम ग्रुपका सीईओ ड्यानियल न्यूम्यानले भने, ‘नौ(अङ्कीय डिल र भर्ती गरेपछि यो भर्ती रोक मेटाका लागि स्वाभाविक विश्राम बिन्दु हो ।’ उनका अनुसार नयाँ प्रतिभा ल्याइसकेपछि कम्पनीलाई उनीहरूलाई उपयुक्त स्थानमा राख्ने, मूल्याङ्कन गर्ने र कम्पनीले खोजेको स्तरको प्रगतिका लागि तयार छन् कि छैनन् भन्ने निर्धारण गर्न समय आवश्यक हुन्छ । एआई पछिल्ला वर्षहरूमा प्रविधि क्षेत्रको सबैभन्दा ठूलो प्रतिस्पर्धा बनेको छ । माइक्रोसफ्ट, गुगल, अमेजनदेखि ओपनएआईसम्म सबै कम्पनीहरूले अर्बौं डलर लगानी गरेर भाषा मोडेल, जेनेरेटिभ एआई र एआई पूर्वाधार विकासमा गति दिइरहेका छन् । विशेषगरी २०२२ मा ओपनएआईको च्याटजीपीटी सार्वजनिक भएपछि एआईलाई ‘मेनस्ट्रीम’ बनाउने होड सुरु भएको थियो । त्यसपछि ठूला प्रविधि कम्पनीहरूले ‘सुपरइन्टेलिजेन्स’ अर्थात् मानिसभन्दा बुद्धिमान् एआई निर्माण गर्ने लक्ष्य तय गरेका छन्। यही प्रतिस्पर्धामा टिक्न मेटाले पनि आक्रामक ढंगले नयाँ प्रतिभा भित्र्याउँदै आएको हो । तर अर्बौं डलर खर्चसँगै लगानीकर्ताहरूबीच प्रश्न उठ्न थालेका छन्( के एआई अहिले वास्तविक सम्भावनाअनुसार बढिरहेको छ वा ‘डटकम बबल’ जस्तै अस्वाभाविक उत्साहमा धकेलिएको छ ? यही सन्दर्भमा मेटाको आकस्मिक भर्ती रोक निर्णय आएको देखिन्छ ।
एक्सपाइरी डेट भएका २ सयका रिचार्जमा एनटीसीले थप्यो समय
काठमाडौं । नेपाल टेलिकम (एनटीसी)ले रिचार्ज कार्डको समयावधि (एक्सपाइरी डेट) बढाएको छ । कम्पनीले नमस्ते रिचार्ज कार्डहरूमा उल्लेख भएको समयावधि समाप्त भएता पनि सिस्टमबाट थप गरिएको जनाएको छ । कम्पनीका अनुसार २ सय रुपैयाँ मूल्य भएका नमस्ते रिचार्ज कार्डहरूमा उल्लेख भएको समयावधि समाप्त भइसकेको छ । तर, उक्त रिचार्ज कार्डहरूको समयावधि कम्पनीको सिस्टमबाटै थप गरिएको कम्पनीले जनाएको हो । थप गरिएको समयसम्ममा उक्त रिचार्ज कार्डहरू प्रयोगमा ल्याई यस कम्पनीको सेवाहरू रिचार्ज गर्न सकिने कम्पनीले बताएको छ । कम्पनीका अनुसार १११७०१००८२०४७००१ देखि १११७०१००८२०६०००० सम्म, १११६०८०३२४१२०२०१ देखि १११६०८०३२४२००००० सम्म, १११६०६००५०२००००१ देखि १११६०६००५०२२००००सम्म, १११६०६००५०२४१२०१ देखि १११६०६००५०२५०००० सम्म, १११६०६००५०२५०६०१ देखि १११६०६००५०२५६००० सम्म, १११६०६००५०२५७६०१ देखि १११६०६००५०२६०००० सम्म, १११६०६००५०३२६८०१ देखि १११६०६००५०३४०००० सम्म सिरियल नम्बर भएका रिचार्ज कार्डको समयावधि थप गरिएको हो । यस्तै, १११७०१००९१८०१००१ देखि १११७०१००९१८२०००० सम्म, १११७०१००९१८४०००१ देखि १११७०१००९२३००००० सम्म, ११२१०५००१०२६८६०१ देखि ११२१०५००१०२८०००० सम्म, ११२१०५००१०२४७४०१ देखि ११२१०५००१०२६८४०० सम्म सिरियल नम्बर भएका रिचार्ज कार्डको अवधि थप गरिएको कम्पनीले जनाएको छ ।
एससीटी यूनीयनपे कार्डबाट मोबाइल वालेटमा सजिलै रकम लोड गर्न सकिने
काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले अब आफ्नो यूनीयनपे कार्डबाट नेपालमा सञ्चालन भइरहेका विभिन्न मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न सकिने सेवा सुरु गरेको छ । एससीटीले जारी गरेको सूचनाअनुसार, यस सुविधा मार्फत ग्राहकहरूले इसेवा, खल्ती, हाम्रो पे लगायतका वालेटहरूमा आफ्नो यूनीयन पे कार्डबाट सिधै रकम पठाउन सक्नेछन् । यो सेवा नबिल बैंकको इलेक्ट्रोनिक पेमेन्ट गेटवेमा आबद्ध सम्पूर्ण वालेट र मर्चेन्ट एप्लिकेशनहरूमार्फत उपलब्ध हुनेछ। नयाँ सुविधा मार्फत ग्राहकहरूले अब पीओएस मात्र होइन, डिजिटल वालेटमार्फत इ(कमर्स भुक्तानी, एयरलाइन टिकट खरिद र अन्य डिजिटल भुक्तानीहरू अझ सहज तरिकाले गर्न सक्नेछन् ।