एनसेलले जित्यो ‘अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’

काठमाडौं । एनसेल आजियाटाले शुक्रबार राजधानीमा आयोजित सातौं सेल्स समिट २०२३ मा प्रतिष्ठित अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३ जित्न सफल छ । एनसेलको तर्फबाट एनसेलका सेल्स म्यानेजर अभय कुमार निधिले अर्गनाइजेसनल सेल्स एक्सिलेन्स अवार्ड २०२३ का निर्णायक मण्डलका सदस्य आशिष तिवारीबाट उक्त अवार्ड ग्रहण गरेका थिए । एनसेल मार्केटिङ डोमेन इन्स्टिच्युसनल क्याटेगोरी अन्तर्गत यो अवार्ड २०२३ बाट सम्मानित भएको हो । एनसेलले जितेको अवार्डले कम्पनीले सेल्स तथा मार्केटिङ कार्यसम्पादनमा देखाएको निरन्तरको उत्कृष्टतालाई झल्काउँछ । यो अवार्ड कम्पनीले उत्कृष्ट बिक्री नतिजा प्राप्तिका लागि गरेका प्रयासहरु, बजारको परिवर्तनशील गतिशीलतालाई अनुकूलन गर्ने क्षमता र ग्राहकको अपेक्षा अनुसार निरन्तर गरेका कार्यहरुको सम्मान हो । ‘यो प्रतिष्ठित अवार्डबाट सम्मानित हुन पाउँदा हामी गौरवान्वित छौं । यो सम्मान हाम्रो सम्पूर्ण एनसेल टिमको कडा परिश्रम र समर्पणको प्रमाण हो । नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रतिको अटल प्रतिबद्धता हाम्रो सफलताको प्रमुख कडी हो,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने । ‘हामी सेल्स र मार्केटिङको क्षेत्रमा उद्योगलाई प्रेरित गर्दै र इनोभेसनलाई बढावा दिदै ग्राहकहरूलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्न जारी राख्नेछौं ।’ विभिन्न विधा अन्तर्गतका अवार्ड विजेताहरू निश्चित मापढण्ड भित्र रहि निर्धारण गरिएका थिए । एक सम्मानित अनुसन्धान फर्मसँगको सहकार्यमा स्वतन्त्र निर्णायक मण्डलले सेल्स र मार्केटिङ कार्यमा उत्कृष्टता र नवीनता देखाउने संस्थाहरूको पहिचान गर्न उनीहरुको विवरणहरुलाई ध्यानपूर्वक मूल्याङ्कन र विश्लेषण गरेको थियो । शुक्रबारको अवार्ड समारोह ग्रोथ सेलर्स प्रा.लि.को स्वायत्त सहायक संस्था ग्रोथ लिडरसिप एकेडेमीले आयोजना गरेको सेल्स समिट २०२३ को एक प्रमुख कार्यक्रम थियो । सेल्स समिट ग्रोथ लिडरशिप एकेडेमीले वार्षिक रुपमा आयोजना गर्ने एक प्रमुख कार्यक्रम हो । यो नेटवर्किङ, नलेज एक्सचेन्ज, र बिक्रीमा उत्कृष्ट अभ्यासहरूको सम्मान गर्ने एक अनुपम प्लेटफर्म हो ।

चिकित्सा क्षेत्रमा विज्ञान : पक्षघात भएको व्यक्ति प्रविधिको सहायताले बोल्न सक्ने

तस्बिर स्राेतः एनबीसीन्युज काठमाडौं । एक गम्भीर पक्षघात भएकी महिला दिमागको संकेतलाई आवाजमा रुपान्तरण गर्ने डिजिटल प्रविधि अवतारको सहायताले बोल्न सक्षम भएकी छन् । जुन कामको सफलता वैज्ञानिकहरुले मानव समाजमा पहिलोपटक गरेका हुन् । वैज्ञानिकहरुले विकास गरेको मस्तिस्क कम्प्युटरले स्ट्रोक र एमियोटोफिक लेटरल स्केलेरोसिस जस्ता कारणले बोल्ने क्षमता गुमाएका मानिसहरुको जीवन परिवर्तन गर्न सक्ने अपेक्षा वैज्ञानिकहरुले गरेका छन् । अहिलेसम्मको अवस्थामा प्रविधिले बिमारीको आँखाको चाल र अनुहारको संकेतलाई शब्दमा रुपान्तरण गरेर आवाज निकाल्ने काम गर्ने गर्थ्यो, जसले गर्दा प्राकृतिक रुपमा जस्तो कुराकानी गर्न भने सम्भव हुन सकेको थिएन । तर, पछिल्लो विकसित प्रविधि जसमा साना इलेक्ट्रोडहरु मस्तिस्कको सतहमा जोडेर मस्तिस्कमा उत्पन्न भएका तरंगहरुलाई नियन्त्रण गरेर बोली र अनुहारको चाललाई समेत नियन्त्रण गर्ने गरिन्छ । यो प्रविधिबाट मस्तिस्क संकेतहरुलाई अनुहारको चाल, मुस्कान र आश्चर्यलाई समेत रुपान्तरण गर्न सकिन्छ । अनुसन्धानको नेतृत्व गरिरहेका अमेरिकाको सान फ्रान्सिस्को स्थित क्यालिफोर्निया विश्वविद्यालयका एडवर्ड चाङले दुई पक्षबीचमा प्राकृतिक संवाद गराउने आफूहरुको लक्ष्य भएको र अहिलेको विकासले बिमारीहरुको समस्या समाधानको लागि ठूलो सहयोग पुर्याउने बताएका छन् । एकजना ४८ वर्षकी महिला ‘आन’ १८ वर्षदेखि ब्रेनस्टेम स्ट्रोकबाट पीडित भएकी थिइन । उनले मुभमेन्ट ट्रयाकिङ प्रविधिको प्रयोग गरेर सामान्यतया एक मिनेटमा १४ अक्षर मात्रै टाइप गर्न सक्छिन् । तर, उनले पछिल्लो अवतार प्रविधिको सहायताले भविष्यमा काउन्सिलर बन्न सक्ने विश्वास बोकेकी छन् । वैज्ञानिकहरुले आनलाई बोल्न सहयोग पुर्याउनको लागि २५३ वटा इलेक्ट्रोड जोडिएको पातलो कागज जस्तो आयातकार प्रविधि उनको मस्तिस्कमा प्रत्यारोपण गरेका छन् । यदि उनलाई स्ट्रोक नभएको भए इलेक्ट्रोडको सहायताले उनको जिब्रो, बंगारा, स्वरयन्त्र र अनुहारको चाललाई समेत नियन्त्रण गर्न सम्भव हुने वैज्ञानिकहरुको दाबी छ । मस्तिस्कमा इलेक्ट्रोडको प्रत्यारोपणपछि आनले एआई प्रणालीको एल्गोरिदम देखि उनको मस्तिस्कको विशेष संकेतहरुलाई पत्ता लगाएर धेरै वाक्यहरुको आवाज निकाल्न र त्यसलाई दोहोर्याउन टिममा बसेर तालिम गरिरहेकी छन् । पहिला आनलाई जोडिएको कम्प्युटरले विशिष्ट ३९ वटा ध्वनी सिकेर च्याट जिपिटी स्टाइलमा भाषा मोडेलको प्रयोग गरेर वौद्धिक ढंगले वाक्यमा रुपान्तरित गर्ने काम गर्ने काम गर्थ्यो । जसले भाषाको संकेतको आधारमा पूर्ण शुद्धताका साथ भाषा रुपान्तरण गर्न सक्दैनथ्यो । सो प्रविधिले एक मिनेटमा ७८ शब्द मात्रै सिर्जना गर्नसक्थ्यो, जबकी मानिसहरुले प्राकृतिक रुपमा बोल्दा ११० देखि १५० शब्दहरु प्रयोग गर्छन् । वैज्ञानिकहरुका अनुसार अहिले विकास गरिएको आधुनिक प्रविधिले शुद्ध, सटिक, परिस्कृत र आवश्यक गतिमा काम गर्छ, जुन बिमारीको लागि अति व्यवहारिक छ । नेदरल्यान्डको युनिभर्सिटी अफ अटरेक्टका न्युरोसाइन्टिस्ट प्राध्यापक निक राम्सेले अहिले विकास भएको प्रविधि विगतको तुलनामा निकै ठूलो उपलब्धि भएको टिप्पणी गरेका छन् । अर्को महत्वपूर्ण कदम भनेको वायरलेस भर्सन हो, जसलाई मस्तिस्कको खोपडीमुनी प्रत्यारोपण गर्न सकिन्छ । जुन प्रविधिको सहायतामार्फत पक्षघात भएका बिमारीहरुले मोबाइल फोन र कम्प्युटरहरुको समेत प्रयोग गर्न सक्छन् । एजेन्सीको सहयोगमा ।

कोर्नको नयाँ स्मार्ट वाच नेपाली बजारमा

काठमाडौं । कोर्न नेपाली बजारका लागि धेरै पुरानो नाउँ होइन, तर यसले आफूलाई नेपाली बजारमा स्थापित भने गराईसकेको छ । स्मार्ट वाच, बड्स तथा मोबाईल एक्सेसोरीजको पर्यायको रुपमा नेपाली बजारमा भित्रिएको छोटो समयमै कोर्नले विस्तार गरेको बजार र स्थापित गरेको नेटवर्क निक्कै लोभलाग्दो छ । कारण यही हुनुपर्छ कोर्न जस्तै देखिने नक्कली एक्सेसोरीजहरु नेपाली बजारमा पाउन थालिएका छन् । यसले नेपाली बजारमा कोर्न स्थपित भएको प्रमाणीत गर्छ भने यही अवस्था आयातकर्ताको टाउको दुखाई बन्न थालेको छ । चीनको मोबाईल एक्सेसोरीज् निर्माणका क्षेत्रमा अग्रणी मानिएको ब्राण्ड कोर्नलाई नेपाली बजारमा केमियो इन्टरनेशनले भित्र्याएको हो । कोर्नको सफलताका पछाडी मुख्य तिन कारणहरु रहेका छन् । यसका उत्पादनमा निहित गुणस्तरीयता, विक्री पश्चातको सेवामा कम्पनी तथा आयातकर्ताको तादरुकता र प्रतिस्पर्धी मूल्य निर्धारण । कोर्नका उत्पादनको गुणस्तरीयताको प्रत्याभूतीका लागि कोर्नले आफ्ना हरेक उत्पादनमा एक बर्षको वारेन्टी प्रदान गर्दै आएको छ भने, प्रतिस्पर्धीको तुलनामा गुणस्तरीय विल्ड क्वालिटी कोर्नको युएसपी नै हो । आफ्ना हरेक उत्पादनको प्रतिस्पर्धी मूल्य कायम गर्नमा निकै सजकता अपनाउने कोर्नले नेपाली बजार सुहाउँदो मूल्य निर्धारणमा जोड दिंदै आएको छ भने आयातकर्ता केमियोले पनि आफ्नो मूनाफामै सम्झौता गरेर भएपनि सुलभ मूल्य कायम गर्दै आएको छ । विक्री पश्चातको सेवाका क्षेत्रमा कोर्नले देखाएको तादरुकताको जति प्रसंसा गरेपनि कमै हुन्छ । सानो आकारको बजारका बाबजुत कोर्नले नेपाली बजारमा डेडिकेटेड सर्भिस सेन्टर स्थापना गरेको छ भने कुनै पनि उत्पादन सर्भिस सेन्टरमा रिसिभ भएर समस्या समाधान नभए रिप्लेसमेन्टनै दिने नीति लिएको छ । कोर्नको नेपाली बजारमा प्राप्त सफलताको अर्को महत्वपूर्ण यसको प्रडक्ट डिजाईन र यसले कायम गरेको प्रोडक्ट लाईफसाईकल हो । इनोभेटिभ डिजाईन र फिचरका उत्पादन बजारमा ल्याउने मात्र होईन त्यसलाई निरन्तर अपडेट र परिमार्जन गर्दै जानुले पनि कोर्नका उत्पादहरु डिजाईनका हिसावले फ्रेस र अपडेटेड रहने गरेका छन् ।