चीनद्वारा याओगान ३९ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

एजेन्सी । चीनले याओगान ३९ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण गरेको छ । आईतवार चीनको दक्षिणपश्चिम सिचुवान प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको हो । स्याटेलाइट याओगान—३९ बोक्ने लङ मार्च— टुडी रकेटले बेइजिङको समयानुसार सवा १२ बजे उडान भरेको थियो । आईतवारको प्रक्षेपण लङ मार्च रकेट श्रृङ्खलाद्वारा गरिएको ४८८ औं मिसन थियो ।

महिलाले बच्चा जन्माउने युगको अन्त्य ! कृत्रिम गर्भासयमा बच्चा बनाउने तयारीमा बैज्ञानिक

तस्बिर : द गार्डियनबाट काठमाडौं । वैज्ञानिकहरू कृत्रिम गर्भबाट नवजात शिशुको विकास गर्ने प्रक्रियाको धेरै नजिक पुगेका छन्। अमेरिकाको स्वास्थ्य र मानव सेवासँग सम्बन्धित एजेन्सी फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनले क्लिनिकल परीक्षणसँग सम्बन्धित मुद्दाहरूमा अर्को हप्ता महत्त्वपूर्ण बैठक गर्ने भएको छ। वास्तवमा, मानव शिशुहरूमा परीक्षणको लागि एफडिएको अनुमति आवश्यक हुनेछ। अधिकारीहरूका अनुसार एजेन्सीले हाई प्रोफाइल निर्णय लिनु अघि बाह्य सल्लाहकारहरूको राय लिन्छ। यसले कृत्रिम गर्भमा मानव परीक्षण कसरी गर्ने भनेर छलफल गर्नेछ। एफडिएका अनुसार सेप्टेम्बर २० बाट हुने दुई दिने विज्ञहरुको छलफलमा प्रि म्याचुर रुपमा जन्मिने बच्चाहरुलाई कसरी बचाउन सकिन्छ भन्ने बारेमा छलफल हुने बताइएको छ । भिटारा बायोमेडिकल कम्पनीले यसका लागि काम गरिरहेको छ यसअघि सन् २०१७ मा पनि वैज्ञानिकहरूले यही विधि प्रयोग गरेर भेडाको परीक्षण गरेका थिए । यसको परीक्षणको माध्यमबाट वैज्ञानिकहरू आधुनिक औषधिको माध्यमबाट समयपूर्व जन्मिएका शिशुहरूलाई स्वस्थ राख्न प्रयासरत छन्। फिलाडेल्फियास्थित भिटारा बायोमेडिकल कम्पनीले पनि यसका लागि काम गरिरहेको छ । भिटाराको कृत्रिम गर्भ प्लाष्टिकको झोला जस्तै हो । यसमा ट्युबहरू जोडिएका छन्, जसको मद्दतले ताजा एम्नियोटिक तरल अक्सिजन, रगत र औषधिहरू भ्रूणमा पठाउने काम गरिन्छ । वैज्ञानिकहरूले गर्भावस्थाको २३ देखि २५ हप्ताको बीचमा जन्मेका प्रि(म्याच्योर बच्चाहरूलाई कृत्रिम गर्भको सहायताले हुर्काउनेछन्। यसबाट बच्चाहरूको फोक्सो अझै केही सातासम्म सामान्य रूपमा विकास गर्न सकिने बताइएको छ। यस्ता बच्चाहरुलाई भेन्टिलेटरमा राखिन्छ र अभिभावकहरुलाई प्रविधिको जोखिमको बारेमा पनि सूचित गरिन्छ । यो प्रविधिको सहायताले संक्रमण, मस्तिस्कमा हुनसक्ने खराबी र मुटुको चाललाई नियन्त्रण गर्न मद्दत पुर्याउँछ ।

इसेवाले फेरी ल्यायो काठमाडौंमा घर जित्ने योजना, असोजदेखि शुरु

काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले फेरी पनि काठमाडौंमा घर जित्ने योजना सार्वजनिक गरेको छ । डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन इसेवाले ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिएको हो । यो अभियान आगामी २०८० असोज १ गतेबाट सुरु भएर २०८१ असार ३१ गतेसम्म जारि रहने कम्पनी स्रोतले जनाएको छ । परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटलतर्फ लैजाने अभिप्रायका साथ यो अभियान सुरु गरिएको हो । साथै, यस योजना मार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाइ थप मजबुत बनाउन का लागि पनि १० महिने यस योजना सार्वजनिक गरिएको कम्पनीले जानकारी गराएको छ । “मेरो डिजिटल देश” अभियान अन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीहरुले, नेपालमा इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् । यस अभियानमा ४ परिवारलाई विशेष कोसेली, हरेक महिना १ जनाको पैसा डबल, तथा बम्पर उपहारमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्नेछन् । अभियानबारे आफ्नो धारणा व्यक्त गर्दै एफवान सफ्ट ग्रुपका डाइरेक्टर सुवास शर्माले भने, “यो योजना वैदेशिक रोजगारीमा रहेका नेपाली व्यक्तिहरूले गरेको समर्पण र बलिदानप्रति हाम्रो प्रशंसाको प्रतीक हो। प्रत्येक विदेशमा काम गर्ने नेपालीको एउटा आकांक्षा भनेको काठमाडौंमा घर बनाउनु हो र यस अभियानको माध्यमबाट, हामीले कम्तिमा एउटा व्यक्तिको सपना पुरा गर्न सक्नेछौं। साथै ईसेवा मनि ट्रान्स्फर र ईसेवाको संयुक्त प्रयासले यस अभियानलाई अझै धेरै डिजिटल मध्यमलाई बढावा दिइनेछ। यसबाहेक, हामीलाई थाहा छ रेमिट्यान्स हाम्रो राष्ट्रिय आम्दानीको महत्वपूर्ण हिस्सा पनि हो। यो योजना मार्फत, हाम्रो उद्देश्य नेपाली नागरिकको आकांक्षा पूरा गर्ने हो जसले आफ्नो परिवारमा खुशी ल्याउन र सम्पूर्ण राष्ट्रको समृद्धिमा योगदान पुर्‍याउन लगनशील भई काम गरिरहेको छ।” एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजी डाइरेक्टर डेनियल डी श्रेष्ठले भने, ‘ईसेवा मनि ट्रान्स्फरको स्थापनाकालदेखि नै आर्थिक विकासमा महत्वपूर्ण योगदान रहेको छ । यस योजना अन्तर्गत, विदेशमा बसोबास गर्ने र रोजगारीमा रहेका सबै नेपालीहरूलाई डिजिटल इकोसिस्टममा सक्रिय रूपमा सहभागी हुन र आफ्नो रेमिट्यान्स आवश्यकताहरूका लागि वैधानिक माध्यम प्रयोग गरी राष्ट्रको समग्र आर्थिक उन्नतिमा योगदान दिन प्रोत्साहित गर्दछु।’ ‘इसेवा र ईसेवा मनि ट्रान्स्फरको संयुक्त प्रयासबाट विदेशमा रहेका नेपालीहरुलाई डिजिटल माध्यम बाट केहि मिनेटमै नेपालमा सहजै पैसा पठाउन मिल्ने बताए । ‘यो अभियान मार्फत देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने र रेमिट्यान्स सेवाको गुणस्तर र विश्वसनीयतालाई उकास्नेछ भन्ने हाम्रो विश्वास छ,’ इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने । त्यस्तै, ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले यो अभियानमा विश्वका बिभिन्न देशबाट नेपालमा पैशा पठाएर देशलाइ यतिठुलो आर्थिक योगदान पुर्‍याउनु हुने ति सहयोगी हातहरु मध्ये केहिलाई १० महिने यस अभियान मार्फत हामी विशेष रुपमा सम्मान गर्ने बताए । यसका साथै ईसेवा मनि ट्रान्स्फरका ब्रान्ड एम्बेसडर राजेश हमाल, स्वस्तिमा खड्का, दयाहाङ् राई र इसेवाका ब्रान्ड एम्बेसडर बिपिन कार्कीले डिजिटल रेमिट्यान्स सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेतनामूलक कार्यक्रममा अभियानलाई प्रवर्द्धन गर्न सहभागिता जनाउने कम्पनीले बताएको छ । ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाखभन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । ईसेवा मनि ट्रान्स्फरले सेवाग्राहीलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका दुई करोड भन्दा बढी जनसंख्या र १२ लाख भन्दा बढी साना तथा मझौला उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।