काेरोनाको आशंकामा रोनाल्डो सेल्फ क्वारेन्टाईनमा

काठमाडौं । कोरोना लागेको आशंकामा चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सेल्फ क्वारेन्टाईनमा बसेका छन् । जुभेन्टसका कल्बका सहकर्मी खेलाडी डानिली रुगानीलाई कोरोना पोजेटिभ देखिएपछि रोनाल्डो सेल्फ क्वारेन्टाईनमा बसेका हुन् । उनीहरुले आईताबार एक गेमपछि ड्रेसिङ रुम सेयर गरेका थिए ।

प्रिमियर लिगमा कोरोनाको प्रभावः आर्सनल-सिटीबीचको खेल स्थगित

लन्डन । इङ्लिस प्रिमियर लिगका प्रमुख दुई टिम आर्सनल र म्यान्चेस्टर सिटी फुटबल क्लबबीच यही बुधबार हुने खेल कोरोनाभाइरसका कारण स्थगित भएको छ । आर्सनलका खेलाडीहरु पूर्व सावधानीका लागि स्वेच्छाले ‘आइसोलेसन’ मा बसेकाले खेल स्थगित गरिएको हो । कोरोनाभाइरसकै कारण इङ्ल्यान्डको यस प्रतिष्ठित लिगको खेल स्थगित गरिएको यो पहिलो घटना हो । इटालीको सिरि ए फुटबल प्रतियोगिता रंगशालामा बिनादर्शक खेलाइए पनि इङ्लिस प्रिमियर लिगमा यस्तो प्रतिबन्ध लगाइएको छैन । तर खेलाडीहरु आफूखुशी आइसोलेसनमा बसेको यो पहिलो घटना हो । आर्सनलका खेलाडीहरु विपक्षी टिम ओलम्पियाकोसका प्रमुख इभान्जेलोस मारिनाकिससँगको भेटपछि संशकित बनेका हुन् । इभान्जेलोसले आर्सनलका खेलाडीसँगको भेटपछि आफूलाई कोरोनाभाइरस संक्रमण भएको घोषणा गरेका थिए । गत फेब्रुअरी २७ मा आर्सनलसँगको युरोपा लिग खेलमा ओलम्पियाकोस विजयी भएपछि इभान्जेलोसले आर्सनलका खेलाडीसँग भेटेका थिए । आर्सनल व्यवस्थापनव्दारा जारी विज्ञप्तिमा कोरोना संक्रमित व्यक्तिसँग भेघघाट भएका कुनै पनि व्यक्तिले कम्तीमा १४ दिन आफूलाई अरु व्यक्तिसँगको सम्पर्कबाट अलग्याउनु (आइसोलेसन) मा राख्नु पर्दछ भन्ने सरकारको निर्देशिकालाई पालना गर्नु पर्ने उल्लेख छ । ‘त्यसर्थ म्यान्चेस्टरसँगको बुधबार रातिको खेलमा हाम्रा खेलाडी उपलब्ध हुने छैनन् । प्रिमियर लिगले पनि खेल स्थगित गर्ने निर्णय गरेको छ । खेलाडीहरु पूरै १४ दिन घरमै रहने छन् । खेल अवधिमा मैदानमा मारिनाकिससँग सँगै रहेका आर्सनलका चार जना कर्मचारी पनि घरमै रहने छन् ।’ आर्सनलले कति जना खेलाडी प्रभावित छन् भन्ने बताएको छैन तर आगामी शनिबारको खेलमा सहभागी हुने सम्भावना रहेको संकेत गरेको छ । आर्सनलको विज्ञप्तिमा भनिएको छ, ‘हामी अर्को शुक्रबारसम्म पर्खिनेछौं, र त्यसपछि ब्राइटनसँगको खेलको तयारी गर्नेछौं । त्यतिञ्जेल १४ दिनको अवधि पूरा भइसकेको हुनेछ ।’ प्रिमियर लिगले जारी गरेको विज्ञप्तिमा लिगका कुनै पनि अरु खेल स्थगित गर्ने हालसम्म सोचाई नरहेको उल्लेख छ । ओलम्पियाकोससँगको खेलपछि आर्सनलले पोट्र्समाउथसँग एफए कप र प्रिमियर लिगमा वेस्ट ह्यामसँग खेल खेलेको छ । अर्को प्रिमियर लिगको क्लब उल्भरह्याम्प्टनले बिहीबार राति एथेन्समा खाली रंगशालामा युरोपा लिग अन्तर्गत ओलम्पियाकोससँग खेल्दैछ । उल्भरले युरोपा लिगका खेल रद्द गर्न अनुरोध गरेको छ, तर युरोपेली फुटबल संघले उल्भरको मागलाई अस्वीकार गरेको छ । रासस/एपी

वर्षाका कारण नेपाल र सिङ्गापुरबीचको खेल रद्द

काठमाडाैं । एसिसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेटअन्तर्गत नेपाल र सिङ्गापुरबीचको खेल टस नै गर्न नपाइकन रद्द भएको छ ।थाइल्याण्डको बैंककमा आज उक्त खेल वर्षाले मैदान खेल्न योग्य नभएपछि रद्द हुन पुगेको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् । सिङ्गापुर सात अङ्कसहित शीर्ष स्थानमा कायम रही एशिया कप छनोटका लागि स्थान बनाएको छ । प्रतियोगिताको शीर्ष दुई टोलीले एशिया कप छनोट खेल्न पाउने प्रावधान छ । हङकङ र मलेसियाबीच हुने अर्को खेलको विजेता टोलीले एशिया कप छनोटका लागि स्थान बनाउने छ । नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिएको छ ।