राष्ट्रिय फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिने अलमुताइरीको घोषणा
काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकबाट अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामा दिने घोषणा गरेका हुन् । उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले करिब तीन हप्तादेखि उनलाई नाटक देखाइरहेकाे कारण राजीनामा दिन लागेकाे फेसबुक स्ट्याट्समार्फत जनाएका छन् । उनलाई गत चैतमा नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको थियो ।
क्यानले आयोजना गर्ने सबै खेलहरु एक्सन स्पोर्टसले प्रशारण गर्ने
काठमाडौं । नेपाल क्रिकेट संघ र डिश मिडिया नेटवर्कबीच घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रशारण गर्ने सम्झौता भएको छ । साउन ८ गते डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह विच सम्झौतामा हस्ताक्षर भएको हो । यहि सम्झौता अन्तर्गत नेपाल क्रिकेट संघले आयोजना गरेको पि.एम कप तथा मेयरर्स कपका महिला/पुरुष गरि ४ प्रतियोगिता डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गरिसकेको छ । आगामी दिनमा नेपाल क्रिकेट संघद्धारा आयोजना हुने सम्पूर्ण प्रतियोगिताहरु डिशहोमको एक्सन स्पोर्टस्मा प्रत्यक्ष प्रशारण हुनेछन् । क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले यस सम्झौतापछि क्रिकेट प्रेमी नेपाली दर्शकहरुले सजिलै नेपाली क्रिकेट प्रत्यक्ष हेर्न सक्ने र यसले क्रिकेटको लोकप्रियतालाई थप उचाईमा पुर्याउने बताएका छन् ।
‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न सन्दीप बेलायत जाँदै
काठमाडाैं । ‘‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायत जाँदै छन् । सो प्रतियोगिता खेल्न उनी आज राति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । सो अवधिमा दुई पटकका पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र लामिछानेले सो प्रतियोगितामा खेल्न पाउनेछन् । द हन्ड्रेड क्रिकेट प्रतियोगिता उनले ओभलबाट खेल्नेछन् । द हन्ड्रेड प्रतियोगिता आगामी साउन ७ गतेदेखि शुरु हुँदैछ । लामिछाने सम्मिलित टोली ओभलले उद्घाटन खेल म्यानचेस्टर आर्जिनल्ससँग खेल्नेछ । सो प्रतियोगिता बेलायत र वेल्स क्रिकेटको आयोजनामा पहिलो पटक हुन लागेको हो । गत वर्ष हुने भनिएको सो प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण स्थगन भएको थियो । द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि २० वर्षीय लामिछाने एक लाख पाउण्डमा अनुबन्धित भएका हुन् । द हन्ड्रेड प्रतियोगितापछि उनले क्यारेबीयन प्रिमियर लिग ९सिपिएल० खेल्ने तय भएको व्यवस्थापक सिवाकोटीले जानकारी दिए ।