स्वदेश फर्किन नपाएका विदेशी खेलाडीलाई एन्फाको सहयाेग
काठमाडौं । फुटबल खेल्न नेपाल आएका विदेशी खेलाडीलाई शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) को पहिलो ब्याचले आर्थिक सहयोग गरेको छ । लिग सकिए पनि नेपालमा नै रहेका तर कोरोना भाइरसका कारण फर्किन नपाएका विदेशी खेलाडीलाई एन्फाको पहिलो ब्याचको अगुवाइमा आर्थिक सहयोग गरिएको हो । आर्थिक हिसाबमा समेत आप्ठेरो अवस्थामा भएका खेलाडीहरुलाई सहयोग गरिएको बताइएको छ । विभिन्न माध्ययमबाट संकलन गरिएको रकमलाई दिपकुमार राई र एम्फा एकेडेमीका पहिलो ब्याचका खेलाडीको हातबाट विदेशी खेलाडीलाई हस्तान्तरण गरिएको हो । सयहोग पाएका विदेशी खेलाडी फ्लोरेन्ट कोआरले अप्ठेरो परेको बेला सहयोग पाउँदा खुशि लागेको बताए । २७ जना खेलाडीलाई आर्थिक सहयोग गरिएको छ । आर्थिक सहयकोका लागि अमेरीकामा बस्दै आएका विभिन्न पूर्व खेलाडीको सहयोगमा कुल तीन लाख ७ हजार रुपैयाँ प्रदान गरिएको हो । जसमा एक जना खेलाडीले १२ हजार रुपैयाँको दरले पाएका छन् ।
सन्दीप लामिछाने लङ्का प्रिमियर लिगको ड्राफ्टमा, ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने
काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने लङ्का प्रिमियर लिग (एलपीएल) क्रिकेटको छनोट प्रक्रिया (ड्राफ्ट) मा परेका छन् । ड्राफ्टमा परेका सन्दीप रहेको श्रेणीका खेलाडीले न्युनतम ५० हजारदेखि ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन् । सन्दीप हाल इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने क्रममा युनाइटेड अरब इमिरेट्स (युएई) मा छन् । यसैगरी अर्का नेपाली खेलाडी सुमन गौतम पनि एलपीएलको ड्राफ्टमा परेका छन् । सुमन हाल अष्ट्रेलियामा छन् । गौतम रहेको श्रेणीका खेलाडीले १५ हजारदेखि २५ हजार अमेरिकी डलरसम्म पारिश्रमिक पाउने छन् । आज हुने अक्सनबाट सन्दीप र सुमनको छनोटबारे टुंगो लाग्ने नेपाली राष्ट्रिय टोलीका प्रविधि विश्लेषक रमन शिवाकोटीले जानकारी दिए । लङ्का लिग नोभेम्बर २१ तारिखदेखि सुरु हुनेछ । श्रीलङ्का क्रिकेट बोर्डले पहिलो पटक लङ्का प्रिमियर लिग आयोजना गर्दैछ । उक्त लिगमा २८ विदेशी खेलाडीले स्थान पाउनेछन् । रासस
सगरमाथा इन्स्योरेन्सद्वारा साइकलिङ प्रतियोगीको निशुल्क दुर्घटना बीमा
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले बक्स अफिस साइकलिङ प्रतियोगीको प्रति प्रतियोगी ५ लाख रुपैयाँ बराबरको निशुल्क दुर्घटना बीमा गराएको छ । इन्स्योरेन्स पार्टनरका रुपमा कम्पनीले सो संग सम्बन्धित विबिध आर्थिक सहयोग समेत गरेको छ । उक्त प्रतियोगिता असोज २४ गते शनिबार भद्रकाली देखि कागेश्वरी सहिद पार्कसम्म हुन गइरहेको बक्स अफिस साइकलिङ २०२० “नेपाली मन नेपाली सिनेमा, आन्तरिक पर्यटनमा टेवा साइकल चलाउ, प्रदूषण हटाउ, पर्यावरण जोगाऔं” भन्ने मूल नाराका साथ हुँदै छ । यसै गरि सगरमाथा इन्स्योरेन्स कम्पनिले विगतमा पनि आन्तरिक पर्यटनलाई बढुवा दिने उद्देश्यका साथै शारिरिक तथा मानसिक स्वच्छताका लागि एडभेन्चर स्पोर्टस् अन्तर्गत फष्ट वेमेन जोननालिष्ट एभरेष्ट एस्पेडिसन २०१८, मे थाई बक्सिङ स्पोर्टस् इभेन्ट जस्ता कृयाकलापहरुमा सहयोग तथा सहभागिता जनाइसकेको छ ।