राखेप सदस्य सचिवमा पुनः रमेश सिलवाल नियुक्त

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)काे सदस्य सचिवमा पुन: रमेशकुमार सिलवाल नियुक्त भएका छन् । सरकारले उनलाई पुन: सदस्य सचिवमा नियुक्त गरेकाे हाे । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई सदस्य सचिवमा नियुक्त गरेको हाे । खेलकुद विकास ऐन २०७७ अनुसार बैठकले निवर्तमान सदस्य सचिव सिलवाललाई नै नियुक्त गरेको हो ।  

क्रिकेट खेलाडी सन्दीप डेढ करोडमा सिपीएलमा अनुबन्धित

काठमाडाैं । नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपीएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा १ करोड ५६ लाख रूपैयाँमा अनुबन्धित भएका छन् । उन्नाइस वर्षीय लामिछानेलाई यस यामको सिपीएलका लागि जमैका तलावाजले गएराति एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । जमैका तलावाजले उनलाई दोस्रो राउन्डमा छनोट गरेको हो । ड्राफ्टका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए । सन्दीपले सिपीएलका लागि आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोकेका थिए । सन्दीपसँगै अफगानिस्तानका अलराउन्डर मोहम्मद नाबी र अस्ट्रेलियाका बेन डंक पनि सिपीएलका लागि एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्धित भएका छन् । सन्दीप सिपीएलका लागि तेस्रोपटक अनुबन्धित भएका हुन् । यसअघि उनी सिपीएलको पहिलो संस्करण सन् २०१८ मा सेन्ट किट्स एण्ड नाभिस प्याट्रियट्सका लागि पाँच हजार तथा दोस्रो संस्करण सन् २०१९ मा बार्बाडोस ट्राइडेन्सका लागि ७० हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए । यस वर्षको सिपीएल ट्रिनिडाड एण्ड टोबागोमा आगामी अगस्ट १८ देखि सेप्टेम्बर १० तारिखसम्म आयोजना गरिने भएको छ । कोरोना भाइरसका कारण उक्त समयमा प्रतियोगिता हुने नहुनेबारे भने अन्योल नै छ ।  रासस

राष्ट्रिय खेलकुद परिषद कार्यवाहक सदस्य सचिवमा ढकाल, सिलवाल पदमुक्त

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदकाे कार्यबाहक सदस्य सचिवको जिम्मेवारी सहसचिव भक्तराज ढकालले पाएका छन्। युवा तथा खेलकुद मन्त्रालयले ढकाललाई कार्यबाहक सदस्य सचिवको जिम्मेवारी दिएकाे हाे । याेसँगै परिषदका सदस्य सचिव रमेश सिलवाल पदमुक्त भएका छन् । राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै सिलवाल पदमुक्त भएका हुन् ।