चाईनिज सुपर लिग आईतबारदेखि एक्सन स्पोर्टसमा
काठमाडाैं । चाईनिज सुपर लिग आईतबारदेखि नेपाली दर्शकहरुले एक्सन स्पोर्टसमा हेर्न पाउने भएका छन् । नेपाली समय अनुसार आईतबार ४ः१५ बजे चाईनिज क्लबहरु डालिन प्रो र सान्दोङ टाईसान मैदानमा उत्रदैछन् । यस्तै सोमबार ५ः१५ मा सेन्जेन र बेईजिङ तथा मंगलबार ४ः१५ मा साङ्घाई पोर्टसँग उहान थ्रि टाउनले प्रतिस्पर्धा गर्नेछ । चार चरणमा विभाजन गरी खेलाईएको चाईनिज सुपर लिगमा क्रमशः १०, ८, ८ र ८ राउन्ड खेल हुनेछ । आईतबार देखी पहिलो चरणको १० औ राउण्डको खेलहरु एक्सन स्पोर्टस्ले प्रशारण गर्न लागेको हो। चाईनिज सुपर लिगको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । विश्वकप, युरोपियन लिग, लगाएत अन्य लिगहरु रुचाउँदै आएको नेपाली फुटबल प्रेमी दर्शकहरुलाई चाईनिज सुपर लिग नयाँ फुटबल लिग थप हुनुको साथै विश्वस्तरीय फुटबल खेलाडिहरु ब्राजिलियन खेलाडि ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्ने हुँदा आकर्षणको केन्द्र हुनेछ ।
चाईनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्समा प्रशारण हुँदै
काठमाडौं । चाइनिज सुपर लिग फुटबलको खेलहरुको नेपालमा प्रत्यक्ष प्रशारण हुने भएको छ । उक्त खेलको एक्सन स्पोर्ट्स एच डिले गर्ने जनाएको छ । पहिले चाईनिज जिया ए लिग को नाममा हुने यो लिग सन् २००४ देखि चाईनिज फुटबल एशोसियसन सुपर लिग वा छोटकरीमा चाईनिज सुपर लिग ९ऋक्ी० को नामबाट सुरु भएको थियो । चाईनिज सुपर लिगको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । चाइजिन सुपर लिगलाई दर्शकहरुका लागि मात्र नभई अहिले विश्व प्रसिद्ध खेलाडिहरुका लागि पनि आकर्षण को केन्द्रको रुपमा लिइन्छ । उक्त लिगको जारी सिजनमा ब्राजिलियन खेलाडि ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन जस्ता विश्वस्तरीय खेलाडिहरु विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्दैछन ।
खेलकुद विकासका लागि १७१ पालिकामा बजेट जाने
काठमाडौं । युवा तथा खेलकूदमन्त्रीका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खेल क्षेत्रको पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्ष १७१ पालिकामा बजेट जाने व्यवस्था गरेको बताएका छन्। प्रतिनिधिसभाको आज बसेको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले एक स्थानीय तह एक खेल पूर्वाधार निर्माण गर्ने सरकारको नीतिअनुसार विगतमा निर्माणाधीन खेल पूर्वाधारलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षमा १७१ वटा पालिकामा बजेट जाने प्रस्ताव गरेको बताए । मन्त्री पौडेलले खेलाडीहरुको संरक्षण र विकासका लागि यस आर्थिक वर्षमा खेलकुद बीमाको अवधारणाको विकास गरिएको, दुर्घटनामा परेको खेलाडीहरुको उपचार गर्न चिकित्सा केन्द्रलाई व्यवस्थित गर्न बजेटको व्यवस्था गरिएको बताए। उनले खेलाडीलाई प्रोत्साहन गर्न यसपटक खेलाडी जीवन बीमा, खेलाडी तथा प्रशिक्षण स्वास्थ्य बीमा, खेलाडी प्रोत्साहन पुरस्कार, ओलम्पिक खेलाडी भत्ता लगायतका विषयमा बजेट व्यवस्था गरेको बताए । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज वैदेशिक भ्रमणमा रहेकाले उनको सट्टामा शिक्षामन्त्री पौडेलले खेलकुद क्षेत्रको विकास विद्यालयमा तहदेखि नै हुने भएकाले एक विद्यालयमा एक खेलकुदको विकास गर्ने बताए ।