एनसेलले लैनचौरमा खेल मैदान सहितको हरित उद्यान निर्माण गर्दै
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिकजिम्मेवारी अन्तर्गत काठमाडौंको मुटुमा रहेको लैनचौर मैदानको निर्माण तथा संरक्षण गर्दैछ । यस आयोजना अन्तर्गत निर्माण हुने खेल मैदान सहितको हरित उद्यानले स्वच्छ, सफा, हराभरा सहर निर्माणमा योगदान पुर्याउने उदेश्य लिएको छ । यो हरित उद्यान काठमाडा ैंमहानगरपालिका वडा नं. २६ मा रहेको लैनचौर मैदानमा बनिरहेको छ । उद्यानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुलाजिमखाना र बालबालिकाकालागि खेल्ने स्थान लगायतकाविषेशताहरु रहने छन् । यो उद्यान ५४,९२१ वर्ग फिट क्षेत्रफल रहेको हालको लैनचौर मैदानमाबन्ने छ । एनसेल र काठमाडौं महानगरपालिका वडा नं. २६ ले एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत यो हरित उद्याननिर्माण तथा संरक्षणका लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । समझदारी अनुसार, एनसेलले काठमाडौं महानगरपालिकाले तयार तथा स्वीकृत गरेको डिजाइन अनुसारलैनचौर हरित उद्याननिर्माणको कार्य गरिरेहकोे छ । ग्राउण्ड क्लेरेन्सको कार्य सम्पन्नगरी हालउद्याननिर्माणका लागिमैदानउत्खननको कार्य भइरहेको छ । परम्परागत ढुङ्गेधारा, उद्यानमाआउने मानिसहरुकालागिपार्किङ्, शौचालयसुविधा र सोलार बत्तिको व्यवस्था यस उद्यानका केहीथपविषेशताहरु हुन् । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस सामाजिक पहलका बारेमा उत्साह व्यक्त गर्दै भने, ‘सामाजिकआर्थिक विकासमा योगदान पुर्याउँदै तथावातावरण क्षेत्रलाई प्राथमिकतामा राख्दै हामीले हाम्रो व्यावसायिक सामाजिकजिम्मेवारी अन्तर्गत विभिन्नकार्यक्रमहरु गर्दै आएका छौं । यो पहलले समुदायमा स्वस्थवातावरण निमार्ण गर्दै वातावरण र पर्यावरण सम्बन्धीलक्ष्यप्राप्तिमा योगदान पुर्याउने छ ।सरकारसँग सहकार्य गर्दै काठमाडौंको मुटुमा उदाहरणीय हरित उद्याननिर्माणका लागि योगदान पुर्याउनपाएकोमा हामीखुसी छौं ।’ ख्याम तिवारीले यो कामको सहकार्यले आफुहरु खुसी भएको बताए । ‘यो हाम्रो समुदाय र वडाको एउटा ठूलो सम्पती हुनेछ, यसले स्वस्थ हराभरा सहर निर्माणमा योगदान दिनेछ,’ तिवारीले भने । यस अघि एनसेलले धनुषाधाम संरक्षितवनको ३३ हेक्टर जमिनमा ५०,००० बोटबिरुवा वृक्षारोपण गरेको थियो र यसका साथै धनुषामा वृक्षारोपण र पर्यावरण संरक्षण तथा प्रवद्र्धन सम्बन्धि जनचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालन गरेको थियो । यस पहलको सफलकार्यन्वयन पछि सरकारले धनुषाधाम संरक्षितवनलाई ‘खुल्लाचरिचरन तथा अनियमित कटान मुक्त क्षेत्र’पनि घोषणा गरिसकेको छ ।
मलेशियाविरुद्द नेपालकाे शानदार जित, शनिबार नेदरल्याण्डसँग खेल्ने
काठमाडाैं । नेपालले मलेशियालाई ६९ रनले पराजित गरेकाे छ । टस जितेर मलेसियाले फिल्डिङ रोजेपछि पहिलो इनिङमा ब्याटिङ गरेको नेपालले करण केसीको विस्फोटक ब्याटिङको मद्दतमा ७ विकेटको क्षतिमा २१७ रन बनाएको थियो । करण केसीले विस्फोटक ब्याटिङ गर्दै १३ बलमै ४५ रन जोडेका थिए । उनले ७ छक्काको मद्दतमा सो रन बनाएका हुन् । केसीको आक्रामक ब्याटिङ अनि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३ विकेट लिएपछि त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको हाे । चारमध्ये तीन खेल जित्दै ६ अंक जोडेको नेपाल लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । नेपालले अब उपाधिका लागि शनिबार नेदरल्याण्ड्ससंग खेल्नेछ ।
नेपालकाे मलेशियालाई विशाल लक्ष्य
काठमाडौं । त्रिकोणात्मक सिरिजमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ । बिहीबार त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१७ रन बनाएको हो । नेपालका लागि करण केसीले विस्फोटक ब्याटिङ गर्दै १३ बलमा ७ चौकाको मद्दतमा ४५ रन बनाए । उनले छैटौं विकेटका लागि कुशल मल्लसँग ६६ रनको साझेदारी गरे । नेपालका लागि आसिफ सेखले ४२, ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्र सिंह ऐरीले ३३, कुशल मल्लले नटआउट १९ र कुशल भुर्तेलले १६ रन बनाए ।