जाँचबुझ आयोगको प्रतिवेदन दराजमा थन्किदैन : अध्यक्ष कार्की
काठमाडौं । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगका संयोजक गौरीबहादुर कार्कीले देश र जनता तथा जेनजी सहिदको लागि काम गरेको बताएका छन् । आइतबार उनले प्रधानमन्त्री सुशीला कार्कीलाई आयोगको प्रतिवदेन बुझाएका छन् । सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै देशका लागि काम गरेकाले सन्तोष मान्नुपर्ने बताएका थिए । कारबाही गर्न कसैलाई पनि नबचाएको कार्कीको भनाइ छ । ‘जो देखेको छ । त्यहीँ गर्या छ । हामीले केही काम नसकेकाले मात्र ढिला भएको हो,’ उनले भने,’ निर्वाचन नसकी रिपोर्ट सार्वजनिक गरेको भए इलेक्सनलाई पनि असर पर्ने भन्ने आएको छ ।‘ जाँचबुझ आयोगको प्रतिवेदन दराजमा नथन्किने उनले दाबी गरे । ‘आयोगको प्रतिवेदन सार्वजनिक गर्नुहोस र प्रतिवेदनलाई कार्यान्वयनमा लैजानुपर्छ भनेर सरकारलाई भनेर आएको छु,’ उनले अगाडि थपे ।
झापा ५ मा ३८ हजार ५१७ मत गणना गर्न बाँकी
काठमाडौं । झापा ५ मा ३८ हजार ५१७ मत गणना गर्न बाँकी रहेको छ । फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा झापा ५ मा १ लाख ६ हजार ३७२ मत खसेको थियो । बालेन्द्र शाहले भारी मतले अग्रता कायम गरेका छन् । उनले ४२ हजार ५४३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका केपी शर्माले ११ हजार ४२७ मत प्राप्त गरेका छन् । त्यसैगरी, श्रम संस्कृतिका समीर तामाङले ७ हजार १०७ मत पाएका छन् । नेपाली कांग्रेसकी मन्थरा चिमाेरियाले १ हजार २०२, नेकपाका रन्जित तामाङले ९९६ र राप्रपाका लक्ष्मीप्रसाद संग्रौला ९११ मत ल्याएका छन् ।
रुपन्देही–२ : रास्वपाका सुलभ खरेल भारी मतान्तरले विजयी
काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल विजयी भएका छन्। निर्वाचन आयोगले खरेल विजयी भएको पुष्टि गरेको छ । खरेलले निकटतम प्रतिस्पर्धी, नेकपा एमालेका विष्णु पौडेल, लाई ४३,६८९ मतान्तरले पराजित गरेका छन् । उनले कुल ५६,५५० मत प्राप्त गरेर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । त्यस्तै, पौडेलले १२,८६१ मत मात्र पाएका छन् । तेस्रो स्थानमा नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेल रहे, जसले ९,३९२ मत प्राप्त गरे, भने नेकपा (एकीकृत) का सुभाष पाण्डेले १,४०९ मत पाएका छन् ।