क्रेडिट क्रन्चले घटायो सेयर बजार, सोमबार पनि दोहोरो अंकको गिरावट

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव र बढ्दो ब्याजदरले गर्दा पुँजीबजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । आइतबार १४ अंकले घटेको बजार सोमबार पनि दोहोरो अंकले ओरालो लागेको छ । दिनभर उतारचढाव आएको सोमबारको बजारमा नेप्से परिसूचक १०.५६ अंकले ओरालो लागेर १२१६.९३ अंकमा झरेको छ । समग्रमा दशैं पछिको सेयर बजार निरन्तर रुपमा घटेको छ । यसको मतलब बजारमा चाडपर्वको प्रभाव परेको भन्ने बुझ्न सकिन्छ । साथै, लगानीकर्ताहरु प्रथम त्रैमासिकको पर्खाइमा रहेकाले पुँजी बजारमा गिरावट आएको एक ब्रोकरले बताएका छन् । बजार घट्नुको मुख्य कारण क्रेडिट क्रन्च रहेको उनी बताउँछन् । बजारमा परिसूचकका साथै कारोबार रकममा पनि गिरावट आएको छ । सोमबारको बजारमा कुल १६० कम्पनीको २४ करोढ ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी गोर्खा फाइनान्सको २ करोड ५७ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएका छन् । त्यस्तै, कारोबारमा आएको १० वटै समूहका सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा ७५ अंकले घटेको छ । होटल ४८, हाइड्रोपावर १४, विकास बैंक १२, जीवन बीमा र उत्पादनमूलक समूह ११ अंकले ओरालो लागेका छन् ।

सुमीट माइक्रोफाइनान्सको २ लाख कित्ता बोनस र हकप्रद सेयर सूचिकृत

काठमाडौं । सुमीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको एकैदिन बोनस र हकप्रद सेयर सूचिकृत भएको छ । आइतबार फाइनान्सको बोनस र हकप्रद गरी कुल २ लाख ५८ हजार ४४० कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा थपिएको हो । सो मध्ये सबैभन्दा बढी बोनस सेयर थपिएको छ । कम्पनीको २ लाख ५० हजार कित्ता बोनस र ८ हजार ४४० कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ ।

मेरो माइक्रोफाइनान्सको १५ प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रद सेयर पारित

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयरधनीहरुलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको छ । संस्थाले प्रस्तावित बोनस सेयर पश्चात कायम हुन आउने चुक्ता पुँजीको सो मात्रा अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । शुक्रबार सम्पन्न संस्थाको छैटौँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । सभाले संस्थाको प्रस्ताव बमोजिम सेयरधनीहरुलाई १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ११.३२ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त बोनस पश्चात संस्थाको चुक्ता पुँजी ३२ करोड ८९ लाख रुपैयाँ पुगेको छ । उक्त पुँजीमा १०० प्रतिशत हकप्रद सेयर निष्कासन पछि कम्पनीको चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ पुगको कम्पनीले जनाएको छ ।