नेपाल लाइफ इन्स्योरेन्सको आय ४ अर्बले वृद्धि
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ अर्ब रुपैयाँले आय वृद्धि गरेको छ । कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आय १९ अर्ब १२ लाख ९९ करोड रुपैयाँ छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा आय १५ अर्ब १२ करोड ८ लाख ८१ हजार रुपैयाँ रहेको थियो । खुद बीमाशुल्कः नेपाल लाइफको खुद बीमाशुल्क चालु आवको दोस्रो त्रैमासमा १३ अर्ब ९१ करोड १० लाख रुपैयाँ छ । यस्तै, अघिल्लो आवको दोस्रो त्रैमासमा कम्पनीको खुद बीमाशुल्क १० अर्ब ४७ करोड ५४ हजार रुपैयाँ रहेको थियो । उक्त रकम ३ अर्ब ४३ करोड ५६ लाख रुपैयाँले बढ्न पुगेको हो । पुनर्बीमा कमिशन आयमाः पुनर्बीमा कमिशन आयमा नेपाल लाइफको चालु आवको दोस्रो त्रैमासमा २ करोड ७९ लाख रुपैयाँ छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा १ करोड ५१ लाख रुपैयाँ रहेको थियो । लगानी, कर्जा तथा अन्य आयः लगानी, कर्जा तथा अन्य आयबाट नेपाल लाइफले चालु आवको दोस्रो त्रैमासमा २ अर्ब ७६ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको थियो भने गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब १८ करोड ८९ लाख रुपैयाँ रहेको छ । हाल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४९ करोड ६१ हजार रुपैयाँ रहेको छ ।
बोर्डले संशोधन गर्यो धितोपत्र बजारको चारवटा नियमावली, फागुनदेखि लागू हुने
काठमाडौं । नेपाल धितोेपत्र बोर्डले कानूनलाई समसामयिक बनाउँदै धितोपत्र बजार सम्बन्धि चार वटा नियमावलीहरु संशोधन गरेको छ । बोर्डले (धितोपत्र व्यवसायी) मर्चेन्ट बैंङ्कर, धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता, सामूहिक लगानी कोष, धितोपत्र दर्ता तथा निष्काशन गरी चार वटा नियमावली संशोधन गरेको हो । बोर्डले नेपाल सरकार र अर्थ मन्त्रालयको स्वीकृति लिई आगामी फागुन १ गतेदेखि लागू हुने गरी उक्त नियमावलीमा संशोधन गरेको हो । यससँगै धितोपत्र व्यवसायी नियमावली अन्तर्गत धितोपत्र व्यापारीको न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ हुनुपर्ने भएको छ । त्यस्तै, सेयर निष्काशन नियमावली अन्तर्गत धितोपत्र निष्कासनको अवधि घटेर अधिकत १५ दिन कायम गरिएको छ । यसअघि अधिकतम ३० दिनसम्म सेयर निष्काशन खुला हुने गरेकाे थियो । [pdf id=195153]
एनएमबिले किन्न लागेको कञ्चन डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का
काठमाडौं । एनएमबि बैंकले प्राप्ति गर्न अथवा किन्न लागेको कञ्चन डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । सो सम्बन्धि दुई संस्थाबीच सम्झौता भएसँगै राष्ट्रिय स्तरको ‘ख’ वर्गको कञ्चन डेभलपमेन्ट बैंकको माघ २७ गते(साेमबार)देखि सेयर कारोबार बन्द भएको छ । उक्त सम्झौता माघ २६ गते(आइतबार) एक कार्यक्रमकाबीच भएको थियो । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरे पश्चात यस बैंकको सुदूर पश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टरको संख्या ४ पुग्नेछ ।