काठमाडौं । ताराखोला जलविद्युत लिमिटेडले मौज्दातमा रहेको १ लाख ७३ हजार ६५९ कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीको सञ्चालक समितिको असार १५ गतेको निर्णयअनुसार प्रतिकित्ता १ सय रुपैयाँ मूल्य दरमा सेयर बिक्रीमा राखिएको हो ।
कम्पनीको उक्त सेयर खरिद गर्न इच्छुक हाल कायम सेयरधनीहरुले असार २२ गतेभित्र आवेदन दिनुपर्नेछ । खरिद गर्न इच्छुकले अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । आवेदन शुल्क २०० रुपैयाँ निर्धारण गरिएको छ ।
आवेदन कम्पनीको कार्यालय ताराखोला गाउँपालिका-५, करिमेला, बागलुङस्थित प्रभु बैंकको शाखामा पेश गर्नुपर्नेछ । आवेदनसँग नागरिकताको प्रतिलिपि, प्यान नम्बर र राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ ।