बजार खुलेको १३ मिनेटमै नेप्सेमा लाग्यो सकारात्मक सर्किट

काठमाडौं । बुधबार कारोबार खुलेको १३ मिनटेमै नेप्से परिसूचकमा सकारात्मक सर्किट ब्रेक लागेको छ । ११ बजेर १३ मिनेट जाँदा बजार ४ प्रतिशतभन्दा बढीले बढेसँगै नेप्सेमा पहिलाे सर्किट लागेको हो । यससँगै सेयर कारोबार २० मिनेटको लागि स्थगित भएकाे छ । यस अवधिसम्म नेप्से परिसूचक ५०.१८ अंकले उकालो लागेर १३१०.९३ अंकमा पुगेको छ । त्यस्तै, ९६ कम्पनीको १४ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

मंगलबार १२१ कम्पनीको सेयर मूल्य बढ्यो, कसले कमाए सबैभन्दा बढी ?

काठमाडौं । मंगलबारको सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक उच्च अंक अर्थात ६ प्रतिशतले बढेसँगै सो दिन सेयर कारोबार दुई घण्टामै स्थगित भएको हो । जम्मा दुई घण्टा कारोबार भएको बजारमा १३४ कम्पनीको सेयर किनबेच भएको थियो । जसमध्ये १२१ कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ । दुई घण्टा अघि नै कारोबार बन्द भएको बजारमा ६ वटा कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी अर्थात १० प्रतिशत कमाएका छन् । नागरिक लगानी कोष, एशियन लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र शिवम् सिमेन्टसका लगानीकर्ताले मंगलबार दुई घण्टामै १० प्रतिशत बढी कमाएका हुन् । त्यस्तै, १६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी र १० प्रतिशतभन्दा कमले बढेको छ । साल्ट ट्रेडिङ् कम्पनी, विजय लघुवित्त वित्तीय संस्था, हिमालयन डिष्टिलरी, साना किसान विकास बैंक, नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स कम्पनी, अरुण काबेली पावर, स्ट्यान्डर्ड चार्टर्ड बैंक, यूनाईटेड इन्स्योरेन्स कम्पनी, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, मुक्तिनाथ विकास बैंक, नेपाल इन्स्योरेन्स कम्पनी र बैंक अफ काठमाण्डूको सेयर मूल्य ९.०४ प्रतिशतदेखि ९.९८ प्रतिशतसम्म बढेको छ । उच्च अंकले बढेर तीन पटकसम्म सर्किट ब्रेक लागेको बजारमा पनि १३ कम्पनीको सेयर मूल्य घटेको छ । सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य ९.९४ प्रतिशतले घटेको छ । सेयर बजारमा कारोबार भएको दोश्रो दिन कम्पनीको सेयर मूल्य ३८ रुपैयाँले घटेर प्रतिकित्ता ३ सय ४४ रुपैयाँमा झरेको छ । त्यस्तै, ओरियन्टल होटल को सेयर मूल्य ९.७३ प्रतिशतले घटेको छ । बाँकी कम्पनीको सेयर मूल्य सामान्य प्रतिशतले घटेको छ । सम्बन्धित समाचारः  अस्वभाविक रुपमा बढेपछि नेप्सेमा फेरि सर्किट, आजको कारोबार स्थगित  

नेप्सेमा लाग्याे पुनः सर्किट ब्रेक, अब कति बजे खुल्छ काराेबार ?

काठमाडौं । मंगलबारको बजार अस्वभाविक रुपमा बढेपछि पुनः सर्किट ब्रेक लागेको छ । नेप्से निरन्तर रुपमा ५ प्रतिशत भन्दा बढीले उकालो लागेसँगै बजारमा पुनः सर्किट ब्रेक लागेको हो । दिउँसो १२ बजेर १७ मिनेटजाँदा परिसूचक ५ प्रतिशतभन्दा बढेकोले दोश्रो पटक सकारात्मक सर्किट ब्रेक लागेको हो । यससँगै सेयर कारोबार ४० मिनेटको लागि स्थगित हुने भएको छ । अब सेयर बजार पुनः १२ बजेर ५७ मिनेटमा खुल्ने छ । बजारमा पहिलो एक घण्टा नबित्दै सर्किट ब्रेक लागेको थियो । त्यसपछि २० मिनेट कारोबार स्थगित भएपछि खुलेको बजारमा पनि परिसूचक निरन्तर रुपमा बढेपछि पुनः सर्किट ब्रेक लागेकाे हाे । नेप्से परिसूचक डेढ घण्टामा ५९.८७ अंकले उकालो लागिसकेको छ । याे अवधिमा १२९ कम्पनीकाे १८ कराेड ८१ लाख रूपैयाँ बराबरकाे सेयर  किनबेच भइसकेकाे छ । त्यस्तै, १० कम्पनीकाे सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालाे लागेकाे छ । होटल र म्युचअल फण्ड समूह बाहेक बाँकी समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूह ५ सय ९१ अंकले उकालो लागेको छ । त्यस्तै, निर्जीवन बीमा समूह २ सय ३७ अंकले र उत्पादनमूलक १ सय १२ अंकले बढेको छ । सम्बन्धित समाचारः  नेप्सेमा लाग्यो सकारात्मक सर्किट, २० मिनेटसम्म काराेबार स्थगित