नेपाल फाइनान्सले हकप्रद सेयर जारी गर्ने, पायाे बाेर्डकाे अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल फाइनान्स कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ । कम्पनीलाई चुक्ता पुँजीको एक बराबर १.२५ को अनुपातमा हकप्रद सेयर जारी गर्न बोर्डले स्वीकृति दिएको हो । यससँगै कम्पनीले साविकका सेयरधनीहरुलाई १६ करोड ९७ लाख ५० हजार ६ सय २५ रुपैयाँ बराबरको १६ लाख ९७ हजार ५ सय ६ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ । कम्पनीले बिक्री प्रबन्धक प्रभु क्यापिटलमार्फत सो मात्राको हकप्रद निष्काशन गर्ने छ ।
स्वाभिमान लघुवित्तको २४ प्रतिशत बोनस सेयर सूचीकृत
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २४ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बिहीबार मात्रै संस्थाको सो मात्रा अर्थात एक लाख ४ सय ६६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै, उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुन्छ । र, दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ । बिहीबारको कारोबारमा संस्थाको सेयर मूल्यमा गिरावट आएको छ । यो समाचार तयार पार्दासम्म संस्थाको सेयर मूल्य ४ रुपैयाँले घटेर प्रतिकित्ता ९७९ रुपैयाँमा झरेको छ ।
बोनसपछि माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । बिहीबार माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ७.०३ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता २३१.७१ रुपैयाँ रहेको छ । यसअघि बैंकको सेयर मूल्य प्रतिकित्ता २४८ रुपैयाँ रहेको थियो । मूल्य समायोजन पछि खुलेको बजारमा कम्पनीको सेयर मूल्य बढ्ने क्रम जारी रहेको छ । बिहीबार कारोबार खुलेको १५ मिनेटमै कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता २३६ रुपैयाँ पुगेको छ ।